२०३७ वैशाख २० नेपालमा शासन प्रणालीबारे जनमत सङ्ग्रह भएको थियो । मतदातालाई गैरदलीय पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामध्ये एउटा रोज्न दिइएको थियो। पञ्चायती व्यवस्थाले ५४.९९ प्रतिशत मत प्राप्त गरेको थियो भने बहुदलीय व्यवस्थाले कुल मतको ४५.२ प्रतिशत मात्र प्राप्त गरेको थियो। जनमत सङ्ग्रहमा कुल ६६.९% मतदान भएको थियो।[] राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमत सङ्ग्रह गर्ने घोषणा भएको थियो।

जनमत सङ्ग्रह, २०३७

२०३७ वैशाख २०

परिणामहरू
परिणाम
मतदान %
पञ्चायती व्यवस्था २,४३३,४५२ ५४.७९‏%
बहुदलीय व्यवस्था २,००७,९६५ ४५.२१‏%
सदर मत ४,४४१,४१७ ९२.२७‏%
अमान्य वा बदर मत ३,७२,०६९ ७.७३‏%
कूल मत ४,८१३,४८६ 100.00%
दर्ता भएका मतदाताहरू/मतदान ७१,९१,४५१ ६६.९३‏%

जिल्लागत नतिजा
पञ्चायत
  ५०-६०%
  ६०-७०%
  ७०-८०%
  ८०-९०%
  >९०%

बहुदल
  ५०-६०%
  ६०-७०%

वि.सं. २०३६ सनलमा आफ्नो शासनको विरोधमा व्यापक विद्यार्थी आन्दोलनको पृष्ठभूमिमा राजा वीरेन्द्रले २०३६ जेठ ९ मा सार्वजनिक घोषणा गर्दै सार्वभौम बालिग मताधिकार सहितको जनमत सङ्ग्रह हुने घोषणा गरेका थिए जसमा नेपाली जनताले बहुदलीय व्यवस्था लागू गर्ने वा गैरदलीय पञ्चायती शासन कायम राख्ने मध्ये एक रोज्न सक्नेछन्।[]

२०३६ माघ ७ का दिन राजा वीरेन्द्रले जनमत सङ्ग्रहपछि श्री ५ महाराजाधिराजले नेपालको संविधानमा आवश्यक ठानेबमोजिमका व्यवस्था गर्नेछन्' भनी जनमत सङ्ग्रह नियमावली प्रकाशित गरेका थिए।[]

२१ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले मतदान गर्न पाउने र मतदाताले मतपत्रमा बहुदलीय व्यवस्थाका लागि निलो र गैरदलीय पञ्चायती व्यवस्थाका लागि पहेँलो गरी दुई मध्ये कुनै एक रङको छाप लगाएर आफ्नो रोजाइको चिह्न लगाउने व्यवस्था गरिएको थियो। पहेँलो रङ धार्मिक गुणहरूसँग सम्बन्धित भएकोले रङहरूको छनोट संयोग नभएको भन्ने अनुमान गरिएको थियो। रङको छनोटले मतदानको परिणामलाई प्रभावित गरेको कुनै अनुभवजन्य प्रमाण भने छैन।[]

शासान प्रणाली मत %
पञ्चायत २,४३२,४५२ ५४.७९
बहुदल 2,007,965 45.21
अवैध/रिक्त मत 372,069
जम्मा 4,813,486 100
दर्ता भएका मतदाता/कुल मतदान 7,192,451 66.92
स्रोत: Nohlen et al., Rishikesh, sudd.ch

क्षेत्र अनुसार

सम्पादन गर्नुहोस्
शासन प्रणाली पहाड भित्री मधेश हिमाल तराई
मत % मत % मत % मत %
पञ्चायत 1,126,169 57.2 87,895 34.0 228,617 71.1 848,754 44.6
बहुदल 844,124 42.8 139,021 66.0 86,658 28.9 938,162 55.4
अवैध/रिक्त मत 158,581 20,645 25,061 69,041
जम्मा 2,127,615 100 278,780 100 340,338 100 2,066,753 100
स्रोत: ऋषिकेश

जिल्ला अनुसार

सम्पादन गर्नुहोस्

नेपालका ७५ जिल्लाहरू मध्ये ५४ जिल्लामा पञ्चायती दलविहीन व्यवस्थाले बहुमत प्राप्त गरेको थियो। सबैभन्दा बढी डोल्पामा ९६.४ प्रतिशत र सबैभन्दा कम भक्तपुरमा ३४.४ प्रतिशत मत खसेको थियो। बहुदलीय प्रणालीका लागि सबैभन्दा बढी भक्तपुर (६५.६ प्रतिशत), उदयपुर (६५.१ प्रतिशत), सिराहा (६४ प्रतिशत) र बर्दिया (६२.१ प्रतिशत) रहेका छन्। सामान्यतया, बहुदलीय प्रणालीको विकल्पले उच्च साक्षरता स्तर भएका क्षेत्रहरूमा राम्रो प्रदर्शन गरेको थियो।

