मीरपुर खास
मीरपुर खास (सिन्धी र उर्दु: میرپور خاص पाकिस्तानको सिन्ध प्रदेशमा रहेको मीरपुर जिल्लाको राजधानी सहर हो [स्रोत नखुलेको]। मीरपुर खास सिन्ध प्रदेशको चौथो सबैभन्दा ठुलो सहर हो जसको सन् २००९ मा अनुमानित जनसङ्ख्या ४८,८५९,०९ रहेको छ। मीरपुर खास आँप खेती को लागि प्रख्यात छ जसमा वर्षको सयौँ प्रकारका आँपहरू उत्पादन हुन्छन्। सन् १९५५ देखि यस शहरमा एक परम्परागत आँप पर्व मनाइदै आएको छ।[१]
मीरपुर खास
ميرپورخاص | |
---|---|
निर्देशाङ्क: २५°३१′३०″उ॰ ०६९°००′५७″पू॰ / २५.५२५००°N ६९.०१५८३°Eनिर्देशाङ्कहरू: २५°३१′३०″उ॰ ०६९°००′५७″पू॰ / २५.५२५००°N ६९.०१५८३°E | |
देश | पाकिस्तान |
प्रदेश | सिन्ध |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• गभर्नर | फरोक जामेल दुर्रानी |
• उप- सचिव | फराद अहमद |
जनसङ्ख्या | |
• लगत (२०११) | ६१२,५२० |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | ०२३३ |
नगरको सङ्ख्या | ५ |
भूगोल
सम्पादन गर्नुहोस्मीरपुर खास सहर वाह नगरमा २५°३१' उत्तर र ६९°००' पूर्वमा सिन्ध प्रदेशको पूर्वी भागमा अवस्थित छ। यो सहर हैदराबाद शहरबाट ६५ किलोमिटर पूर्वमा रहेको छ जहाँबाट दुवै सडकहरू जोडिएका छन्। यो सहर कराचीबाट २२० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ भने नजिकको भारतीय सिमाना शहरबाट १७० किलोमिटरको दुरीमा पर्छ।[२]
जनसाङ्ख्यिकी
सम्पादन गर्नुहोस्सन् २००९ मा मीरपुर खासको अनुमानित जनसङ्ख्या ४८,८५९,०९ रहेको छ। मीरपुर खास जिल्लामा अनुमानित ३३ प्रतिशत हिन्दुहरू छन् भने अन्य इस्लामीहरू रहेका छन्। अन्तिम १८औँ शताब्दीमा यस क्षेत्रमा मुस्लिमहरू पन्जाबबाट यस ठाउँमा आएका थिए। यस शहरको सबैभन्दा ठुलो मुस्लिम जनजाति अरिन जातीहरू हुन् जो अमृतसार, पटियाला, फिरोजपुर, अम्बालाबाट बसाइँसराइ गरेर स्थाई रूपमा बसोबास गर्न आएका थिए। मीरपुर खास नजिकै एक सिख धर्मको मन्दिर रहेको छ जसलाई सिख धर्मका स्थापक गुरु नानकले यस ठाउँमा पाहिला टेकेको भन्ने इतिहास उल्लेख छ [स्रोत नखुलेको]।
खेलकुद
सम्पादन गर्नुहोस्मीरपुर सहर सिन्ध प्रदेशमा खेलकुदको उत्थान गर्ने शहरको रूपमा प्रख्यात छ। यस शहरमा विशेष गरी क्रिकेट, फुटबल, हक्की आदि प्रमुख रूपमा खेलिन्छ भने टिबल टेनिस, व्यडमिन्टन आदि खेलहरू पनि प्रचलित छन्। यस शहरमा पाकिस्तान क्रिकेट बोर्डले निर्माण गरेको एक राष्ट्रिय रङ्गशाला रहेको छ जसमा विभिन्न विद्यालय र कलेजहरूको खेल प्रतिस्पर्धा हुने गर्छ[स्रोत नखुलेको]। यस शहरमा र नजिकैको हैदराबादमा अन्य रङ्गशालाहरू पनि रहेका छन् ति मध्य गामा रङ्गशाला एक हो। यस शहरमा अन्य विभिन्न जिम हलहरू रहेका छन् ती मध्य जिमखाना सबैभन्दा प्रख्यात छ।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्कृषि
सम्पादन गर्नुहोस्यस सहर र जिल्लामा उर्वर भूमिले प्रशस्त रूपमा भएका कारण यहाँ गँहु, प्याज, उखु, कपास, खुर्सानी, आँप आदिको उत्पादन हुन्छ। यस ठाउँमा सन् १९०० पछि जमराव नहर स्थापना भयो र शहरको खेतीमा पुनरुत्थान भएको थियो। इतिहासको एक निश्चित अवधिको लागि मीरपुर खास देशको सबैभन्दा राम्रो कपास उत्पादन गर्ने र शहरको अधिकांश आय कपासको खेतीबाट आफ्नो धान्ने गरेको थियो [स्रोत नखुलेको]।
मीरपुर रेलवे स्टेसन मीरपुर शहरको बिचमा रहेको छ। ४० वर्ष पछि पाकिस्तान र भारतबीच रेलमार्गको पुन जोड गरी खोलिएको थियो [स्रोत नखुलेको]। एक व्यापक चौडा रेल मार्ग मीरपुर खास देखि खोखरापार सम्म बिछ्याइएको थियो जुन पाकिस्तान र भारतको सिमानामा रहेको छ [स्रोत नखुलेको]। हाल एक नयाँ रेल मार्ग बनाइएको छ जुन पाकिस्तानको कराची देखि भारतको जोधपुर सम्म जान्छ। मीरपुर रेलवे स्टेसन पाकिस्तान सबैभन्दा लामो मन्चको रूपमा रहेको छ [स्रोत नखुलेको]।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "मीरपुर खासमा आँप पर्व", डेल्ली टाईम्स, ४ जुन २०१६, अन्तिम पहुँच २० डिसेम्बर २०१७।
- ↑ "मीरपुर खासको नक्शा", यान्डेक्स म्याप।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- मीरपुर खाससँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- मीरपुर खास विकियात्रामा यात्रा सहयोगी