मेटाउनको लागि नामाङ्कन

नमस्ते मित्रहरू, हाम्रो विकिपिडियामा मेटाउनको लागि नामाङ्कन गर्ने अभ्यास अझै सम्म राम्रो सँग सुरु भएको छैन। म, निराजन पन्त, तुल्सी भगत र बिप्लब आनन्द ज्यूहरू यसमा केही समयदेखि काम गरिरहेका छौ। बिभिन्न विकिपिडियाहरूको अध्यन पश्चात हामीले हाम्रो विकिपिडियालाई सुहाउने नीति निर्माण गर्ने प्रयास गरेका छौ। मैले मेरो प्रयोगस्थलमा केही नीतिहरू राखेको छु। केही सुधारको आवस्यकता देख्नुभएको छ भन्ने कृपया गर्न या उल्लेख गर्दिन अनुरोध छ र यो प्रकिर्याबारे आफ्नु विचार र टिप्पणी राख्न अनुरोध छ। धन्यवाद।--BRP ever १३:०३, २१ जुलाई २०१९ (युटिसी(UTC))

धन्यवाद @BRPever: ज्यू, यहाँको प्रस्ताव एकदमै उपयुक्त लाग्यो। विकिपिडियाको मान्यता अनुसार मेटाउने सम्बन्धी नीतिको व्यवस्थापन सबैले बुझ्ने भाषामा गर्न एकदमै आवश्यक छ।--Nirajan pant (कुरा गर्ने) १६:२४, २५ जुलाई २०१९ (युटिसी(UTC))
  • यहाँ उठाउनुभएको कुरा सही छ । पर्वतजीले उल्लेख गरेको पहिलो लिङ्कमा दिइएजस्ता कामै नलाग्ने पृष्ठहरू धेरै छन्। तर पृष्ठ हटाउँदा पनि सबैभन्दा पहिले त्यस पृष्ठको वार्ता पृष्ठमा लेख्ने, त्यसपछि त्यो पृष्ठमा VfD (Vote for deletion) को ट्याग लगाउने र मेटाउने विषयमा पर्याप्त भोट भएपछि मात्रै पृष्ठ हटाउने विकिपीडियाको प्रचलित अभ्यास हो । Speed Deletion को मापदण्डमा पर्ने लेख बाहेक अरू सबै लेख हटाउन VfD मार्फत जानुपर्छ।
नेपाली विकिमा १ लाइन भएका सन्दर्भ नभएका ठुटा लेखहरू धेरै छन् (पर्वतजीकै तेस्रो लिङ्क)। तर ती लेखहरूलाई हटाउने भन्दा विस्तार गर्ने योजना बनाउनु उचित हो। नेपाली विकिमा भएका लेख हतार हतार मेटाउने र भोलिपल्ट त्यही शीर्षकमा अर्को लेख बनाएको पनि मै‌ले पाएको छु। विकिको संस्कार अनुसारका नियम बनाएर मेटाउने पक्षमा मेरो समर्थन छ। हचुवाका भरमा तीब्र रूपले लेख हटाउन भने समर्थन छैन। --Ganesh Paudel (कुरा गर्ने) ०५:२६, १ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
@Ganesh Paudel: ज्यू, यो छलफल कुन प्रक्रियाबाट RFD गर्ने भन्नको लागि हो, तपाईले भनेको कुरा एकदमै ठिक हो तर प्रस्तावित प्रक्रियाको बारेमा तपाईको विचार जान्न पाए राम्रो हुन्थ्यो।-BRP ever ०५:५१, १ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

डोटेली विकिमिडियन्स युजर ग्रुपको सम्बन्धमा

डोटेली भाषाको विकिपिडियामा योगदान गर्ने प्रयोगकर्ताहरूलाई एउटा युजर ग्रुपमा आबद्ध गराउने उद्देश्यले डोटेली विकिपिडियामा डोटेली विकिमिडियन्स युजर ग्रुप सम्बन्धी छलफल शुरू गरिएको छ। सो प्रस्तावमा यहाँको सुझाव, सल्लाह र टिप्पणी लागि यो निवेदन राखेको छु।--Nirajan pant (वार्ता) २२:४७, २ सितम्बर २०१९ (NPT)

विकिमिडियन्स अफ नेपाल र मदन पुरस्कार पुस्तकालय बीच सहकार्य सम्बन्धमा

मदन पुरस्कार पुस्तकालय नेपाली भाषाका पुस्तक, पुस्तिका, पत्रपत्रिका तथा नेपाल सम्बन्धी विभिन्न सामग्रीहरूको विद्युतीकरण गर्ने एक आधिकारीक संग्रहस्थल अथवा अभिलेखालयको रूपमा स्थापित छ। यस आधारलाई हेर्दा मदन पुरस्कार पुस्तकालयसँग सहकार्य गर्न सकेको अवस्थामा ती सामग्रीहरूलाई विकिमिडिया कमन्समा र अन्य विकिमिडियाका परियोजनाहरूमा प्रयोगको लागि बाटो खुल्ने र ती सामग्रीहरूलाई सजिलै विकिपिडियामा प्रयोगको आधार प्राप्त हुने विश्वास गरी सहकार्यको प्रयास शुरू गरिएको छ। यस विषयमा यहाँहरूको कुनै सुझाव सल्लाह भए राख्न हुन अनुरोध गर्दछु।--Nirajan pant (कुरा गर्ने) १४:१८, १८ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