जिल्ला कूल मतदाता मतदान अवैध मत प्राप्त मत प्राप्त मतको प्रतिशत
पञ्चायत बहुदल पञ्चायत बहुदल
झापा जिल्ला १६८,१८४ ८१.६१% १०,७२१ ७२,३३७ ५४,१९८ ५७.१७% ४२.८३%
इलाम जिल्ला ७६,१४२ ७७.२६% ५,४५९ २८,५२५ २४,८४१ ५३.४५% ४६.५५%
पाँचथर जिल्ला ७१,५१४ ७३.७८% २,७९७ २८,४४२ २१,५२३ ५६.९२% ४३.०८%
ताप्लेजुङ जिल्ला ५६,७८५ ५९.८३% ३,३६८ १७,५९७ १३,०१२ ५७.४९% ४२.५१%
मोरङ जिल्ला २०८,७७४ ७९.३७% १४,७३७ ७२,५८९ ७८,३८२ ४८.०८% ५१.९२%
सुनसरी जिल्ला १५२,००० ८२.१७% ११,३५३ ५४,८५३ ५८,६९६ ४८.३१% ५१.६९%
धनकुटा जिल्ला ६१,४८३ ७१.६१% २,२६९ ३१,४९६ १०,२६५ ७५.४२% २४.५८%
भोजपुर जिल्ला १००,२८९ ६०.४५% ३,५९५ ३७,०८३ १९,९५१ ६५.०२% ३४.९८%
तेह्रथुम जिल्ला ४७,३९० ६४.९५% १,६९६ १८,१७१ १०,९१२ ६२.४८% ३७.५२%
सङ्खुवासभा जिल्ला ६८,१९० ६१.७७% ३,०२१ २५,५६० १३,५४२ ६५.३७% ३४.६३%
सिराहा जिल्ला १९६,८७५ ७९.३७% १५,६५२ ५०,५४३ ९०,०६५ ३५.९५% ६४.०५%
सप्तरी जिल्ला १९७,३०३ ७६.८२% १०,१८९ ७१,०५३ ७०,३२२ ५०.२६% ४९.७४%
उदयपुर जिल्ला ६८,७३० ५६.४७% ३,२८९ १२,३९३ २३,१३३ ३४.८८% ६५.१२%
ओखलढुङ्गा जिल्ला ६९,३५१ ५८.४३% १,८४८ २७,०६२ ११,६१४ ६९.९७% ३०.०३%
खोटाङ जिल्ला १०७,०६४ ६०.८३% २,२७६ ४६,५७६ १६,२७० ७४.११% २५.८९%
सोलुखुम्बु जिल्ला ४४,८१६ ६२.९४% १,५२२ २०,२२४ ६,४६१ ७५.७९% २४.२१%
सर्लाही जिल्ला १९७,३९६ ७२.८५% ६,५१० ५८,४०९ ७८,८८९ ४२.५४% ५७.४६%
धनुषा जिल्ला २०७,६९५ ७६.४९% १६,५४५ ७४,७९६ ६७,५२० ५२.५६% ४७.४४%
महोत्तरी जिल्ला १८७,५५२ ७२.९९% ७,५०९ ७०,८८१ ५८,४९८ ५४.७९% ४५.२१%
सिन्धुली जिल्ला ७९,३२८ ५९.७५% १,०१२ २७,३०८ १९,०७७ ५८.८७% ४१.१३%
रामेछाप जिल्ला ८६,३९७ ५२.१७% २,६२२ २४,९३० १७,५२२ ५८.७३% ४१.२७%
दोलखा जिल्ला ८२,९१२ ५०.५७% २,१६४ २७,९८७ ११,७८१ ७०.३८% २९.६२%
धादिङ जिल्ला १२१,८७५ ५३.७९% ४,०५१ ३९,९३२ २१,५७२ ६४.९३% ३५.०७%
नुवाकोट जिल्ला १००,६७९ ६१.४५% ८,८८६ ४०,४८६ १२,५०० ७६.४१% २३.५९%
रसुवा जिल्ला १५,४२३ ८५.३०% ७१३ ९,२८९ ३,१५४ ७४.६५% २५.३५%
काठमाडौँ जिल्ला २१९,९६८ ७२.७३% ७,९५६ ६८,१४० ८३,८८४ ४४.८२% ५५.१८%
ललितपुर जिल्ला ८५,१८९ ७८.८२% ३,६३१ २४,४७२ ३९,०४३ ३८.५३% ६१.४७%
भक्तपुर जिल्ला ७६,११६ ८०.२६% २,८१४ २१,३४६ ३६,९२८ ३६.६३% ६३.३७%
काभ्रेपलान्चोक जिल्ला १४९,६९७ ५८.००% ६,५१५ ४९,२३० ३१,०८४ ६१.३०% ३८.७०%
सिन्धुपाल्चोक जिल्ला ११९,७३६ ५७.२७% ४,४९० ४३,२६९ २०,८०८ ६७.५३% ३२.४७%
मकवानपुर जिल्ला १०४,७३२ ६१.३९% ३,८९६ ३४,९६० २५,४४३ ५७.८८% ४२.१२%
चितवन जिल्ला १०५,८८९ ७२.५२% ५,८४२ ३१,२१९ ३९,७३१ ४४.००% ५६.००%
बारा जिल्ला १४६,९१९ ७६.४९% ५,८२७ ६३,११४ ४३,४४१ ५९.२३% ४०.७७%
पर्सा जिल्ला १४१,८४१ ७२.१२% ८,३४३ ६३,८६२ ३०,०९१ ६७.९७% ३२.०३%
रौतहट जिल्ला १६८,०८३ ७१.५२% ६,५२६ ५४,३८९ ५९,२९४ ४७.८४% ५२.१६%
तनहुँ जिल्ला ११०,०५२ ६२.५०% ६,३८४ २४,१५६ ३८,२४३ ३८.७१% ६१.२९%
