पौभाः भन्नाले नेपालका नेवार जातिहरूको मौलिक परम्परागत चित्रकला हो।[१][२] यो चित्रकला तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ।[३]

हरित तारा

चित्रकला‍‍‍‍ सम्पादन गर्नुहोस्

पौभाः चित्रकलामा कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्रहरू बनाउने गरिन्छ। धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाहरूको अध्ययन गरी तिनलाई प्रतीकको रूपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ। पौभाः चित्रकलाका विषय धेरै हुन्छन्। यो महायान र बज्रयान दर्शनबाट पनि प्रभावित छ। यसैगरी शाक्त, शैव र वैष्णव पनि पौभाः चित्रकलामा उतारिन्छ।धार्मिक आस्थाबाट आरम्भ भएको पौभाः अहिले आधुनिक र उत्तरआधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्त्व घटेको छैन। खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू थोरै छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पौभामा मग्न", हिमाल खबरपत्रिका, जुलाई २००३, अन्तिम पहुँच ०१ सेप्टेम्बर २०१९ 
  2. "देश चिनाउने पौभा कला", नागरिक दैनिक, ०९ अगस्ट २०१७, अन्तिम पहुँच ०१ सेप्टेम्बर २०१९ 
  3. "थाङ्का–पौभामा संस्कृति", कान्तिपुर दैनिक, २० मे २०१८, अन्तिम पहुँच ०१ सेप्टेम्बर २०१९