साझा पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो ।

साझा पुरस्कार
साझा पुरस्कार वि.सं.२०५१ दिनेश अधिकारीलाई
देशनेपाल Edit this on Wikidata
प्रस्तुतकर्तासाझा प्रकाशन Edit this on Wikidata

साझा प्रकाशनद्वारा वर्षभरि प्रकाशित विभिन्न विधाका पुस्तकहरूमध्ये सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिन्छ । यस पुरस्कारको स्थापना वि.सं. २०२६ सालमा भएको हो । [१]

यस पुरस्कारको राशि ५१ हजार छ ।

पुरस्कृत कृति, वर्ष र व्यक्ति सम्पादन गर्नुहोस्

कृति वर्ष (वि.सं.) व्यक्ति
घुम्ने मेचमाथि अन्धो मान्छे २०२६ भूपी शेरचन
एक बाटो अनेक मोड २०२७ विजय मल्ल
सम र समका कृति २०२८ तारानाथ शर्मा
भीमसेनको अन्त्य २०२९ बालकृष्ण सम
मोहन कोइरालाका कविता २०३० मोहन कोइराला
वैरागी काइँलाका कविताहरू २०३१ वैरागी काइँला
आगत २०३२ भवानी भिक्षु
शाहकालीन कला र वास्तुकला २०३३ डा. जगदीशचन्द्र रेग्मी
प्रत्येक ठाउँ प्रत्येक मान्छे २०३४ पिटर जे. कार्थक
घामका पाइलाहरू २०३५ ध.च. गोतामे
देवकोटा २०३६ चुडामणि बन्धु
नेपाली उपन्यास र उपन्यासकार २०३७ कृष्णचन्द्रसिंह प्रधान
समान्तर २०३८ ईश्वरवल्लभ
हाम्रो समाजः एक अध्ययन २०३९ जनकलाल शर्मा
माधवी २०३९ मदनमणि दीक्षित
ऋतु निमन्त्रण २०४० मोहन कोइराला
सडकदेखि सडकसम्म २०४१ अशेष मल्ल
यहाँदेखि त्यहाँसम्म २०४२ ध.च. गोतामे
पूर्वकथा २०४३ राजेश्वर देवकोटा
सुवानन्ददासदेखि राजीवलोचनसम्म २०४४ गणेशबहादुर प्रसाईं
विशुदाइ २०४५ किशोर पहाडी
तिम्री स्वास्नी र म २०४६ मनु ब्राजाकी
पाइलाः आगतमा टेकेर २०४७ कृष्णचन्द्रसिंह प्रधान
आँसु त्यसै त्यसै छचल्किन्छ २०४८ दौलतविक्रम विष्ट
पृथ्वीराज चौहान २०४९ महाकवि लक्ष्मीप्रसाद देवकोटा
दिशाहीन आकाश २०५० गोपाल पराजुली
इन्द्रजात्रा २०५१ दिनेश अधिकारी
योजनगन्धा २०५२ विनोदप्रसाद धिताल
नफुलेका फूलहरू २०५३ क्षेत्रप्रताप अधिकारी
हिमालपारि हिमालवारि २०५४ माधवप्रसाद घिमिरे
मृत्यु-कविता २०५५ मञ्जुल
शब्दातीत शान्तनु २०५६ डा. बानिरा गिरी
राराको सौंराइ २०५७ पूर्णप्रकाश नेपाल 'यात्री'
चारु चर्चा २०५८ माधवप्रसाद घिमिरे
तथाकथित २०५९ ध्रुवचन्द्र गौतम
अन्धकार २०६० ध्रुव सापकोटा
छेउको वधशाला २०६१ विमल निभा
समानान्तर आकाश २०६२ पद्मावती सिंह
हरि अधिकारीका कविता [२] २०६३ हरि अधिकारी
साहित्य र समाज [३] २०६४ ऋषिराज बराल
प्रेतकल्प [४] २०६५ नारायण ढकाल
संक्रमणको साहित्य र समकालीनता [५] २०६६ पुरुषोत्तम सुवेदी
अश्वमेध यज्ञका घोडाहरू [६] २०६७ दुबसु क्षेत्री
मेरा जीवनका पाना [७] २०६८ गौरा प्रसाईं
त्रासमा ईश्वर २०६९ ठाकुर बेलबासे
× २०७०
× २०७१
दोहाको सिधा उडान [८] २०७३ जय छाङ्‌छा
व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोष २०७८ नीलमणि ढुङ्गाना

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्