गोरखा जिल्ला ११४,६८६ ६३.६३% ४,८५७ ४३,५६७ २४,५५६ ६३.९५% ३६.०५%
लमजुङ जिल्ला ७६,८९२ ६८.४०% ३,७०८ २४,९३९ २३,९५० ५१.०१% ४८.९९%
कास्की जिल्ला १११,२२१ ६७.७६% ५,५७९ ३०,०१२ ३९,७६९ ४३.०१% ५६.९९%
स्याङ्जा जिल्ला १४८,९३९ ६४.९८% ८,६३२ ४६,२०५ ४१,९४१ ५२.४२% ४७.५८%
मनाङ जिल्ला ३,९६० ९०.१८% ३५ ३,०४३ ४९३ ८६.०६% १३.९४%
रुपन्देही जिल्ला १६३,३४७ ७१.१७% ९,३८० ५२,६६४ ५४,२०४ ४९.२८% ५०.७२%
नवलपरासी जिल्ला १२८,४५६ ७३.३९% ७,१५९ ४७,२७५ ३९,८४२ ५४.२७% ४५.७३%
कपिलवस्तु जिल्ला १३६,३१२ ७५.०९% ६,९०८ ४९,७५१ ४५,७०० ५२.१२% ४७.८८%
गुल्मी जिल्ला १२८,१६८ ६३.१३% ८,९०४ ३६,२७९ ३५,७३५ ५०.३८% ४९.६२%
अर्घाखाँची जिल्ला ७९,९०० ५६.५३% ३,००१ २१,८१२ २०,३५६ ५१.७३% ४८.२७%
पाल्पा जिल्ला १०१,९३० ६३.५२% ३,९५६ २६,९६१ ३३,८३१ ४४.३५% ५५.६५%
पर्वत जिल्ला ८०,१६५ ६२.२५% २,१२८ ३०,८३१ १६,९४५ ६४.५३% ३५.४७%
म्याग्दी जिल्ला ४७,७५५ ६९.५९% १,१४९ २१,०३६ ११,०४९ ६५.५६% ३४.४४%
मुस्ताङ जिल्ला ७,९२४ ८७.०६% ३२१ ५,८९८ ६८० ८९.६६% १०.३४%
बागलुङ जिल्ला ११३,०४६ ६३.९४% ५,७१२ ४५,०५९ २१,५१६ ६७.६८% ३२.३२%
हुम्ला जिल्ला ३४,९२० ७८.६९% १,८५७ २१,५१८ ४,१०२ ८३.९९% १६.०१%
जुम्ला जिल्ला ११,४८० ७१.०४% ६१७ ४,७८३ २,७५५ ६३.४५% ३६.५५%
डोल्पा जिल्ला ११,५१८ ९१.८६% ९८४ ९,२६१ ३३६ ९६.५०% ३.५०%
मुगु जिल्ला २१,३५७ ७६.८९% १,२२२ १२,८४४ २,३५६ ८४.५०% १५.५०%
कालिकोट जिल्ला ४४,६९४ ७७.७६% ४,०२९ २६,२११ ४,५१६ ८५.३०% १४.७०%
दाङ जिल्ला ११३,०७० ६२.५८% ६,२८३ २९,१७३ ३५,३०३ ४५.२५% ५४.७५%
सल्यान जिल्ला ७२,१३३ ५५.३७% ३,११७ २१,७५५ १५,०७० ५९.०८% ४०.९२%
प्युठान जिल्ला ७७,३०८ ५८.१२% २,६६६ ३०,२४५ १२,०१९ ७१.५६% २८.४४%
रोल्पा जिल्ला ८५,१४७ ५२.८४% ३,५९९ २८,९८३ १२,४०८ ७०.०२% २९.९८%
रुकुम जिल्ला ६२,४५३ ५६.८४% ६,०९९ १९,९१९ ९,४७८ ६७.७६% ३२.२४%
बाँके जिल्ला ९०,३३१ ७३.९१% ७,८५६ ३७,७६९ २१,१३८ ६४.१२% ३५.८८%
बर्दिया जिल्ला ७४,२२० ८०.८३% ९,३५३ १९,१९२ ३१,४४८ ३७.९०% ६२.१०%
सुर्खेत जिल्ला ६६,२१६ ६७.८३% ४,११९ १९,०२१ २१,७७७ ४६.६२% ५३.३८%
दैलेख जिल्ला ८०,८७७ ५५.५६% ३,८४३ २६,३५७ १४,७३९ ६४.१४% ३५.८६%
जाजरकोट जिल्ला ४६,३९२ ६१.४४% ७,६६७ ११,८०५ ९,०३३ ५६.६५% ४३.३५%
कैलाली जिल्ला १०९,६३८ ५९.३२% १०,२२५ २७,७०३ २७,१०४ ५०.५५% ४९.४५%
डोटी जिल्ला ८१,६६३ ४१.३६% ३,०८० १५,१३५ १५,५५९ ४९.३१% ५०.६९%
अछाम जिल्ला १०६,७१२ ४७.२५% ३,८४९ २८,३५० १८,२२६ ६०.८७% ३९.१३%
बझाङ जिल्ला ६५,९४७ ५८.४१% २,४८६ २५,३२५ १०,७०७ ७०.२८% २९.७२%
बाजुरा जिल्ला ३७,२१५ ५८.३०% १,५५७ १४,४१६ ५,७२३ ७१.५८% २८.४२%
कञ्चनपुर जिल्ला ७२,३२१ ५८.०२% ४,२४८ १८,३८२ १९,३३० ४८.७४% ५१.२६%
डडेल्धुरा जिल्ला ४५,६०० ४७.८९% २,३०८ ९,२३५ १०,२९६ ४७.२८% ५२.७२%
बैतडी जिल्ला ९२,३७७ ३८.८०% २,२८७ १८,३०८ १५,२४५ ५४.५६% ४५.४४%
दार्चुला जिल्ला ४३,७७२ ५२.२४% १,१६७ १४,६६१ ७,०४० ६७.५६% ३२.४४%
स्रोत : निर्वाचन आयोग