सहकार्य कस्तो खालको हो कुन्नी? सहकार्य त राम्रो हो तर ती धेरै बाठा छन् विकिपिडियाको नाम बेचेर खालान होस पुर्याउनु पर्ला। छलफल गरेर मात्र सहकार्यको सुरु होस्। धन्यवाद - DULAL (मसँग कुरा गर्नुहोस्) २१:५४, २३ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
विकिमिडिया फाउन्डेसन सँग कुरो गर्ने कि छलफल पहिला?--BRP ever २१:५६, २३ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
नेपाली भाषा, साहित्यका उत्थानमा लागेका सरकारी, गैरसरकारी तथा अन्य संस्थासँग सहकार्य गरेर वा हातेमालो गरेर अघि बढ्नु पक्कै पनि नेपाली विकिपिडियाका लागि राम्रो कार्य हो। यस्तो प्रस्ताव जसले ल्याए पनि म हार्दिक स्वागत गर्दछु र सहयोग र सहकार्यको लागि सधैँ तत्पर हुने नै छु। मदन पुरस्कार पुस्तकालयसँग मिलेर काम गर्नु पक्कै पनि अप्ठ्यारो छ। हामीले केही वर्षपहिले ईबुकमा राख्नका लागि पनि पहल गरेका थियौँ। केही चरणमा कुराकानी पनि भयो। तर नतीजा हात लागेन। यसो भनेर सहकार्य गर्न नै सकिँदैन भनेको हैन। यो हामीहरूको लागि मात्र हैन उनीहरूको लागि पनि फाइदाका विषय हो। कसरी हुन्छ सहकार्य गरौँ। सहकार्य अघि प्रशस्त छलफल गरौँ। हाम्रो समुदायभित्र सबैको राय लिऊँ। विचार मन्थन गरौँ। समुदायको म्यान्डेट लिएर अघि बढौँ। मदन पुरस्कार पुस्तकालय मात्र हैन नेपाली भाषा साहित्यका लागि भनेर बनेका संस्थाहरू नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका संस्थाहरूसँग पनि छलफल गरौँ। सकिन्छ भने सहकार्य र हातेमालो गरौँ। यसले नेपाली विकिपिडियालाई फाइदा नै गर्ला। फाइदा गरेन नै भने पनि हानीचाहिँ गर्दैन। दीपक कथित (कुरा गर्ने) ०४:४१, २४ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
कार्य सुचारु गर्नु पुर्व विकिमिडिया फाउन्डेसनको कानुनी विभागलाई सम्पर्क (legal@wikimedia.org) गर्न आग्रह गर्दछु। धन्यवाद! — तुलसी भगत (योगदान | वार्ता) ०५:०८, २४ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
विकिमिडियन्स अफ नेपाल र मदन पुरस्कार पुस्तकालय बीच सहकार्य गरेर अघाडी बढ्नु राम्रो नै देखिन्छ तर पनि यो सम्बन्धि बिस्तृत छलफल चलाएर अघि बढ्नु उचित होला। दीपक कथित ज्यूले उल्लेख गर्नु भए जस्तै मदन पुरस्कार पुस्तकालय जस्ता भाषा, साहित्य तथा संस्कृति उत्थानमा लागेका सरकारी, गैरसरकारी तथा अन्य संस्थाहरूसँग सहकार्य गरि विकिमिडियाका परियोजनाहरू अघाडी बढाउन हामी सबैले आ-आफ्नो स्थानबाट पहल गरौँ। --Janak Bhatta (कुरा गर्ने) ०७:१८, २४ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
टिप्पणीको लागि सबै जनालाई धेरै धेरै धन्यवाद। यहाँ सहकार्य भनेको मदन पुरस्कार पुस्तकालयलाई विकिमिडिया कमन्समा तस्वीर अपलोड गर्नको लागि प्रेरित गर्ने हो। कुनै संस्था वा कम्पनीले उसको खाताबाट विकिमिडिया कमन्समा तस्वीरहरू राख्ने अभ्यास पुरानै हो। यसरी अपलोड गरिएका तस्वीरहरू हामीले विकिमिडिया कमन्समा हेर्न सक्छौं। मदन पुरस्कार पुस्तकालयसँग सहकार्यको लागि प्रेरित गर्ने मुख्य कुरा भनेको पुस्तकालयको फ्लिकर खाता हो। यसमा पुस्तकालयले विभिन्न तस्वीरहरू अपलोड गरेको र अझै पनि अपलोड गर्ने कुरा उल्लेख गरेको छ। साथै फ्लिकर र विकिमिडिया कमन्सको केही अनुज्ञापत्रहरू साझा भएको तथ्यलाई आधार मानेर हेर्दा ती तस्वीरहरूलाई विकिमिडिया कमन्समा राख्न सकिएको खण्डमा नेपाल सम्बन्धी थुप्रै तस्वीरहरू विकिपिडियामा सजिलै प्रयोग गर्न सकिन्छ। यसकारण सहकार्यको पहिलो मुद्दा भनेको फ्लिकरमा रहेको तस्वीरलाई विकिमिडिया कमन्समा राख्ने रहेको छ। स्मरण रहोस् यसमा विकिमिडिया नेपालले केवल प्राविधिक सहयोग गर्नेछ र बाँकी सबै जिम्मेवारी स्वयम् पुस्तकालयकै हुनेछ। र हामीले आगामी बैठकमा उहाँहरूसँग तस्वीरहरूको लेखकाधिकार, तिनको विकिपिडियामा सार्थकता आदि विषयमा छलफल गर्नेछौं। यसका साथै पुस्तकालयको अभिलेखमा रहेका सोधपत्रहरू, पुराना कागजातहरू, प्रतिवेदनहरूको विषयमा समेत छलफल हुने जानकारी गराउँदछु। यदि यी मध्ये केही कागजातहरूलाई सबैको पहुँचमा ल्याउन सके विकिस्रोतको माध्यमबाट अगाडि बढ्न सकिन्छ। यसमा थप टिप्पणी र सुझावको अपेक्षा गरेको छु।--Nirajan pant (कुरा गर्ने) १५:५५, २४ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
यो कार्य गर्न सकियो भने एउटा ऐतिहासिक कार्य हुनेछ। योजना सफलताको कामना। दीपक कथित (कुरा गर्ने) ०४:१२, २५ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
फ्लिकरबाट तस्वीरहरू विकीमा सिधै सरुवा गर्न मिल्छ यदि अपलोडरले अनुमित दिए भने... तर देलान र? किनकी पुस्तकालय सबै सामग्री Copyright Protected छन्।- DULAL (मसँग कुरा गर्नुहोस्) ११:५४, २५ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

मदन पुरस्कार पुस्तकालय र विकिमिडियन्स अफ नेपाल बीच भएको बैठक को जानकारी

यही मिति २०७६ साल आश्विन १० गते तद्अनुसार सेप्टेम्बर २७, २०१९ का दिन मदन पुरस्कार पुस्तकालय र विकिमिडियन्स अफ नेपालका प्रतिनिधि बीच उपरोक्त प्रस्ताव माथि छलफल भयो। उक्त छलफलमा मदन पुरस्कार पुस्तकालयको उद्देश्य शैक्षिक तथा अनुसन्धानको लागि सामग्री उपलब्ध गराउने रहेको जानकारी गराउनु भयो। पुस्तकालय सहकार्यको लागि तयाार भएता पनि पुस्तकालयले सङ्कलन गरेका वा डिजिटाइजेशन गरेका सामग्रीहरू माथि पुस्तकालयको स्वामित्व नरहेको हुँदा सहकार्यलाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा थप छलफल र उपयुक्त दिशानिर्देश आवश्यक रहेको देखिन्छ। यस विषयमा थप अध्ययन गरी छलफललाई अगाडि बढाउने निर्णय भएको छ। यसको साथै सहकार्यमा पुस्तकालय र विकिमिडियन्स अफ नेपालको के भूमिका हुने सो विषयमा थप स्पष्टता आवश्यक रहेको पुस्तकालयका प्रतिनिधिको जिकिर छ। उक्त छलफलमा पुस्तकालयद्वारा उत्पादित सामग्रीहरूमा सहकार्यको सम्भावना समेत रहेको देखाएको छ। जसमा पुस्तकालयद्वारा ओपन सोर्स अनुज्ञापत्र अन्तर्गत उत्पादित शब्दकोष माथि छलफल भयो। समग्रमा निम्नलिखित बुँदाहरूमा छलफल आवश्यक रहेको छ:

