मरदान (उर्दु: مردان) पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको मरदान जिल्लाको सदरमुकाम शहर हो । यो शहर पेशावर उपत्यकामा पर्छ भने खैबर पख्तुनख्वाको पेशावर पछिको दोस्रो ठूलो शहर हो । [२]

मरदान
مردان
देश पाकिस्तान
प्रदेशखैबर पख्तूनख्वा
जिल्लामरदान
तहसीलमरदान
सरकार
 • कार्यकारी प्रमुखजकिर हुसैन अफरीडि
 • उप-प्रहरी आयुक्तआलम सिनवारी
क्षेत्रफल
 • जम्मा६३२ किमी (२४४ वर्ग माइल)
उन्नतांश
३१० मिटर (१०२० फिट)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा३५८६०४
 मरदान नगरपालिका: ३१५,७३३
मरदान: ६,८७१
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड+९२ ९३७

भुगोल सम्पादन गर्नुहोस्

अवस्थिति सम्पादन गर्नुहोस्

मरदान शहर मरदान जिल्लाको दक्षिण-पश्चिममा ३४°१२′ उत्तर ७२°०३′ पूर्व / ३४.२००° उत्तर ७२.०५०° पूर्व र २८३ मिटर उचाइमा अवस्थित छ । मरदान शहर खैबर पख्तुनख्वा प्रान्तको मरदान जिल्लाको सदरमुकाम हो । यो शहरलाई चारै तिरबाट विभिन्न शहरहरूले घेरेका छन् जसमा रसलपुर दक्षिणमा , चरसादापुर पश्चिममा, यार हुसैन पुर्वमा र काटलङ उत्तरमा रहेको छ । यो शहर खैबर पख्तुनख्वाको दोस्रो ठूलो शहर हो भने पाकिस्तानको १९ अौँ ठूलो शहर रूपमा रहेको छ ।

मौसम सम्पादन गर्नुहोस्

मरदान शहरको वार्सिक अौसत तापक्रम २२.२ डिग्री छ भने वार्सिक ५५९ मिलिमिटर पानी पर्ने गरेको छ । यो शहरमा अक्टोबर महिना सबैभन्दा सुक्खा महिना हु जसमा १२ मिलिमिटर पानी पर्छ भने अगस्टको महिनामा १२२ मिलिमिटर पानी पर्ने गरेको छ । वर्षको जुन महिना सबैभन्दा बढी गर्मीहुने महिना हो जसमा अौसत तापक्रम ३३.२ डिग्री मापन गरिएको छ भने जनवरी महिना सबैभन्दा जाडो हुने महिना हो जसको अौसत तापक्रम १० डिग्री मापन गरिएको छ ।

मरदानको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) १७.७
(६३.९)
१९.०
(६६.२)
२४.०
(७५.२)
३०.१
(८६.२)
३६.३
(९७.३)
४१.४
(१०६.५)
३८.५
(१०१.३)
३६.५
(९७.७)
३५.३
(९५.५)
३१.६
(८८.९)
२५.१
(७७.२)
१९.४
(६६.९)
२९.६
(८५.२)
दैनिक औसत °से (°फे) १०.०
(५०.०)
१२.२
(५४.०)
१७.२
(६३.०)
२२.७
(७२.९)
२८.२
(८२.८)
३३.२
(९१.८)
३२.३
(९०.१)
३१.०
(८७.८)
२८.८
(८३.८)
२३.२
(७३.८)
१६.२
(६१.२)
११.०
(५१.८)
२२.२
(७१.९)
न्यूनतम औसत °से (°फे) २.३
(३६.१)
५.५
(४१.९)
१०.४
(५०.७)
१५.३
(५९.५)
२०.२
(६८.४)
२५.१
(७७.२)
२६.२
(७९.२)
२५.५
(७७.९)
२२.३
(७२.१)
१४.९
(५८.८)
७.४
(४५.३)
२.७
(३६.९)
१४.८
(५८.७)
स्रोत: क्लाइमेट डाटा डट ओआरजी[३]

शिक्षा सम्पादन गर्नुहोस्

सन् २००९ भन्दा अगाडि मरदान शहरमा कुनैकुनै सरकार अथवा निजी विश्वविद्यालय थिएन भने पहिलो निजी विश्वविद्यालय अब्दुल वाली खानको सन् २००९ मा स्थापना गरिएको थियो । सन् २०१७ मा मरदान शहरमा पहिलो महिला विश्वविद्यालयको स्थापना गरियो र यस विश्वविद्यालयलाई सन् २०१७ मा पुण रूपमा सुचारु गरियो त्यसपछि पेशावर मरदान क्याम्पको पनि स्थापना गरियको थियो ।

सन् २०१० मा पहिलो पटक बचा खान मेडिकल कलेज'को स्थापना गरियको थियो जुन शहरकै पहिलो मेडिकल कलेजको रूपमा रहेको छ । यस शहरमा अन्य कृषि क्याम्पस ,पेशावर आदी विश्वविद्यालय पनि रहेका छन् । यस शहरमा अहिले थुप्रै विद्यालय र विश्वविद्यालयहरू पनि रहेका छन् जुन पुरुष र महिलाका लागिको शिक्षा अविविद्धिको लागि बनाइएको हो । यो शहरको सबैभन्दा प्रख्यात क्याम्पस फजल ई हक मरदान हो ।

खेलकुद सम्पादन गर्नुहोस्

सन् २००६ मा मरदान जिल्ला सरकारले पाकिस्तान सरकार सङ्ग सहकार्य गरेर एक खेलकुदमा सबै किसिमको सुबिधा भएको अत्याधुनिक ब्यवसाहिक भवनको मरदान शहरमा स्थापना गरेको थियो । यसको परिसरमा सबै किसिमका खेलकुदका सुविधारू रहेका छन् जसमा क्रिकेट मैदान, फुटबल मैदान, पैडि खेल्ने पुल, बास्केटबल मैदान आदी रहेका छन् । सन् २०११ मा मरदान शहरमा अन्तर्राष्ट्रिय पैडि प्रतियोगिता गर्न लायक पुलको निर्माण गरेको थियो भनृ सन् २०१६ मा हक्की खेलको अन्तर्राष्ट्रिय मैदान ६७.६९ मिलियनको लागतमा निर्माण गरिएको थियो । पाकिस्तानका प्रख्यात अन्तर्राष्ट्रिय फुटबल खेलाडी मनसुर खान यहि शहरका हुन् ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "खैबर पख्तुनखवाको जनसङ्ख्या र घरहरूको सङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२४ मिति
  2. "मरदान जिल्लाको जनसङ्ख्या र घरहरूको सङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२४ मिति
  3. "मौसम: मरदान -", अन्तिम पहुँच २० नोभेम्बर २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्