सख्खर (सिन्धी: سکر; उर्दु: سکّھر) पाकिस्तानको सिन्घ प्रदेशमा रहेको सख्खर जिल्लाको सदरमुकाम शहर हो जुन सिन्धु नदीको पश्चिम किनारमा अवस्थित छ । सख्खर शहर सिन्ध प्रदेशमा कराचीहैदराबाद पछिको तेस्रो ठूलो शहर हो भने पाकिस्तानकै १४ औँ ठूलो शहर हो । नयाँ सख्खर शहर ब्रिटिस्ट शासनकालमा स्थापना भएको थियो जुसमा बुक्कर पाहाड र नदीको टापुपनि समावेश गरिएको थियो जसलाई सिन्धको द्वार भन्ने गरिन्थ्यो । [१]

सख्खर

  • سکر
  • سکّھر
नगरपालिका, शहर
निर्देशाङ्क: २७°४२′२२″उ॰ ६८°५०′५४″पू॰ / २७.७०६११°N ६८.८४८३३°E / 27.70611; 68.84833निर्देशाङ्कहरू: २७°४२′२२″उ॰ ६८°५०′५४″पू॰ / २७.७०६११°N ६८.८४८३३°E / 27.70611; 68.84833
देश पाकिस्तान
प्रदेशसिन्ध
जिल्लासख्खर
सरकार
 • प्रकारनगरपालिका निगम
 • मेयरअर्सलान सैख
 • उप-मेयरतारीक चौहान
क्षेत्रफल
 • जम्मा५,१६५ किमी (१९९४ वर्ग माइल)
उन्नतांश
६७ मिटर (२२० फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा४९९,९००
 • घनत्व९७/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०७१
शहरको सङ्ख्या
सङ्घीय परिसरको सङ्ख्या२०
"सख्खर जिल्लाको जनाकारी", सख्खर जिल्ला सरकार, मूलबाट ९ फेब्रुअरी २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१२ मिति

शव्दको उत्पत्ति सम्पादन गर्नुहोस्

सख्खर शब्द अरबी शव्दबाट उत्पत्ति भएको जिसको अर्थ चिनी हुन्थ्यो । यो शहरमा पहिला धेरै मात्रामा उखु खेती हुन्थ्यो त्यसैको सन्दर्भमा यस शहरको नाम सख्खर राखिएको हो । यस क्षेत्रमा ऐतिहासिक इतिहास प्रचुर मात्रामा रहेको पाइन्छ ।[२]

भुगोल सम्पादन गर्नुहोस्

अवस्थिती सम्पादन गर्नुहोस्

सख्खर जिल्ला जसको नाम यही जिल्लाको सदरमुकाम सख्खर शहरबाट विकसित भएको थियो जिसले कुल ५,१६५ वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ। भैगोलीक रूपमा यो जिल्ला २७°०५' देखि २७°४३' उत्तरमा र ६८°४७' देखि ६९°४३' पुर्वमा अवस्थित छ । सख्खर शहर समुन्द्री सतहबाट २२० फिट (६७ मिटर) को उचाइमा रहेको छ । सख्खर जिल्लाको उत्तरी सिमानामा सिखरपुर र कासमोरे जिल्लाहरू रहेका छन् भने गोठ्की जिल्ला भने उत्तर-पुर्वमा रहेको छ, त्यस्तै खैरपुर भने दक्षिणमा छ । सख्खर जिल्लाले छिमेकी देश भारतका राजस्थान र जैसलमर सँग पनि सिमाना जोडिएको छ । सख्खर शहर अन्य शहरहरूसँग हवाई र सडक मार्गबाट जोडिएको छ ।

मौसम सम्पादन गर्नुहोस्

सख्खर शहरको मौसम ग्रिष्ममा तातो र हिउँदमा सुख्खा र हल्का जाडो हुने गरेको छ । वर्षको लगभग सबैजस्तो महिनामा मन्ध हावा बग्ने र चर्को घाम लाग्ने गरेको पाइन्छ । ग्रिष्म ऋतुमा यस शहरको तापक्रम अत्याधिक बढी हुन्छ र तापक्रम ५० डिग्री सम्म पनि पुगेको छ । यो शहरमा ग्रिष्म ऋतुको बेलामा अप्रिल महिना देखि जुन सम्म अत्याधिक गर्मी हुन्छ । हिउँद ऋतुमा भने यस ठाउँमा हल्का चिसो हुन्छ भने कहिलेकाँहि रातको समयमा तापक्रम शुन्य भन्दा पनि कममा झर्छ भने दिउँसोमा न्यानो र आरामदाइ हुन्छ । यस शहरमा हिउँदको बेलामा बाक्लो कुहिरो पनि लाग्छ ।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सख्खर शहर सिन्ध प्रदेशका कराची र हैदराबाद पछिको तेस्रो ठूलो शहर हो भने पाकिस्तानको १४ औँ ठूलो शहर हो । यो शहरको सन् २०१५ मा जनसङ्ख्या २७,२५१,२२ अनुमान गरिएको छ । शहरमा मुख्यतया सिन्धी भाषा बोलिन्छ जसको आवाधी कुल जनसङ्ख्याको ७४.०७ % रहेको छ त्यस्तै उर्दु भाषाको आवाधी १३.८२ % रहेको छ र पञ्जाबी भाषाको आवाधी ६.६३ % रहेको छ र बलूची भाषाको आवाधी १.४७ % रहेको छ भने अन्य भाषाको आवाधी १.४९ % रहेको छ। सन् १९९८ राष्ट्रिय जनगणना अनुसार यस शहरको मुख्य धर्म इस्लाम हो जिको आवाधी कुल जनसङ्ख्या ९६.१३ % रहेको छ त्यस्तै हिन्दु धर्म मान्नेहरू ३.१८ % छन् र इसाई धर्म मान्य हरू ०.५१ % रहेका छन् भने अन्य धर्ममको आवाधी ०.१४ % रहेको छ ।

कृषि सम्पादन गर्नुहोस्

सख्खर एक ठूलो उपजा र खेतीयोग्य भूमि क्षेत्र हो । हाल यस सहरमा धान, कपास, गोलभेडा र मटर खेती गरिन्छ । जबकी समय समयमा यहाँ गँहु, जौ, कोदो, फापर आदि खेती पनि गरेको पाइन्छ।

यातायात सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्