  • सामग्रीहरूको प्रतिलिपि अधिकार र विकिमिडिया कमन्समा तथा विकिपिडियामा प्रयोगको लागि उपयुक्त दिशानिर्देश
  • दुबै पक्षको भूमिका र जिम्मेवारी
  • यस्ता सामग्रीहरूको विकिमिडिया कमन्समा प्रयोगको अवस्था तथा ट्रेन्ड (अरू संस्थाहरूद्वारा गरिएका कामहरूको जानकारी) र जटिलता

यी विविध पक्षहरूमा आन्तरिक तयारी गरी छलफललाई अगाडि बढाइनेछ। यसमा कुनै विचार, सुझाव सल्लाह भए राख्नहुन सबैलाई अनुरोध छ।--Nirajan pant (कुरा गर्ने) ११:१२, २८ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

Project Tiger Article writing contest Update

Sorry for writing this message in English - feel free to help us translating it

GLOW edit-a-thon starts on 10 October 2019

Excuse us for writing in English, kindly translate the message if possible

Hello everyone,

 
tiger face

Hope this message finds you well. Here are some important updates about Project Tiger 2.0/GLOW edit-a-thon.

  • The participating communities are requested to create an event page on their Wikipedia (which has been already updated with template link in the last post). Please prepare this local event page before 10 October (i.e. Edit-a-thon starting date)
  • All articles will be submitted here under Project Tiger 2.0. Please copy-paste the fountain tool link in the section of submitted articles. Please see the links here on this page.

Regards. -- User:Nitesh (CIS-A2K) and User:SuswethaK(CIS-A2K) (on benhalf of Project Tiger team) using MediaWiki message delivery (कुरा गर्ने) १९:४१, ४ अक्टोबर २०१९ (युटिसी(UTC))


Project Tiger 2.0: Article contest jury information

Excuse us for writing in English, kindly translate the message if possible

Hello everyone,

 
tiger face

We want to inform you that Project Tiger 2.0 is going to begin on 10 October. It's crucial to select jury for the writing contest as soon as possible. Jury members will assess the articles.

Please start discussing on your respective village pump and add your name here as a jury for writing contest if you are interested. Thank you. --MediaWiki message delivery (कुरा गर्ने) १७:०६, ८ अक्टोबर २०१९ (युटिसी(UTC))

Project Tiger Article writing contest Jury Update

Hello all,

 

There are some issues that need to be addressed regarding the Juries of the Project Tiger 2.0 article writing contest. Some of the User has shown interest to be a jury and evaluate the articles created as the part of the writing contest. But they don't meet the eligibility criteria. Please discuss this aspect with the community, if the community feel that they have the potential to be a jury then we can go ahead. If not please make a decision on who can be the jury members from your community within two days. The community members can change the juries members in the later stage of the writing contest if the work done is not satisfactory or the jury member is inactive with the proper discussion over the village pump.

Regards,
Project Tiger team at CIS-A2K
Sent through--MediaWiki message delivery (कुरा गर्ने) १०:५१, १७ अक्टोबर २०१९ (युटिसी(UTC))

Project Tiger update: Let's walk together with Wikipedia Asian Month and WWWW

 
The Tiger says "Happy Dipavali" to you
Apologies for writing in English, Kindly translate this message if possible.

Greetings!

First of all "Happy Dipavali/Festive season". On behalf of the Project Tiger 2.0 team we have exciting news for all. Thanks for your enthusiastic participation in Project Tiger 2.0. You also know that there is a couple of interesting edit-a-thons around. We are happy to inform that the Project Tiger article list just got bigger.

We'll collaborate on Project Tiger article writing contest with Wikipedia Asian Month 2019 (WAM2019) and Wiki Women for Women Wellbeing 2019 (WWWW-2019). Most communities took part in these events in the previous iterations. Fortunately this year, all three contests are happening at the same time.

Wikipedia Asian Month agenda is to increase Asian content on Wikipedias. There is no requirement for selecting an article from the list provided. Any topic related to Asia can be chosen to write an article in WAM. This contest runs 1 November till 30 November. For more rules and guidelines, you can follow the event page on Meta or local Wikis.

WWWW focus is on increase content related to women's health issues on Indic language Wikipedias. WWWW 2019 will start from 1 November 2019 and will continue till 10 January 2020. A common list of articles will be provided to write on.

In brief: The articles you are submitting for Wikipedia Asian Month or WWWW, you may submit the same articles for Project Tiger also. Articles created under any of these events can be submitted to fountain tool of Project Tiger 2.0. Article creation rule will remain the same for every community. -- sent using MediaWiki message delivery (कुरा गर्ने) १२:४४, २९ अक्टोबर २०१९ (युटिसी(UTC))

नेपाल भ्रमण वर्ष २०२०

हामी नेपालबाट विभिन्न भाषाका विकि परियोजनामा योगदान गर्ने साथीहरूले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपालका विभिन्न पर्यटकीय स्थलहरूका बारेमा जानकारी गराउने खालको कार्यक्रम सञ्चालन गर्दा कस्तो होला ? नेपालका विभिन्न पर्यटकीय स्थलहरूका बारेमा नेपाली भाषामा बनाइएका लेखहरूलाई अन्य भाषामा उल्था गरेर हामी विकिपिडियनहरूले पनि आफ्नो तर्फबाट यस कार्यक्रमलाई सफल बनाउन केही मात्रामा सहयोग गर्न सक्छौं । आजको समयमा कुनैपनि व्यक्तिले कुनै नयाँ स्थानका बारेमा जानकारी लिन गुगलमा सर्च गर्छन् । गुगलमा सर्च गर्दा सबैभन्दा पहिले विकििडियाका लेखहरू नै देखा पर्छन् । त्यसैले हामीले नेपालका विभिन्न पर्यटकीय स्थलहरूका बारेमा आफुले जानेका भाषाहरूको विकिपिडियामा लेखहरू बनाउन सक्यौं भने देश व्यापी रुपमा आयोजना हुन गइरहेको नेपाल भ्रमण वर्ष २०२० मा केही मात्रामा हाम्रो तर्फबाट पनि सहयोग हुन सक्छ भन्ने मलाई लागेको छ । आफ्नो आफ्नो मत राख्नहुन सबै सम्पादक मित्रहरूलाई आग्रह गर्दछु । --   वार्ता 

उपयुक्त विचार।Nirajan pant (कुरा गर्ने) १६:१३, ७ नोभेम्बर २०१९ (युटिसी(UTC))

Project Tiger 2.0 - Hardware support recipients list

Excuse us for writing in English, kindly translate the message if possible

Hello everyone,

 
tiger face

Thank you all for actively participating and contributing to the writing contest of Project Tiger 2.0. We are very happy to announce the much-awaited results of the hardware support applications. You can see the names of recipients for laptop here and for laptop see here.

