लेप्चा मानिस (/ˈlɛpə/;[३] भारतको सिक्किम र नेपालको पूर्वी भागमा बसोबास गर्ने एक लोपोन्मुख आदिवासी समुदाय हो।[४] धेरै लेप्चा पश्चिमी र दक्षिणपश्चिम भुटान, तिब्बत, दार्जिलिङ, पूर्वी नेपालको कोशी प्रदेशपश्चिम बङ्गालका पहाडहरूमा पनि पाइन्छ। लेप्चा मानिसहरू चार मुख्य फरक समुदायहरू मिलेर बनेका छन्: सिक्किमको रेन्जोङ्मु; कालेबुङ, खरसाङ, र मिरिकको दमसाङ्मु; इलाम जिल्ला, नेपालको इलाम्मु; र दक्षिणपश्चिम भुटानमा सम्त्से र चुखाको प्रोमो।

लेप्चा, रोङ
ᰕᰫ་ᰊᰪᰰ་ᰆᰧᰶ ᰛᰩᰵ་ᰀᰪᰱ ᰛᰪᰮ་ᰀᰪᰱ
एक लेप्चा मानिस
जम्मा जनसङ्ख्या
८०,३१६ (सन् २०११)
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 भारत (सिक्किमदार्जिलिङ, पश्चिम बङ्गालको कालिम्पोङ जिल्ला)७६,८७१ (सन् २०११ जनगणना)[१]
 नेपाल (इलाम जिल्ला, पाँचथर जिल्लाताप्लेजुङ जिल्ला)३,४४५ (सन् २०११ जनगणना)[२]
भाषाहरू
लेप्चा, सिक्किमी, जोङखा, नेपाली
धर्महरू
बौद्ध धर्म (प्रमुख), मुन, क्रिश्चियन धर्म
सम्बन्धित जातीय समूह
भुटिया, लिम्बू, ल्होप

उत्पत्ति सम्पादन गर्नुहोस्

लेप्चा शब्द नेपाली शब्द लेप्चे को एक संस्करण मानिन्छ जसको अर्थ "नीच वक्ता" वा "अस्पष्ट बोली" हो।[५] यो सुरुमा अपमानजनक उपनाम थियो तर अब नकारात्मक रूपमा देखिँदैन।[५] लेप्चाको उत्पत्ति अज्ञात छ।[५] तिनीहरू म्यानमार वा तिब्बतमा उत्पत्ति भएको हुन सक्छ तर लेप्चाहरू आफैं दृढतापूर्वक विश्वास गर्छन् कि तिनीहरू हालको स्थानमा कतैबाट बसाइँ सरेका छैनन् र यस क्षेत्रका आदिवासी हुन्।[५]

भाषा सम्पादन गर्नुहोस्

लेप्चाको आफ्नै भाषा छ, जसलाई लेप्चा पनि भनिन्छ। यो भोट-बर्मेली भाषा परिवारको बोडिश-हिमाली समूहसँग सम्बन्धित छ। लेप्चाहरूले आफ्नो भाषा आफ्नै लिपिमा लेख्छन्, जसलाई रोङ वा लेप्चा लिपि भनिन्छ, जुन तिब्बती लिपिबाट आएको हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. ORGI, "A-11 Individual Scheduled Tribe Primary Census Abstract Data and its Appendix", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  2. "National Population and Housing Census 2011", UN Statistical Agency 
  3. "Lepcha". Random House Webster's Unabridged Dictionary.
  4. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति
  5. ५.० ५.१ ५.२ ५.३ West, Barbara A. (२००९), Encyclopedia of the Peoples of Asia and Oceania, Facts on File, पृ: ४६२, आइएसबिएन 978-0816071098