पूर्णप्रकाश नेपाल 'यात्री'

पूर्णप्रकाश नेपाल 'यात्री' (वि.सं. १९९१ - वि.सं. २०६९) साहित्यकार तथा अन्वेषक हुन्। उनको साहित्यिक नाम जीवन हिमाली हो।

जीवनी सम्पादन गर्नुहोस्

पूर्णप्रकाशको जन्म वि.सं. १९९१ साल साउन ४ गते भोजपुरको कटुञ्जे गाउँ (हाल धोल्ले खानी)मा भएको थियो। पिता डिट्ठा कृष्णप्रसाद नेपालका सत्रौँ सन्तति र आमा हरिप्रिया नेपालका तर्फबाट तेस्रो सन्तानका रूपमा जन्मिएका 'यात्री' पाँचवटी आमामध्ये कान्छीपट्टीको छोरो थिए। बाह्रजना दिदीबहिनीमा एउटी बहिनी र सातजना दाजुभाइमा एकजना भाइ भएका ठूलो पारिवारिक बिन्द्रयालोमा 'यात्री' आफ्नो बुबा ८१ वर्षको हुँदा जन्मेका हुन्। उनका बुबा ज्योतिषीशास्त्रमा आचार्य थिए।

औपचारिक शिक्षाका सन्दर्भमा साहित्याचार्य, एम्.ए. (मानवशासत्र), कर्मकाण्डमणि (भारत) का अध्ययन पूरा गरेका यात्रीलाई धार्मिक प्रवृत्ति र शान्त स्वभावकी आमाको काखबाट उनका पिताको देहावसान भएको चौधौँ महिनामा साधु डाक्टर श्याम चैतन्य ब्रह्मचारीले भिक्षा मागेर लिएका हुन्। उनै साधु ब्रह्मचारीले यात्रीलाई धरान र वाराणासीमा १४ वर्षसम्म अभिभावकत्व प्रदान गरे।

उनले नेपालका सबैजसो जिल्ला भ्रमण गरे। भारत, फिलिपिन्स जस्ता देशको पनि भ्रमण गरे।

उनले माध्यमिक विद्यालयको प्रधानाध्यापकलगायत त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भएर पनि लगभग ४७ वर्षसम्मको शिक्षण सेवा प्रदान गरे।

कृतिहरू सम्पादन गर्नुहोस्

उनका करिब ६ दर्जनभन्दा बढी कृति प्रकाशित छन्। तीमध्ये केही यी हुन्ः

  • महाकाली अञ्चल दिग्दर्शन (अध्ययन, वि.सं. २०३३)
  • सेतीको नालीवेली (नियात्रा, वि.सं. २०३४)
  • राजा गगनिराजको यात्रा (भाषा-इतिहास, वि.सं. २०३९)
  • बदलिंदो घामछाया (नियात्रा, वि.सं. २०३७)
  • नियात्राको नौलो सुसेली/सरो १ (नियात्रा, वि.सं. २०३९)
  • सिंजाको ऐतिहासिक रूपरेखा (इतिहास, वि.सं. २०४२)
  • पर्दाभित्र (उपन्यास, वि.सं. २०४३)
  • तेईस दशकः जनविजयोल्लास (काव्य, वि.सं. २०४७)
  • नेपाली भाषाको ऐतिहासिक मीमांसा (भाषाशास्त्र, वि.सं. २०५३)
  • नेपाल सौरभी/प्रथम पराग (थरगोत्र, वि.सं. २०५२)
  • सिजापतीबाला (महाकाव्य, वि.सं. २०५७)
  • राउटे लोकजीवन (अध्ययन, वि.सं. २०५४)
  • एक झुत्तो पोते (उपन्यास, वि.सं. वि.सं. २०४६)
  • सिद्धिचरण सञ्चरण महाकाव्य (महाकाव्य, वि.सं. २०६०)
  • भेरी लोकसाहित्य (शोधखोज, वि.सं. २०४१)
  • भेरीका गाउँघर (नियात्रा ,वि.सं.२०७५ )

सम्पादित कृतिहरू सम्पादन गर्नुहोस्

  • कौशिका सन्तति (प्रथम समूह)
  • त्रैलोक्य जीवन
  • हिमाली सौगात (द्वैमासिक साहित्य पत्रिकाका संस्थापक सम्पादक वि.सं.२०२८ )

पुरस्कार सम्पादन गर्नुहोस्

नेपालले साझा पुरस्कार, लोकसाहित्य पुरस्कार, विराटनगरमा नागरिक अभिनन्दन (२०४२), सम्मानित प्रतिभा चतराबाट नागरिक अभिनन्दन (२०३८) आदि पुरस्कार, सम्मान पाए।

निधन सम्पादन गर्नुहोस्

उनको वि.सं. २०६९ पुसमा निधन भयो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्