78 Wikimedians will be provided with internet stipends and 50 Wikimedians will be provided with laptop support. Laptops will be delivered to all selected recipients and we will email you in person to collect details. Thank you once again.

Regards. -- User:Nitesh (CIS-A2K) and User:SuswethaK(CIS-A2K) (on benhalf of Project Tiger team)
using --MediaWiki message delivery (कुरा गर्ने) ०७:१५, ८ नोभेम्बर २०१९ (युटिसी(UTC))

[WikiConference India 2020] Invitation to participate in the Community Engagement Survey

This is an invitation to participate in the Community Engagement Survey, which is one of the key requirements for drafting the Conference & Event Grant application for WikiConference India 2020 to the Wikimedia Foundation. The survey will have questions regarding a few demographic details, your experience with Wikimedia, challenges and needs, and your expectations for WCI 2020. The responses will help us to form an initial idea of what is expected out of WCI 2020, and draft the grant application accordingly. Please note that this will not directly influence the specificities of the program, there will be a detailed survey to assess the program needs post-funding decision.

MediaWiki message delivery (कुरा गर्ने) ०९:०५, १८ डिसेम्बर २०१९ (युटिसी(UTC))

Project Tiger updates - quality of articles

Excuse us for writing in English, kindly translate the message if possible

Hello everyone,

 
tiger face

It has been around 70 days since Project Tiger 2.0 started and we are amazed by the enthusiasm and active participation being shown by all the communities. As much as we celebrate the numbers and statistics, we would like to reinstate that the quality of articles is what matters the most. Project Tiger does not encourage articles that do not have encyclopedic value. Hence we request participants to take care of the quality of the articles submitted. Because Wikipedia is not about winning, it is about users collectively building a reliable encyclopedia.

Many thanks and we hope to see the energy going! (on behalf of Project Tiger team)
sent using --MediaWiki message delivery (कुरा गर्ने) १६:२१, १९ डिसेम्बर २०१९ (युटिसी(UTC))

Project Tiger 2.0 - last date of the contest

Excuse us for writing in English, kindly translate the message if possible

Greetings from CIS-A2K!

 
tiger face

It has been 86 days since Project Tiger 2.0 article writing contest started and all 15 communities have been performing extremely well, beyond the expectations.

The 3-month contest will come to an end on 11 January 2020 at 11.59 PM IST. We thank all the Wikipedians who have been contributing tirelessly since the last 2 months and wish you continue the same in these last 5 days!

Thanks for your attention
using --MediaWiki message delivery (कुरा गर्ने) १३:३५, ६ जनवरी २०२० (युटिसी(UTC))

प्रमुख चित्रहरूको सङ्गालोको ढाँचा‍‍

प्रमुख चित्रहरूको सङ्गालो ढाँचा‍‍ पृष्ठलाई सम्पादन गर्नबाट सुरक्षित गरिएकोले सन् २०२० थप गर्न सकिएन। कृपया सम्बन्धित व्यक्तिहरूले अद्यावधिक गरिदिनु होला। --Janak Bhatta (कुरा गर्ने) ०७:४०, ८ जनवरी २०२० (युटिसी(UTC))

@Janak Bhatta: जी, सम्पन्न भयो । nShrestha १६:४६, ८ जनवरी २०२० (युटिसी(UTC))

Wiki Loves Women South Asia 2020

 

Wiki Loves Women is back with the 2020 edition. Join us to celebrate women and queer community in Folklore theme and enrich Wikipedia with the local culture of your region. Happening from 1 February-31 March, Wiki Loves Women South Asia welcomes the articles created on folk culture and gender. The theme of the contest includes, but is not limited to, women and queer personalities in folklore, folk culture (folk artists, folk dancers, folk singers, folk musicians, folk game athletes, women in mythology, women warriors in folklores, witches and witch hunting, fairytales and more). You can learn more about the scope and the prizes at the project page.

Best wishes,

Wiki Loves Women Team

--MediaWiki message delivery (कुरा गर्ने) ०९:५२, १९ जनवरी २०२० (युटिसी(UTC))

Train-the-Trainer 2020 Application open

Sorry for writing this message in English - feel free to help us translating it


"विकीमिडिया नेपाल" को सदस्यता बारे

विकीमिडिया नेपाल सम्बन्धि स्यानो प्रश्न राख्ने यो स्थान उचित नै होला भन्ने ठान्दछु । विगत केइ वर्ष देखि नेपाली विकीपिडियालाई अती नै प्रिय र प्यारो ठानी ज्ञान, समय र इच्छाले भ्याएसम्म सम्पादकको रुपमा योगदान दिदैँ आएको जानकारी गराउन चाहन्छु । यस सन्दर्भमा म विकिपिडिया नेपालको सदस्य लिन अती नै इच्छुक रहेको र केही जिम्मेवारी प्राप्त भए निश्वार्थ त्यसमा लाग्ने कुरा बताउन चाहन्छु । यसो हुँदा सदस्य लिन के नियमहरू वा प्रावधानहरू पालना गर्नुपर्ने हो, कृपया सम्बन्धित व्यक्तिहरूलेजानकारी प्रधान गर्नुभए आभारी हुने थिएँ । हालसम्म नेपाली विकिपीडियाका बाह्य कार्यक्रममा सहभागी हुन नसकेपनि आगामी दिने प्रयासमा हुने नै छु ।

कृपया सदस्य लिने बारेमा थप बताइदिनुभए धेरै आभारी हुने थिएँ । वा इमेल गर्दिनुभए पनि हुन्छ । :) लर्नरktm ११:१९, १० फेब्रुअरी २०२० (युटिसी(UTC))

सरहरू बाट केही जानकारीको आसामा...
) @Nirmal Dulal:, @Nabin K. Sapkota:, @Biplab Anand:
:) लर्नरktm ११:३३, १० फेब्रुअरी २०२० (युटिसी(UTC))
@Learnerktm:, विकिमिडियन्स अफ नेपालको कुनै सदस्यता लिनु पर्दैन। नेपालमा रहेर विकिपिडिया तथा अन्य भातृ परियोजनाहरूमा योगदान गर्ने हरेक व्यक्ति स्वतः विकिमिडियन्स अफ नेपालको सदस्य हुन्छ। --Nirajan pant (कुरा गर्ने) २२:०९, २१ फेब्रुअरी २०२० (+0545)

Indic Wikisource Proofreadthon

Sorry for writing this message in English - feel free to help us translating it

Could somebody translate this navigation template of Indo-Aryan wikipedia to your wikipedia?Indo-Aryan wikipedia:Template:--Kaiyr (कुरा गर्ने) १८:१२, २२ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

[Small wiki toolkits – Indic workshop series 2020] Register now!

Greetings, hope this message finds you all in the best of your health, and you are staying safe amid the ongoing crisis.

