योजनगन्धा (उपन्यास)

नेपाली भाषाको उपन्यास

योजनगन्धा (उपन्यास) विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१] यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा आधारित छ। पुस्तकले प्रतिष्ठित मदन पुरस्कार जित्यो। उज्यालो हुन अघी नामक आञ्चलिक उपन्यास लेख्ने लेखकको यो दोस्रो पुस्तक हो।

योजनगन्धा
लेखकविनोदप्रसाद धिताल
देशनेपाल
भाषानेपाली
प्रकारपौराणिक कथा
प्रकाशित१९९५
प्रकाशकसाझा प्रकाशन
आइएसबिएन9789993324911

सारांश सम्पादन गर्नुहोस्

पुस्तकमा माझीको छोरीबाट हस्तिनापुरकी रानी बन्ने सत्यवतीको कथालाई चित्रण गरिएको छ। योजना गन्धको कथानक मुख्यतया महाभारत र आंशिक रूपमा हरिवंश पुराण र देवी भागवतमा आधारित छ। योजनागन्ध पनि विशाल ग्रन्थ महाभारतको विशालता भित्र लुकेका अनगिन्ती पात्रहरू मध्ये एक हो। हिन्दू पौराणिक नारी पात्र योजनागन्धको पनि महाभारतमा महत्वपूर्ण स्थान छ भने उपन्यासकार धितालले योजनागन्धलाई यस उपन्यासमा मुख्य पात्रको रूपमा चित्रण गरेका छन् ।[२]

पुरस्कारहरू सम्पादन गर्नुहोस्

उनको पुस्तकले नेपाली साहित्यको सर्वोच्च साहित्यिक सम्मान २०५२ साल (१९९५) मदन पुरस्कार पाएको थियो।[३] सो किताबले सोही वर्ष साझा पुरस्कार पनि जितेको थियो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्