अमेरिकी डलर

संयुक्त राज्य अमेरिकाको राज्य

अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी पनि भनिन्छ। डलर नोटहरू १, ५, १०,२०,५० र १०० डलरको लागि उपलब्ध छन्।

एक अमेरिकी डलर नोट
 
एक अमेरिकी सेन्ट को सिक्का

१८ औँ शताब्दीको दौरान स्पेनी उपनिवेशमा "स्पेनिस डलर" नामको मुद्रा प्रचलन थियो र त्यस समयमा यो मुद्रा अमेरिकामा पनि वित्त र वाणिज्यको मेरुदण्ड थियो। "स्पेनिस डलर"को कारण नै पछि अमेरिकाको राष्ट्रिय मुद्राको नाम डलर राखियो । सन् १७७५ को अमेरिकी क्रान्तिमा, "स्पेनी मुद्रा" सिक्काको महत्त्व झनै बढ्यो र क्रान्तिकारीहरूले प्रत्येक उपनिवेशको आफ्नै आधिकारिक मुद्रा हुनुपर्छ भन्ने माग गरे जुन मागलाई कन्टिनेन्टल कांग्रेसको पनि समर्थन थियो। डलर शब्द यद्यपि अमेरिकी क्रान्तिको २०० वर्ष अघि अंग्रेजी भाषामा जनबोलीमा प्रचलनमा थियो , शेक्सपियरका धेरै नाटकहरूमा यो उल्लेख गरिएको थियो। "स्पेनिस डलर" तेह्र उपनिवेशहरूमा प्रचलनमा थियो, जुन पछि संयुक्त राज्य बन्यो। "स्पेनिस डलर" लाई भर्जिनियामा कानुनी रूपमा पनि मान्यता दिइयो।

Denomination अगाडी पछाडी अगाडीको चित्र पछाडीको चित्र पहिलो शृंखला पछिल्लो शृंखला प्रयोग
एक डलर     जर्ज वासिङ्टन Great Seal of the United States Series 1963[क]
Series 1935[ख]
Series 2021[१] धेरै
दुई डलर     थोमस जेफर्सन Declaration of Independence by John Trumbull Series 1976 Series 2017A सिमित[२]
पांच डलर     अब्राहम लिङ्कन Lincoln Memorial Series 2006 Series 2021[३] धेरै
दस डलर     अलेक्जेन्डर हेमिल्टन Treasury Building Series 2004A Series 2017A धेरै
बीस डलर     एन्ड्रयु ज्याक्सन ह्वाइट हाउस Series 2004 Series 2017A धेरै
पचास डलर     युलिसेस एस. ग्रान्ट अमेरिकी क्यापिटल Series 2004 Series 2017A धेरै
एक सय डलर     बेन्जामिन फ्र्याङ्कलिन Independence Hall Series 2009A[४] Series 2017A धेरै
  1. Obverse
  2. Reverse
  1. Gibbs, William T. (२०२३-०६-२९), "Series 2021 dollar notes now being found in circulation", Coin World, अन्तिम पहुँच २०२४-०४-२६ 
  2. Meyersohn, Nathaniel (सेप्टेम्बर २०, २०२२), "Why it's time to start paying with $2 bills", CNN, अन्तिम पहुँच फेब्रुअरी ६, २०२४ 
  3. "5 Dollars (Federal Reserve Note; colored) - United States", मूलबाट जुन ७, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ७, २०२३ 
  4. "$100 Note | U.S. Currency Education Program", मूलबाट अगस्ट २०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २२, २०२१