Firstly, to give you context, Small wiki toolkits (SWT) is an initiative to support small wiki communities, to learn and share technical and semi-technical skills to support, maintain, and grow. We are happy to inform you that the SWT group has planned a series of four online workshops for Indic Wikimedia community members during June & July 2020. These workshops have been specifically designed and curated for Indic communities, based on a survey conducted early this year. The four workshops planned in this regard are;

  • Understanding the technical challenges of Indic language wikis (by Birgit): Brainstorming about technical challenges faced by contributors to Indic language Wikimedia projects.
  • Writing user scripts & gadgets (by Jayprakash12345): Basics to intermediate-level training on writing user scripts (Javascript and jQuery fundamentals are prerequisites).
  • Using project management & bug reporting tool Phabricator (by Andre): Introduction to Phabricator, a tool used for project management and software bug reporting.
  • Writing Wikidata queries (by Mahir256): Introduction to the Wikidata Query Service, from writing simple queries to constructing complex visualizations of structured data.
You can read more about these workshops at: SWT Indic Workshop Series 2020/Workshops -- exact dates and timings will be informed later to selected participants.

Registration is open until 24 May 2020, and you can register yourself by visiting this page! These workshops will be quite helpful for Indic communities to expand their technical bandwidth, and further iterations will be conducted based on the response to the current series. Looking forward to your participation! If you have any questions, please contact us on the talk page here. MediaWiki message delivery (कुरा गर्ने) २३:२३, १६ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

लेखको नाम

नमस्कार मित्रहरू, केहि दिनदेखि मैले नेपाली विकिपीडियामा विवाद देखिरहेको छु जुन पर्वत सुबेदीहिमाल सुबेदी जीले सिर्जना गरेको हो। उहाँहरूले भन्नुभयो कि जेम्सलाई "हामेस" भनिन्छ जुन अस्वीकार्य छ। यदि जेम्सलाई "हामेस" भनेर चिनिन्छ भने James Watt र James Cameron के हुन्छ। हामीलाई कसैको नाम परिवर्तन गर्न अनुमति छैन। र यस घटनाको बखत तपाईंहरू लेखको नाम परिवर्तन गरेर र मूललाई पुनर्निर्देशित गरेर नयाँ लेख सिर्जना गर्दै हुनुहुन्छ जसको लागि म तपाईंहरूलाई पृष्ठ सार्ने अनुरोधको लागि सोध्न भनिरहेको छु। नयाँ लेख सिर्जना गर्ने र मूल पुनर्निर्देशन गर्ने नेपाली विकिपीडियामा स्वीकार्य छैन। @Nirjal stha, Nirajan pant, and Biplab Anand: कृपया यस विषयमा तपाईंहरूको राय दिनुहोला।- Saroj Uprety (कुरा गर्ने) २१:५४, १ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

