ऋषिङ्ग गाउँपालिका
तनहुँको एक गाउँपालिका
(ऋषिङ गाउँपालिकाबाट अनुप्रेषित)
ऋषिङ्ग गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोटदरबार, भिरकोट, ऋषिङ्ग रानीपोखरी (१-८), काहुँशिवपुर, राम्जाकोट (१-८) र बैदी (१-३) गाविसहरू यसमा गाभिएका थिए।
ऋषिङ्ग गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°Eनिर्देशाङ्कहरू: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | तनहुँ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | राजेन्द्रकृष्ण श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | गिनुमाया थापा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २१५ किमी२ (८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७,९१८ |
• घनत्व | ८३/किमी२ (२२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
केन्द्र | साविकको कोटदरबार गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ऋषिङ्ग गाउँपालिकाको कुल जनसङ्ख्या १७,९१८ रहेको छ भने यहाँ ४,६६९ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्ऋषिङ गाउँपालिकामा ८ वडाहरू रहेका छन्। ऋषिङको कुल क्षेत्रफल २१५ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा देवघाट गाउँपालिका र व्यास नगरपालिका पर्दछन् भने पश्चिममा घिरिङ गाउँपालिका र भिमाद नगरपालिका छ। यसको उत्तरी भागमा व्यास नगरपालिका र म्याग्दे गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्ला पर्दछ।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति