डेरा इस्माइल खान
डेरा इस्माइल खान (उर्दु : ڈیرہ اسماعیل خان, पस्तो: ډېره اسماعيل خان पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेशमा रहेको डेरा इस्माइल खान जिल्लाको सदरमुकाम सहर हो । यो सहर सिन्धु नदीको पश्चिम किनारमा अवस्थित छ । [२]यो सहर प्रदेशको सदरमुकाम पेशावर सहरबाट ३०० किलोमिटर दक्षिणमा पर्छ भने पञ्जाबको मुल्तानको उत्तर-पश्चिममा रहेको छ । यो सहर जिल्ला र तहसील दुवैको सदरमुकामको रूपमा रहेको छ । यस सहरमा मुख्यतया पश्तो र सराइकी भाषा बोलिन्छ । सन् १९९८ को जनगणना अनुसार यस सहरको कुद जनसङ्ख्या ८६,९६९ रहेको छ । जसमध्ये अधिकांश मानिसहरू इस्लाम धर्मका रहेका छन् ।
डेरा इस्माइल खान
ڈیرہ اسماعیل خان | |
---|---|
निर्देशाङ्क: ३१°४९′५३″उ॰ ७०°५४′७″पू॰ / ३१.८३१३९°N ७०.९०१९४°Eनिर्देशाङ्कहरू: ३१°४९′५३″उ॰ ७०°५४′७″पू॰ / ३१.८३१३९°N ७०.९०१९४°E | |
देश | पाकिस्तान |
प्रदेश | खैबर पख्तुनख्वा |
जिल्ला | डेरा इस्माइल खान |
तहसील | डेरा इस्माइल खान |
सरकार | |
• प्रमुख आयुक्त | अब्दुल घफोर |
• उप-आयुक्त | नासर अहमद |
उन्नतांश | १६५ मिटर (५४१ फिट) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | २१७,४५७ |
डेरा इस्माइल खान नगरपालिका: २,११७,६० डेरा इस्माइल खान: ५,६९७ | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सङ्घीय परिसर सङ्ख्या | ४७ |
शव्द उत्पत्ति
सम्पादन गर्नुहोस्यहाँका स्थानीय भाषा पश्तो, सराइकी र बलूची भाषा अनुसार डेरा शव्दको अर्थ पाल टाँगेर बस्नु भन्ने बुझिन्छ र सामान्यतया सिन्ध घाटी जस्तै डेरा गाज खान र दरा बुटि जस्ता नाम भएका सहरहरू पनि पाइने हुनाले यस सहरलाई पहिला क्याम्प इस्माइल खान भनिन्थ्यो र पछि सहरलाई डेरा इस्माइल खानमा नाम सारिएको थियो । डेरा गाजी खान र डेरा इस्माइल खानका मानिसलाई पाकिस्तान डेरावाल भन्ने गरिन्छ ।
भूगोल
सम्पादन गर्नुहोस्डेरा इस्माइल खान सहरको मौसम कोपेन जलवायु वर्गीकरणका अनुसार छुट्टाइएको छ जसमा ग्रीष्म ऋतुको बेलामा तातो हुन्छ भने हिउँद ऋतुमा मध्यम जाडो हुन्छ । वर्षाको मुख्य कारण दुई फरक अवधिमा आइरहेको छ जुन फेब्रुअरी देखि अप्रिल सम्म अन्तिम हिउँद र सुरुवाती वसन्त ऋतुमा हुन्छ भने वर्षा ऋतुमा जुन देखि जुलाई सम्म चल्छ ।
डेरा इस्माइल खानको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम रेकर्ड °से (°फे) | २८.९ (८४.०) |
३०.६ (८७.१) |
३७.२ (९९.०) |
४३.३ (१०९.९) |
४७.९ (११८.२) |
५१ (१२४) |
४७.० (११६.६) |
४४.५ (११२.१) |
४२.४ (१०८.३) |
४०.५ (१०४.९) |
३५.० (९५.०) |
३०.६ (८७.१) |
५१ (१२४) |
उच्चतम औसत °से (°फे) | २०.३ (६८.५) |
२२.१ (७१.८) |
२६.९ (८०.४) |