लेखको शीर्षक सम्बन्धी विवादको विषयमा कुरा गर्दा निजहरूले विगत लामो समय देखि विकिपिडिया:लेख_शीर्षकहरूको मान्यता विपरीत हुने कार्यहरू गरिरहनु भएको देखिन्छ। र सो नगर्न बेलाबखत सूचित गराइएको पनि छ। तथापि नेपाली भाषामा चलनचल्तीमा रहेका शब्दहरूलाई समेत मूल उच्चारणको नाममा बिना छलफल पृष्ठ सार्ने वा नयाँ पृष्ठ बनाई पुरानो पृष्ठलाई हटाउन नामाङ्कित गर्ने कृयाकलाप पनि देखिएको छ। जसले गर्दा पहिलेका योगदानकर्ताहरूको अभिलेख नै नरहने स्थिति समेत देखिन्छ। तसर्थ कुराकानीबाट यो विषय समाधान हुने मैँले देखेको छैन्। नेपाली विकिपिडिमा लेखको शीर्षक कसरी र के राखिनुपर्छ भन्ने कुरा विकिपिडियाको मान्यता र नीति बमोजिम हुनुपर्छ र यसलाई जुनसुकै अवस्थामा पनि पालना गराउनु पर्छ। जसमा हामी पछाडि परेको मैँले महसुस गरेको छु। साथै छलफलमा हुने न्यून सहभागिताले पनि यस विषयलाई झन कठिन बनाएको छ। 'जेम्स' वा 'हामेस' के भन्ने यो पनि सोही विषयको निरन्तरता हो। यसर्थ एउटा मात्रै विषय नभई समग्र मैं हामीले कुरा गर्नुपर्ने देखिन्छ।--Nirajan pant (कुरा गर्ने) २२:३०, १ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
समुदायले तयार गरेको नीति, नियमहरू तथा मान्यताहरूलाई समुदायको हरेक सदस्यहरूले सम्मान गर्नु पर्दछ र यदी कुनै सदस्यले नीति, नियम तथा मान्यता विपरित कार्य गर्दछ भने सुधार गर्ने मौका दिइ सुधार गर्न लगाउनु पर्दछ। तर सदस्यहरूले सुधारको लागि सुचित गराइएको कुरालाई वेवास्त गरी गल्ती दोहोर्‍याएको खण्डमा कारवाही अगाडी बढाउनु पर्ने कुरामा दुविधा नरहेको र कारवाही अगाडी धारणा राख्दछु। साथै लेखको शिर्षक के हुनु पर्दछ भन्ने विषयमा नेपाली भाषाका व्याकरण, नेपाली भाषामा प्रचलन तथा प्रमुख/सरकारी संस्थाहरूले कुन शब्द प्रयोग गर्दछ भन्ने कुरालाई आधार लिएर अगाडी बढ्नु पर्छ तर विदेशी भाषाहरूको उच्चारणलाई आधार लिनु गलत हुने कुरा स्पष्ट गराउन चाहन्छु।nShrestha २२:३८, १ जुलाई २०२० (नेपाली समय)
Nirajan pantNirjal stha ज्यूले प्रयोगकर्ता पर्वत सुबेदीहिमाल सुबेदी ज्यूले विगतमा लेखको शीर्षक तथा त्यसैलाई आधार बनाएर विभिन्न लेखहरूमा नेपाली भाषीद्वारा प्रयोग गरिने आम शब्दावली प्रयोग नगरी कतै उर्दू, कतै बङ्गाली त कतै स्पेनी शब्द प्रयोग गरिरहेको भनि नै सक्नुभएको छ। विकिपिडियामा भएका नीति र दिशानिर्देशहरू सबै प्रयोगकर्ताले पालना गर्नु अत्यावश्यक छ तर भएको नियमलाई वेवास्ता गर्दै आफ्नो मनस्थितिले कार्य गर्नु उपयुक्त छैन। हामीले जहिलेपनि नेपाली भाषामा प्रचलित रहेको शब्दलाई प्राथमिकतामा राख्नुपर्छ (यो नियम हेर्न सकिन्छ), नेपाली विकिपिडिया नेपाली भाषा जान्ने बुझ्ने प्रयोगकर्ताले पढ्ने हो न कि स्पेनी, पुर्तुगाली, बङ्गाली, अङ्ग्रेजी, हिन्दीले पढ्ने हो तसर्थ हामिले जहिले पनि यो कुरालाई मनन गर्दै लेखको शीर्षक तय गर्नुपर्ने हुन्छ। वहाँ दुवैजना प्रयोगकर्तालाई पटक पटक यस विषयमा सल्लाह सुझाव दिने कार्य भइसकेको छ। अब 'जेम्स' को विषयमा कुरा गर्दा वहाँहरूलाई 'जेम्स वाट' र 'जेम्स क्यामरुन' अङ्ग्रेज भएकोले 'जेम्स' शीर्षकमा कुनै आपत्ति छैन तर 'जेम्स रोड्रिगेज' स्पेनी भएकोले यहाँ उनीहरूले 'होमेस' राख्न सल्लाह दिएका हुन् जुन तपाईँलाई अनौठौ लाग्यो र तपाईँले सो पृष्ठको वार्तालाप पृष्ठमा आफ्नो तर्क राख्नुभयो, हामिले विगतमा यस्ता कयौँ कार्य देखिसकेका छौँ जसकारण हामिले लेख शीर्षक नीति र स्थानान्तरणलाई बिना छलफल रोक्ने प्रस्तावलाई सामुदायिक छलफल गरेर पास गरेका छौँ। होमेस स्पेनी र त्यसको निकटवर्ती भाषा समाजमा प्रचलित शब्द हो तर नेपालीको सन्दर्भमा त्यो पक्कै पनि अनौठौ र भ्रामक शीर्षक हो(अनलाइन खोज अनुसार)यो विषयमा सायद उनीहरूले सोचेका छैनन् जसको फलस्वरुप उनीहरूले नेपाली भाषामा प्रचलित शीर्षक हुँदाहुँदैपनि विभिन्न देशको नाम, व्यक्तिको नाम, सङ्गठनको नाम मूल भाषा अनुरुप फेर्ने गरेको पाइएको छ। यी कुराहरूमा विचार गरेर वहाँहरू अगाडि बढ्न सके आउने दिनमा यस्ता समस्या नआउने मेरो तर्क रहेको छ र नीति विपरित गएर आफ्नो कामलाई निरन्तरता दिए सामुदायिक सल्लाह सुझाव र विचार अनुसार जान कुनै दुविधा नहुने देख्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:११, २ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
लगभग धेरै शीर्षक वा लेखहरूको छेउमा एक कोष्ठकमा उच्चारण कसरी लिने भन्ने दिएको हुन्छ, जसले मानक उच्चारण ग्रहण गर्न सक्षम पार्दछ जसलाई अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला भनिन्छ। उदाहरण, Brock lesnar यसको उच्चारण झट्ट हेर्दा ब्रक लेस्नर जस्तो देखिन्छ। किनभने s लाई स तरिकाबाट उच्चारण गरिएको तर यसको अ.ध.व हेर्दा /ˈlɛznər/ यस्तो देखियो तसर्थ यसको मानक शीर्षक ब्रक लेज्नर बन्यो। तथापि, तपाईले लेस्नरको बाहुल्यता देख्नु हुन्छ, सञ्चार माध्यममा जसलाई मानक उच्चारण प्रति वास्ता नहुन सक्छ। अर्को पृष्ठ,Louis Tomlinson लुइस टम्लिन्सन देखिए पनि यसको उच्चारण /ˈluːi ˈtɒmlɪnsən/ यो अनुसार लुई हुन्छ। कयौँ शीर्षक लेखेको अनुसार उच्चारित हुँदैन। फरक तरिकाबाट हुन्छ र आधिकारिक थाह पाउनका लागि अ.ध.व को प्रयोग विश्वव्यापी रूपमा हुन्छ, यो मञ्चमा मात्र होइन। मराठी, हिन्दी नेपाली र अन्य देवनागरीमा लेखिने भाषामा लाई नै भनिन्छ। तर, रोमन लिपिमा लेखिने भाषाहरूमा उच्चारण फरक हुन्छ। उदाहरण, A= ए (अङ्ग्रेजी), J = जे (अङ्ग्रेजी), A = आ (स्पेनी, पुर्तुगाली, फ्रान्सेली आदी), J = (होता, hola =ओला), यसरी उच्चारण समानता नहुने हुँदा मानिसहरू निकै झुक्किन्छन् भनेर [ˈxamez roˈðɾiɣes] राखिन्छ, ˈxamez = ˈxa= हा, me = मे, z = (सेता) = स, र हुन्छ हामेस। यसरी भ्रम मेटाउन निकै काम लाग्ने र एकदमै मानक मानिएको छ संसार भरि जस्को प्रयोगमा बढावा दिनु पर्छ। अङ्ग्रेजी शीर्षकमा त्यति धेरै समस्या देखिन्न किनभने हामी परिचित हुन सक्छौँ तर हालसालै फेरिएको शीर्षक उच्चारण विपरीत छ। मार्गोट रोबी, तपाईले खोज्नुभयो भने २,३ थरिका शीर्षक फेला पार्नु हुन्छ, उदाहरण, म्याड्रिड पनि र मड्रिड पनि, थुप्रै छन् यस्ता शीर्षक, स्टकहोम, स्टोकहोम, स्टोकहोल्म, स्टकहोल्म, सबै भेटिन्छन् कुनलाई भरपर्दो मान्ने एउटाको माने अर्कोको उपेक्षा। [ˈstɔ̂kː(h)ɔlm] = ??। मलाई के लाग्छ भने नेपाली बृहत् शब्दकोशमा भएको शब्दको अनुसरण गर्नु पर्छ, गलत भएपनि। उदाहरण, आधिकारिक आर्हेन्तिना, नेबृश अर्जेन्टिना। नेबृशमा भएको शीर्षक अधव भन्दा पनि महान हो, र यो मानक निकाय हो। यहाँ बाहेकका उच्चारण अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला अनुसार हुनु पर्छ। नितिमा भनिए अनुसार, निकै प्रचलित को प्रयोग तसर्थ हामीले मान्ने म्यानमार, पोर्चुगल, ग्रीस आदी होला तर यी सबै अनाधिकृत उच्चारणहरू हुन् जसलाई नेबृशले पुष्टि गर्छ। यसमा किन काम लाग्दैन, प्रचलित??, saad lamjarred, यसमा कसरी भयो सअद लिमुजर्रद भन्ने सबैलाई हुन सक्छ, किनकि यहाँ देखियो, साद लमजारिद, अथवा लमजार्रड अथवा अन्य कुनै। Peshawar, कसरी पिशावार? किनभने सधैँ pe पे, हुँदैन, पि पनि हुन्छ, उदाहरण wikipedia = विकिपिडिया सही पेडिया गलत। जसरी सजिलो भयो त्यसरी राख्छ अङ्ग्रेजीले भने हामीले गलत उच्चारण लिन पनि सक्छौँ, जस प्रति सचेत हुनुपर्छ। वर्ण सधैँ उच्चारणका लागि पूर्ण हुन्छ भन्ने छैन वा शान्त शब्दहरू हुन्छन् जुन लेखिने तर उच्चारण नहुने। एउटै वर्णको पनि फरक फरक उच्चारण भाषा अनुसार फरक हुन्छ। उदाहरण = ج यो जिम हो अरबीको जसले (ज) को काम गर्छ तर, मिस्री अरबीमा यो गीम हो जसले (ग)को काम गर्छ, गिजा भनिन्छ मिस्री अरबीमा तर पुस्राह अरबीमा यो जिजा हो। सबैले मान्ने अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्षमाला यहाँ सम्म की सबै विकिपिडियाले, हामीले मान्नु कुनै आपत्ति जनक छैन र अनुसारण हुन पर्छ मानक उच्चारणका लागि। पर्वत सुबेदी (कुरा गर्ने) ०९:४६, २ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नेपाली विकि हेर्ने भनेकै नेपालीहरुले हो। त्यसकारण लेखको नाम पनि नेपाली उच्चारणका आधारमा हुन पर्छ जस्तो मलाई लाग्छ।नेपालमा स्वर तथा उच्चारण जस्तो छ त्यस्तै शैलीमा लेख सृजना हुनु पर्छ। स्पेनी, फ्रान्सेली हरुको आधारमा उच्चारण गर्न कोसिस नगरौंं। अनि पर्वत जि को मैले पुराना सम्पादन हरु नि हेरे र अचम्म लागेर आयो, तपाईं त कोडहरुमा पनि नेपाली शब्दको प्रयोग गर्नुहुदो रहेछ। सबै कुराहरुको नेपाली अनुबाद हुदैन। कतिपय नेपालीहरुलाई त कम्प्युटर को नेपाली अर्थ नि थाहा नहोला। जसरी वेबसाईटहरुको युआरएल नेपाली भाषामा हुदैन त्यसै गरि कतिपय अङ्ग्रेजी शब्दहरुको ठोस नेपाली अर्थ नेपाली व्याकरणमै सामेल छैन। फेरि मानिसको नाम नै परिवर्तन गरि स्पेनी, पुर्तगाली इत्यादिमा परिबर्तन गर्न पक्कै नमिल्ला। याद गर्नुस विकिपिडियामा चौतारीको सहमती हुन जरुरी छ। तपाइँलाई ठिक लाग्यो भन्दैमा तपाईं आफ्नो मर्जी गर्न नि पाउनु हुन्न। नेपाली भाषा प्रयोग गरौ तर पढ्नेहरूले पनि बुझ्न सकुन, पुरै उच्चारणनै परिवर्तन गरि लेखलाई झन जटिल बनाउने कोसिस नगर्नुहोस्। मेरो राय यति मात्र हो। धन्यवाद Bhupendra Shrestha (कुरा गर्ने) १३:४३, २ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
पर्वत सुबेदी भूपेन्द्र जीले गरेको टिप्पणी पछि मलाई याद आयो कि मैले पनि तपाईको कोडिंग त्रुटि फेला पारेको छु। लेख 'टिकटक' सिर्जना गर्ने प्रक्रियामा तपाईंले त्यस्तो त्रुटि गर्नुभयो जुन बिप्लब जी द्वारा सुधारिएको थियो। र मैले देखें कि तपाईं वेबसाइट यूआरएल र प्रयोगकर्ता आईडीलाई नेपाली संख्यात्मकमा परिवर्तन गर्दै हुनुहुन्छ। उदाहरणको लागि @jannat_zubair29 लाई @jannat_zubair२९ मा परिवर्तन जुन मैले पछि सुधार गरें। तपाईंले 'David_Luiz' को शीर्षक 'दाभी लुइस' राख्नु भएको छ जुन नेपाली व्यक्तिहरूको लागि अपरिचित छ। पृष्ठको नाम नेपालीमा कसरी स्वीकार्य छ सबैजनाले उसलाई 'डेभिड' ठान्छन् र 'दाभी' को रूपमा होइन। हामी के बोल्छौं हामी त्यो लेख्छौं। अन्य भाषाहरूमा नाम जे भए पनि नेपाली विकिपीडियामा त्यो नाम हुनुपर्दछ जुन हामी नेपालमा बोल्दछौं। यदि हामीले उसको बारेमा हाम्रा साथीहरूसँग छलफल गर्छौं भने हामी भन्छौं 'डेभिड' राम्रो खेलाडी हो। हामी त्यो समयमा 'दाभी' भन्दैनौं। भर्खर तपाईंले वार्ता पृष्ठमा उचित छलफल नगरी अर्को लेख 'जेम्स रोडरिगेज' पुनर्निर्देशित गर्नुभयो जसले स्पष्ट गर्दछ कि तपाईं विकिपीडिया नियमहरूको बारेमा ख्याल राख्नुहुन्न। मलाई याद छ कि तपाईं दुई मध्ये एकलाईमा केही महीना अघि यस्तो गतिविधिहरुमा रोकिएको छ। @Nirjal stha and Biplab Anand: यस प्रकारका गतिविधिहरूका लागि कडा सजाय आवश्यक पर्दछ। नेपाली पुस्तकमा पनि अंग्रेजी शब्दहरू लेखिएका हुन्छन् तर किन विकिपेडियामा यो स्वीकार्य छैन उदाहरण को लागी कम्प्युटर, टेलिभिजन तर शुसाङ्ख्य, दूरदर्शनको रूपमा होइन।धन्यवाद- Saroj Uprety (कुरा गर्ने) १५:४६, २ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिका टिप्पणी पढ्दा, मुल भाषा, मुल उच्चारण र अाइपिएको सरासर उल्लङ्घन गरेको भेटिन्छ जसलाई सबै विकिपिडिया र सबै क्षेत्रमा मानकको रूपमा हेरिन्छ, तर, यहाँ किन उल्लङ्घन भएको हो त्यध बुझ्न बाँकी छ। माथि भनिएको कोडिङ त्रुटी खोज्नुहोस् र बदल्नुहोस् भन्ने उपकरणले गर्दा भएको रहेछ, मैले हेरे, कतिपयले अनुवाद गर्छन् अङ्ग्रेजी छोड्छन्, वाक्य मिलाउँदैनन्, आदी गर्छन् त्यो र यो सामन त्रुटी हो जसले देख्यो उहीले सुधार गर्ने खालका, अब केके त्रुटी गरेको छ भनेर खोज्ने भन्दा पनि त्रुटी सुधार गर्नु पर्छ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला कहाँ काम लाग्छ भन्नु बारे यहाँ लेखिएको छ। यो एउटा जेम्स, जामेस, हामेसको विषय मात्र होइन, कतिछन् कति यस्ता पृष्ठ, उदाहरणका लागि Gilson Espírito Santo एक नाम नचेलेका फुटबल खेलाडीको उच्चार लिने तरिका आइपिए हो। अफ्रिकी देशमा मानिसहरूको चर्चा निकै कम हन्छ भने यसको मुल नाम थाह पाउन निकै गाह्रो हन्छ जहाँ यो काम लाग्छ। आइपिएले गरेका निर्णायक कार्य, अब के थाह पाउन सकिन्छ भने मानक उच्चारणका लागि आइपिए हेर्नुपर्छ। उदाहरण, आयाक्स भन्ने फुटबल क्लब छ जसको शीर्षक सञ्चार माध्यममा विभिन्न ५ थरी, आयाक्स, एज्याक्स, अज्याक्स, एजाक्स, आयक्स आदी छ। र यसको आइपिए [ˈaːjɑks] यस्तो छ, a = आ, ja = या, ks = क्स र हुन्छ आयाक्स जुन मानक हो, र यसै अनुरूप शीर्षक निर्धारित हुन्छ जुन कुनै मञ्चमा वा अन्य भाषामा विकिपिडियामा। नयाँ शब्द आउने बित्तिकै फरक फरक उच्चारण आउँछ जसप्रति सचेत बन्दै आइपिए अनुसार मानक उच्चारण लिनुपर्छ।हिमाल सुबेदी (कुरा गर्ने) १६:३७, २ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

