मनु ब्राजाकी
मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७० सालमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । गजलका तीन कृति ‘गजलगङ्गा’, ‘काँडाका फूलहरू’ र ‘के हेरेको ए जिन्दगी’ तथा कथाकृतिहरू ‘अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्रीस्वास्नी र म’, ‘भविष्ययात्रा’, ‘पारदर्शी मान्छे’ ‘अन्नपूर्णाको भोज’ उनका प्रकाशित कृतिहरू हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानले २०६० सालमा प्रकाशनार्थ लिएको उनको ‘आमालाई बेच्नुहुँदैन लाटा’ कथासङ्ग्रहको पाण्डुलिपि हराइदिएको थियो । त्यो एकेडेमीबाट कसले गायब पार्यो ? अझै पत्तो लाग्न सकेको छैन ।
मनु ब्राजाकी | |
---|---|
जन्म | वि.सं. १९९९ साउन १९ महोत्तरी औरही |
पेशा | लेखक |
राष्ट्रियता | नेपाली |
विधा | कथा, साहित्यकार, गजल |
उल्लेखनीय पुरस्कारहरू | मैनाली कथा पुरस्कार, साझा पुरस्कार, गङ्गालक्ष्मी पुरस्कार, महाकवि देवकोटा पुरस्कार |
"गजल"
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछि डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कति ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफूलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
जीवनी
सम्पादन गर्नुहोस्मनुको जन्म वि.सं. १९९९ साउन १९ गते महोत्तरी जिल्लाको औरहीमा भएको हो। वि.स. २०३८ देखि उनका साहित्यिक कृति प्रकाशित छन् । उनको ७५ वर्षको उमेरमा वि.सं. २०७४ माघ १९ गते शुक्रवार बिहान पाटन अस्पतालमा निधन भयो । मस्तिष्क शिरोघात भएपछि उनको उपचार भइरहेको थियो । नेपाली साहित्यमा उनले कथा र गजल विधामा कलम चलाएका छन् । [१]
कृतिहरू
सम्पादन गर्नुहोस्उनको पहिलो रचना वि.सं. २०१९ मा 'अञ्चल सन्देश'मा कथा प्रकाशित भएको थियो । मनुका प्रकाशित मौलिक कृतिहरू
class="wikitable "
पुरस्कारहरू
सम्पादन गर्नुहोस्- मैनाली कथा पुरस्कार
- तिम्री स्वास्नी र म का लागि वि.सं. २०४६ को साझा पुरस्कार
- वि.सं. २०४७को गङ्गालक्ष्मी पुरस्कार
- आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार