भूपि शेरचन
भूपि शेरचन (वि.स. १९९२-२०४६) नेपाली आधुनिक कवि हुन् । सन् १९६९ मा उनी घुम्ने मेचमाथि अन्धो मान्छे कृतिको लागि साझा पुरस्कारबाट सम्मानित भएका थिए ।
भूपी शेरचन | |
---|---|
जन्म | भूपेन्द्रमान शेरचन १९९२ पुस १२ गते मुस्ताङ, थाक टुकुचे |
मृत्यु | २०४६ जेठ १ काठमाडौँ |
पेशा | कवि |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली |
विधा | कविता (गद्य) |
उल्लेखनीय कार्यहरू | घुम्ने मेचमाथि अन्धो मान्छे |
उल्लेखनीय पुरस्कारहरू | साझा पुरस्कार |
सुरुवाती जीवन
सम्पादन गर्नुहोस्भूपी शेरचनको (वास्तविक नाम: भूपेन्द्रमान शेरचन) जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७ ] महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त सम्वेदनशील ए ।
शिक्षा
सम्पादन गर्नुहोस्अध्ययनको लागि उनी बनारस गए । उनले बि.ए. सम्म अध्ययन गरेका थिए ।
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्उनले दुई विवाह गरे। दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए।
सेवा, पेसा र संलग्नता
सम्पादन गर्नुहोस्उनी विभिन्न संगसंस्ता तथा पेसामा संलग्न थिए।
१. नेपाल कमन्युस्ट पार्टीको जिल्ला सचिव(२०१२)
२. ठेकेदारी(२०१८ देखि)
३. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०२६)
कृति र रचनाहरू
सम्पादन गर्नुहोस्भूपी शेरचनका प्रकाशित कृतिहरू:-
१. परिवर्तन (नाटक, २०१० साल)
२. नयाँ झ्याउरे (कविता,२०१० साल)
३. निर्झर (कविता, २०१५ साल)
४. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)
५. अल्झेछ क्यारे पछ्यौरी (गीत)
- शब्द - भूपि शेरचन
- स्वर - नारायण गोपाल
- संगीत - अम्बर गुरुङ
पुरस्कार
सम्पादन गर्नुहोस्१. साझा पुरस्कार(२०२६) 'घुम्ने मेचमाथि अन्धो मान्छे' कविता संग्रहको लागि[१]
२. गोरखा दक्षिणबाहु—दोस्रो(२०४२)
मृत्यु
सम्पादन गर्नुहोस्भूपीको निधन २०४६ साल जेठ १ गते, काठमाडौँमा भयो ।