पर्वत सुबेदीहिमाल सुबेदी जी यो सब काइते कुरा हुन्। विकिपिडिया कसैको निजी सम्पत्ति हैन। त्यसैले हामी सबै दायरामा रहेर काम गर्नु पर्छ। हिमाल सुबेदी जी तपाईंले बनाएको पृष्ठ दाभी लुइस केही महिना अघि मैले सही नाममा सरेको थिए तर तपाईंले त्यसलाई फेरि उल्टाउनु भयो जुन मलाई ठिक लागेको थिएन। मैले विकिपिडिया छाड्नु पछाडिको मुख्य कारणमा यो पनि पर्दछ। हामी सबै विकिपिडियामा अरु मानिसले सजिलोसँग आफ्नै भाषामा लेख पढ्न सकुन् भनेर योगदान गर्दछौं। हामी हाम्रो यत्रो अमुल्य समय खर्च गर्दछौं तर अन्त्यमा मानिसले गलत शिर्षकको लेख पढ्नु पर्दा धेरै दुख लाग्छ। तपाईंले आइपीए सम्बन्धि गरेको कुरा केही हद सम्म ठिक हो तर सबैमा यसलाई प्रयोग गर्नु पर्छ भन्ने छैन। तपाईं विकिपिडिया कसको लागि लेख्नु हुन्छ, आफैले पढ्न त अवश्य लेख्नु हुन्न होला। मानिसले राम्ररी जानकारी प्राप्त गरुन् भन्ने सोचले गर्नु हुन्छ होला। तपाईं विकिपिडियाका प्रमुख समाचार खण्ड पनि आवेदन नगरीकन सम्पादन गर्नु हुदो रहेछ। प्रबन्धकज्यूहरूले त यसका लागि आवेदन दिनु हुन्छ तर तपाईं केबल ढाँचा सम्पादक भए भन्दैमा आफ्नो अधिकारीको गलत उपयोग गर्ने अनि प्रबन्धकज्यू लाई धम्की दिने (केहि महिना अघि Nirjal stha ज्यूको वार्ता पृष्ठमा प्रबन्धक अधिकार दुरुपयोग गरेको भनेर धम्की दिएको सन्दर्भमा)। तपाईंलाई विकिपिडियामा मात्र लेख बनाउने र त्यसलाई प्रमुख बनाउने काम मात्र गर्नुपर्छ जस्तो लागेको होला तर सर्वप्रथम तपाईंले विकिपिडियामा नीति तथा नियमकानुन पढ्न जरुरी छ। यदि तपाईंले अङ्ग्रेजी विकिपिडियामा यस्तै काम गर्नुभएको थियो भने सधैंका लागि निशेध गरिन्थ्यो। नेपाली विकिपिडिया सानो छ भनेर यसमा राज गर्न कोशिस नगर्नु होला किनभने यो कसैको पेवा हैन। अबदेखि तपाईंलाई यस्ता काइतेतन्त्र नगर्न अनुरोध गर्दछु नत्र प्रबन्धक ज्यू बाट तपाईंले कडाभन्दा कडा सजाय पाउन सक्नु हुनेछ। धन्यवाद।- Bhupendra Shrestha (कुरा गर्ने) ०८:२१, ४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]