३३.५ (९२.३) |
३८.७ (१०१.७) |
४१.५ (१०६.७) |
३८.५ (१०१.३) |
३७.४ (९९.३) |
३६.७ (९८.१) |
३३.४ (९२.१) |
२७.७ (८१.९) |
२१.९ (७१.४) |
३१.५ (८८.८) |
दैनिक औसत °से (°फे) | १२.२ (५४.०) |
१४.७ (५८.५) |
१९.९ (६७.८) |
२६.० (७८.८) |
३०.९ (८७.६) |
३४.२ (९३.६) |
३२.७ (९०.९) |
३१.९ (८९.४) |
३०.२ (८६.४) |
२५.३ (७७.५) |
१९.१ (६६.४) |
१३.६ (५६.५) |
२४.२ (७५.६) |
न्यूनतम औसत °से (°फे) | ४.२ (३९.६) |
७.३ (४५.१) |
१२.९ (५५.२) |
१८.५ (६५.३) |
२३.१ (७३.६) |
२६.८ (८०.२) |
२६.९ (८०.४) |
२६.४ (७९.५) |
२३.८ (७४.८) |
१७.३ (६३.१) |
१०.५ (५०.९) |
५.३ (४१.५) |
१६.९ (६२.४) |
न्यूनतम रेकर्ड °से (°फे) | −२.२ (२८.०) |
−२.० (२८.४) |
४.० (३९.२) |
९.५ (४९.१) |
१४.४ (५७.९) |
१७.५ (६३.५) |
१८.६ (६५.५) |
१९.५ (६७.१) |
१५.८ (६०.४) |
८.० (४६.४) |
२.२ (३६.०) |
−२.८ (२७.०) |
−२.८ (२७.०) |
औसत वर्षा मिमी (इन्च) | १०.० (०.३९) |
१७.५ (०.६९) |
३४.८ (१.३७) |
२१.७ (०.८५) |
१७.२ (०.६८) |
१४.४ (०.५७) |
६०.८ (२.३९) |
५७.५ (२.२६) |
१७.६ (०.६९) |
४.८ (०.१९) |
२.१ (०.०८) |
१०.४ (०.४१) |
२६८.८ (१०.५७) |
मासिक सौर्यप्रकाश घण्टा औसत | २२२.२ | २०६.८ | २३४.३ | २५९.२ | २९०.१ | २४७.७ | २४१.३ | २६१.१ | २७१.१ | २८३.२ | २४९.७ | २२०.४ | २,९८७.१ |
स्रोत: (१९६१-१९९०) [३] |
यातायात
सम्पादन गर्नुहोस्यो सहर बन्नु जिल्लासँग एक राष्ट्रिय राजमार्गद्वारा जोडिएको छ जुन प्रदेशको राजधानी सहर पेशावर, कोहट र आदल खेल हुँदै जान्छ । यो सहर मियानवाली र झोब सहरसँग अर्को सडकहुँदै जान्छ । यो सहर अर्को सहर भाक्खर र पञ्जाब प्रदेशसँग अर्को मुख्य राजमार्गहुँदै जोडिएको छ । जुन सिन्धु नदिको पुर्वी भागमा अवस्थित छ । सिन्धु नदीको पुलमा सन् १९८० को दशकमा निर्माण भएको थियो । डेरा इस्माइल खान सहर हक्ला-डेरा इस्माइल मोटरवे राजमार्गको सिमानामा पर्छ भने जुन राजमार्ग २८० किलोमिटर सम्म फैलिएको छ । यो सहरबाट चार बाटो भएको मोटरवे राजमार्ग जुन इस्लामावाद हुँदै जाने सडकको पनि निर्माण हुने भएको छ ।
हवाई
सम्पादन गर्नुहोस्डेरा इस्माइल खान सहरमा डेरा इस्माइल खान विमानस्थल रहेको छ, यद्यपि यस विमानस्थलले हाल कुनै वाणिज्यिक उडानहरू भर्ने गरेको छैन ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "पाकिस्तानको प्रदेश र जिल्ला अनुसारको जनगणना", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१३ मिति
- ↑ डेरा इस्माइल खान सहरको तहसील सङ्ख्या – पाकिस्तान सरकार वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-०९ मिति
- ↑ "डेरा इस्माइल खान सहरको मौसम जानकारी १९६१-१९९०", पाकिस्तान राष्ट्रिय मौसम विभाग।