हिन्दू समुदाय यी दुई विकल्पमा समान रूपमा विभाजित थियो। मुस्लिम समुदायले मुख्यतया पञ्चायती व्यवस्थाको पक्षमा मतदान गरेको बताइन्छ। तामाङ, शेर्पा, मगर, गुरुङ र किराँती जस्ता जातीय समूहले पञ्चायती व्यवस्थालाई अत्यधिक समर्थन गरेका थिए भने थारूहरू बहुदलीय व्यवस्थाको पक्षमा रहेको बताइन्छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Dieter Nohlen, Florian Grotz & Christof Hartmann (2001) Elections in Asia: A data handbook, Volume I, p633 आइएसबिएन ०-१९-९२४९५८-X
  2. शाह, ऋषिकेश. Politics in Nepal 1980-1990नयाँ दिल्ली: Manohar Publications, 1990. p. 51, 69.
  3. शाह, ऋषिकेश। Politics in Nepal 1980-1990नयाँ दिल्ली: Manohar Publications, 1990. p. 62.
  4. शाह, ऋषिकेश।Politics in Nepal 1980-1990. नयाँ दिल्ली: Manohar Publications, 1990. p. 68-69.
  5. शाह, ऋषिकेश. Politics in Nepal १९८०-१९९०. नयाँ दिल्ली: Manohar Publications, १९९०. p. ६९-७०.