Indic Wikisource Proofreadthon II and Central Notice

Sorry for writing this message in English - feel free to help us translating it

Mahatma Gandhi edit-a-thon on 2 and 3 October 2020

 

Please feel free to translate the message.
Hello,
Hope this message finds you well. We want to inform you that CIS-A2K is going to organise a mini edit-a-thon for two days on 2 and 3 October 2020 during Mahatma Gandhi's birth anniversary. This is not related to a particular project rather participants can contribute to any Wikimedia project (such as Wikipedia, Wikidata, Wikimedia Commons, Wikiquote). The topic of the edit-a-thon is: Mahatma Gandhi and his works and contribution. Please participate in this event. For more information and details please visit the event page here. Thank you. — User:Nitesh (CIS-A2K) Sent using MediaWiki message delivery (कुरा गर्ने) १७:०९, २८ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

Stephen King

लेखकको नाम नेपाली विकिपिडियामा दुई तरिकाले लेखिएको छ।

  1. स्टीफन किङ
  2. {{स्टेफन किङका कृतिहरू}}, श्रेणी:स्टेफन किङका उपन्यासहरू

विभिन्न लेखहरूमा, फरक नाम प्रयोग भएको छ। लेखकको नाम सबै लेखहरू, ढाँचा र श्रेणीमा समान हुनुपर्दछ। मेरो विचारमा सही नाम 'स्टिफन किङ' हो। कृपया यसमा तपाईंको राय दिनुहोस्। म छलफल पछि आउने नामका साथ अगाडि बढ्नेछु। धन्यवाद।--Saroj Uprety (कुरा गर्ने) २०:४३, ८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

Wikimedia Wikimeet India 2021

Please consider translating the message.

 
This event does not have a logo yet, you may help to create one.

Hello,

Hope this email finds you well. We want to inform you about Wikimedia Wikimeet India 2021, an online wiki-event by A2K which is to be conducted from 19 – 21 February 2021 during the occasion of International Mother Language Day. Please see the event page here. also Please subscribe to the event-specific newsletter to get regular news and updates.

Get involved

  1. Please help in creating a logo for the event.
  2. This event has a "Request for Comments" portal, where we are seeking your opinion on different topics. Please consider sharing your expertise.
  3. We need help to translate a few messages to different Indian languages. Could you help?

Happy Diwali. --MediaWiki message delivery (कुरा गर्ने) १८:३१, १४ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]