तहसिल वा तालुका भारतपाकिस्तानको प्रशासनिक विभाजनको एक स्थानीय एकाइ हो।[] यो एक जिल्ला भित्रको क्षेत्रको एक उप-जिल्ला हो जसमा निर्दिष्ट जनसङ्ख्या भएको स्थान समावेश छ जसले यसको प्रशासनिक केन्द्रको रूपमा कार्य गर्दछ। यसका अतिरिक्त सहरहरू र सामान्यतया धेरै गाउँहरू पनि यसमा पर्दछन्। भारतमा तहसिलले पहिलेका शब्दहरू, जस्तै परगना र थानालाई प्रतिस्थापन गरेको छ।[]

आन्ध्र प्रदेशतेलङ्गानामा तहसिल प्रणालीलाई प्रतिस्थापन गर्न मण्डल' नामक नयाँ एकाइ आएको छ।[] यो सामान्यतया तहसिल भन्दा सानो हुन्छ र पञ्चायत व्यवस्थामा स्थानीय स्वशासनको सुविधाको लागि निर्माण गरिएको हुन्छ। पश्चिम बङ्गाल, बिहार, झारखण्डमा, सामुदायिक विकास खण्ड तहसिलहरूलाई प्रतिस्थापन गर्दै सशक्त प्रशासनिक एकाइको रूपमा रहेका छन्।

तहसिल कार्यालयले मुख्य रूपमा निर्वाचन वा कार्यकारी कार्यहरू बाहेक भू-राजस्व प्रशासनको पनि काम गर्दछ। यो भूमि अभिलेख र सम्बन्धित प्रशासनिक मामिलाहरूको लागि अन्तिम कार्यकारी संस्था हो। मुख्य अधिकारीलाई तहसिलदार वा, कम आधिकारिक रूपबाट तालुकदार या तालुका मुक्तिकरको रूपमा चिनिन्छ। तहसिल वा तालुकलाई भारतीय सन्दर्भमा उप-जिल्लाहरू मान्न सकिन्छ। केही उदाहरणहरूमा, तहसीलहरू "खण्ड" (पञ्चायत सङ्घ खण्ड, पञ्चायत विकास खण्ड वा सामुदायिक विकास खण्ड) सँग मिल्दाजुल्दा हुन्छन् र तहसिलदारको नेतृत्वमा भूमि र राजस्व विभाग अन्तर्गत आउँछन्। खण्डहरू ग्रामीण विकास विभाग अन्तर्गत आउँछन्, जसको नेतृत्व खण्ड विकास अधिकारीको हुन्छ र एउटै वा समान भौगोलिक क्षेत्रमा विभिन्न सरकारी प्रशासनिक कार्यहरू प्रदान गर्दछ।[]

यद्यपि तहसिल कहिलेकाहीँ राजस्व विभाजनको उपविभाजनको साथ समान क्षेत्र साझा गर्न सक्दछन् जसलाई राजस्व खण्डको रूपमा चिनिन्छ।[] उदाहरणका लागि, छत्तीसगढ राज्यको रायपुर जिल्ला प्रशासनिक रूपमा १३ तहसिल र १५ राजस्व खण्डहरूमा विभाजित छन्। तथापि, यी दुबैलाई एकसाथ हेरिन्छ।

भारत, एक विशाल देशको रूपमा, प्रशासनिक उद्देश्यका लागि धेरै राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा विभाजित छ। यी राज्यहरूको थप विभाजनहरू जिल्लाहरूको रूपमा चिनिन्छ। यी जिल्लाहरू फेरि धेरै उपविभागहरूमा विभाजित छन्, जस्तै तहसिल वा तालुकहरू भनिन्छ।[] यी उपविभागहरू फेरि ग्राम पञ्चायतहरूमा विभाजित छन्। सुरुमा, यो भूमि राजस्व र प्रशासनिक प्रयोजनका लागि गरिएको थियो। तर अब यी उपविभागहरू शिक्षा, कृषि, सिंचाई, स्वास्थ्य, प्रहरी सेवा, आदि जस्ता सरकारका अन्य विभागहरूसँग मिलेर शासित छन्।

तहसिलदार प्रत्येक तहसील या तालुकाका प्रमुख या प्रमुख सरकारी अधिकारी हुन्। केही राज्यहरूमा तालुकदार, माम्लेदार, अमलदार, मण्डल अधिकारी जस्ता विभिन्न नामकरणहरू प्रयोग गरिन्छ। भारतका धेरै राज्यहरूमा, तहसिलदारले त्यस तहसिलको कार्यकारी न्यायीक अधिकारीको रूपमा काम गर्दछ। प्रत्येक तहसिल मा तहसिल कार्यालय या तहसिलदार कार्यालय नामक एक कार्यालय हुन्छन्, जसलाई तहसिल मुख्यालयको रूपमा चिनिन्छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "tehsil", Lexico UK English Dictionary, Oxford University Press, मूलबाट मार्च २२, २०२०-मा सङ्ग्रहित। 
  2. Dutt, Ashok K.; Noble, Allen G.; Costa, Frank J.; Thakur, Sudhir K.; Thakur, Rajiv; Sharma, Hari S. (१५ अक्टोबर २०१५), Spatial Diversity and Dynamics in Resources and Urban Development: Volume 1: Regional Resources, Springer, आइएसबिएन 9789401797719 – Google Booksद्वारा। 
  3. Rajiv Balakrishnan (२००७), Participatory Pathways: People's Participation in Development Initiatives, Pearson Education India, पृ: 65–, आइएसबिएन 978-81-317-0034-1 
  4. Sharma, A. K. (२०१२), Population and Society, New Delhi: Concept Publishing Company, पृ: ५३, आइएसबिएन 978-81-8069-818-7 
  5. Rahman, Syed Amanur, सम्पादक (२००६), The Beautiful India: Chhatisgarh, New Delhi: Reference Press, पृ: ३४], आइएसबिएन 978-81-8405-017-2 
  6. "class six civics pacnhayati raj", www.excellup.com 
  7. "Notes On Rural Administration - Tamilnadu board Class 6 Civics", www.nextgurukul.in, अन्तिम पहुँच १२ अक्टोबर २०२१