झेब उर्दु: ژوب) पहिला (फोर्ट स्यान्डमेन नामले चिनिन्थ्यो) पाकिस्तानको बलुचिस्तान प्रदेश पर्ने झोब जिल्लाको राजधानी शहर हो । झोब शहर झोब नदिको किनारमा अवस्थित छ । यो शहरलाई पहिले अपोज पनि भन्ने गरिन्थेयो र त्यसपछि ब्रिटीस शासनको बेलामा यस शहरलाई फोर्ट स्यान्डमेनको नाम राखिएको थियो । सन् १९७६ ३० जुलाईका तत्कालीन प्रधानमन्त्री जुलफिकार अलि भुट्टोले यस शहरलाई नाम परिवर्तन गरेर झोब बनाएका थियो ।

झोब
ژوب
को अवस्थिति
निर्देशाङ्क: ३१°२०′३०″उ॰ ६९°२६′५५″पू॰ / ३१.३४१६७°N ६९.४४८६१°E / 31.34167; 69.44861निर्देशाङ्कहरू: ३१°२०′३०″उ॰ ६९°२६′५५″पू॰ / ३१.३४१६७°N ६९.४४८६१°E / 31.34167; 69.44861
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
जिल्लाझोब
क्षेत्रफल
 • जम्मा२०२९७ किमी (७८३७ वर्ग माइल)
उन्नतांश
१,४२६ मिटर (४६७८ फिट)
जनसङ्ख्या
 (१९९८)
 • जम्मा२२,९८७
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड८५२००
वेबसाइटआधिकारिक वेबसाइट

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार झोब शहरको जनसङ्ख्या ३,१०५,४४ रहेको छ जसमध्ये पुरुषको जनिङ्ख्या १,६८३,५८ रहेको छ भने महिला को जनसङ्ख्या १,४२१,८६ रहेको छ । सन् १९९८ देखि २०१७ सम्मको तथ्याङ्क अनुसार यस शहरको वार्सिक जनसङ्ख्या ब्रिद्धि दर २.५२ रहेको छ । यस शहरको मुख्य धर्म इस्लाम हु जसको आवाधी पुण जनसङ्ख्याको ९८ % रहेको छ भने अन्य धर्महरू मात्र २ % रहेको छ । यस शहरको प्रमुख भाषा पुस्तु हो जुन झोबको ९६% मानिसहरूको मात्रीभाषा हो भने सकरइ दोस्रो ठूलो भाषा हो जुन कुल आवाधिमा १.८% को मात्रीभाषा हो भने पञ्जाबी भाषा कुल जनसङ्ख्यामा १.७७% मानिसहरूले बोलिने भाषाको रूपमा रहेको छ । [१][२]

भुगोल सम्पादन गर्नुहोस्

यातायात सम्पादन गर्नुहोस्

सडक सम्पादन गर्नुहोस्

झोब शहर क्वेटा शहरबाट ३३३ किलोमिटरको दुरीमा रहेको छ भने डेरा इस्माली खानबाट २२५ किलोमिटरको दुरीमा अवस्थित छ । डेरा इस्माली खानबाट झोब शहरको सडक हालसालै बनाइएको हो । क्वेटा देखि झोबको राजमार्ग ७ बिलियन रकम खर्च गरेर हालसालै बनाइएको हो जसले अरु मुख्य शहरलाई पनि जोड्छ । झोब शहरको सडकले बलुचिस्तान, खैबर पख्तुनखवालाई र पञ्जाबलाई जोड्न ठूलो भुमिका खेल्छ । सडकको स्थित खराब भएको हुँदा पहिला डेरा ईस्माली खान पुग्न १२ घण्टा भन्दा बढी लाग्थ्यो भने अहिले जम्मा ४ घण्टामा पुग्न सकिने भएको छ । सडक विकसित भएको हुँदा खैबर पख्तुनखवा र पञ्जाबको राजमार्गमा अहिले तरकारी र फलफूलको बिक्री गर्ने रिक्शा ठेला र गाडीहरूको सङ्ख्या बढेको छ ।

रेल सम्पादन गर्नुहोस्

झोब शहर पाकिस्तानी रेलवे नेटवर्कले जोडिएको छ । सन् २०६ मा पाकिस्तान सरकारले छोटो रेलमार्गलाई लामो रेलमार्गमा परिणत गरेको थियो जसले धेरै मानिसहरू र सामानको आवत जावत बढेको थियो । झोब रेलमार्गले चमनक्वेटा शहरलाई विभाजन गरेको छ ।

हवाई सम्पादन गर्नुहोस्

पाकिस्तान सरकारले झोबमा एक हवाई उडान गर्ने विमानस्थलको स्थापना गरेको थियो जसले पुरै पाकिस्तान भरी उडान भर्ने गर्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=झोब&oldid=1164479" बाट अनुप्रेषित