वार्तालाप:अमिताभ बच्चन

कार्यकाल भनेको कसरी करियर भयो? यसको मत्लब Tenure हुन्छ Career हुन्न। लेखबाट आइपिए किन हटाइएको होला? @हिमाल सुबेदी: सुधार भन्दैमा जे गर्न पाइन्छ?--Saroj Uprety (कुरा गर्ने) १७:३४, २१ अगस्त २०२० (नेपाली समय)

Biplab Anand "थिएटर" शब्द नेपाली बृहत शब्दकोसमा नै भएको अवस्थामा फरक अर्थ दिने "चलचित्र"मा परिवर्तन गर्नु, "करियर"लाई "कार्यकाल" बनाउनु अलि मनपरी भएन र? - निर्मल दुलाल (कुरा गर्नुहोस) १८:५६, २१ अगस्त २०२० (नेपाली समय)
  • यस पृष्ठमा थिएटरलाई नाट्यशालामा परिवर्तन गरिएको छ, र अङ्ग्रेजी शब्द करियर वा क्यारियारलाई कार्यप्रगति (नेबृश अनुसार) कार्यकाल, जीवनवृत्ती, कार्यजीवन, कर्मजीवन जुन कुनै शब्द पनि प्रयोग गर्न सकिन्छ यसमा समस्या छैन। पर्वत सुबेदी (कुरा गर्ने) १९:२९, २१ अगस्त २०२० (नेपाली समय)
पर्वत सुबेदी भाई उनको आमालाई नाट्यशालामा गहिरो रुचि थियो यो कस्तो बाक्य हो? लेख्ने भन्दैमा जे पनि लेख्नु त भएन नि। दश थरी विवाद गर्नु भन्दा पहिला बाक्य राम्रोसँग लेख्न सिक्ने हो की। अनि तिमीले उल्लेख गरेका शब्दहरू (कार्यप्रगति (नेबृश अनुसार) कार्यकाल, जीवनवृत्ती, कार्यजीवन, कर्मजीवन) कुनै पनि करियरको पर्यायवाची हैनन्। नजानेको कुरामा ढिपी गर्नु भन्दा सिक्न तिर लाग्नु राम्रो होला। --निर्मल दुलाल (कुरा गर्नुहोस) २२:२६, २१ अगस्त २०२० (नेपाली समय)
Nirmal Dulal जी, मैले आफ्नो तर्फबाट समझाउने कार्य गरिसकेको यहाँलगायत समुदायलाई जानकारी नै छ। अन्तिम चेतावनी दिइसकेको हुँदा मेरो बुझाइमा अब यस्ता कार्य बन्द हुन्छ। 'थिएटर' को सट्टामा 'रङ्गमञ्च' शब्द र 'क्यारियर' र 'करियर' को स्पष्ट नेपाली शब्द नरहेकोले 'करियर' प्रयोग गर्न सबैमा अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५५, २२ अगस्त २०२० (नेपाली समय)
धन्यवाद Biplab Anand, गल्ती सुधार गर्नु राम्रो हो। आशा छ नेपाली विकिपिडियामा भविष्यमा कुनै पनि भाषाको राजनीति वा अनावश्यक विवाद हुने छैन। सबै मान्छेको ज्ञानको स्तर एकै हुन्छ भन्ने छैन तर नजानेको कुरामा बेतुकको तर्क दिनु भन्दा सिक्न तिर लाग्नु राम्रो हो। --निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:०९, २२ अगस्त २०२० (नेपाली समय)
  • Biplab Anand करिअरको साटो, फुटबल खेलाडी भए व्यावसायिक फुटबल कार्यकाल, अभिनेता भएको खण्डमा अभिनय कार्यकाल, राजनीतिज्ञ भए राजनैतिक कार्यकाल लेख्नु पर्छ। करिअरको अर्थ छैन, त्यसमाथि पनि करियर हैन करिअर हो।हिमाल सुबेदी (कुरा गर्ने) ०९:४३, २२ अगस्त २०२० (नेपाली समय)
  • हिमाल सुबेदी, म एउटा विकिपिडियन हूँ। मैले विकिपिडिया सम्पादन सुरु गरेको सात वर्ष भयो। प्रबन्धकको रूपमा ६ वर्षदेखि विकिपिडिया सम्पादन गर्दैछु। 'करियर' कसलाई भन्ने 'कार्यकाल' कसलाई आफैं विचार गर्नुहोस्। 'करिअर' ठीक शब्द हो तर प्रचलनमा 'करियर' शब्द रहेकोले यसैलाई प्रयोग गर्नुपर्छ। आफ्नो ज्ञानलाई विकिपिडिया सम्पादन गर्नमा खर्च गर्नुहोस्। समुदायलाई आवश्यक के छ त्यसमा केन्द्रित हुनुहोस्। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४६, २२ अगस्त २०२० (नेपाली समय)
  • कार्यकाल लेख्न नपाउने भन्ने नि हुन्छ र? नेपाली च्यानलहरूमा कार्यकाल भन्ने शब्दको प्रयोग हुन्छ सबैमा। ल कार्यकाल भनेको राजनीतिज्ञलाई सुहाउँछ भने यसलाई जीवनवृत्ति वा कार्य जीवन लेखिनुमा केही गलत हुँदैन। करिअर प्रचलनमा नभएको हैन, यहाँ प्रयोग नगरिएको हो। यसअघि एयरलाई हामीले एअर बनाएका छौँ। कार्य जीवन प्रयोग गर्नु गलत अर्थ लाग्दैन जस्तो मलाई लाग्छ।हिमाल सुबेदी (कुरा गर्ने) १०:५७, २२ अगस्त २०२० (नेपाली समय)
@Biplab Anand: जी, फिल्मोग्राफी र डिस्कोग्राफीको लागि उपयुक्त शब्द कुन हुनसक्छ?--Saroj Uprety (कुरा गर्ने) ०९:१३, २२ अगस्त २०२० (नेपाली समय)
Saroj Uprety जी, सोही शब्द प्रयोग गर्ने।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४६, २२ अगस्त २०२० (नेपाली समय)
धन्यवाद। नेपालीमा उक्त शब्दको ठोस अर्थ नरहेकाले आगामी दिनमा सोही शब्द प्रयोग गर्नेछु।
Saroj Uprety अर्थपूर्ण नेपाली नाम खोजी भएकोले 'दीपिका पादुकोण फिल्मोग्राफी' को सट्टा 'दीपिका पादुकोणद्वारा अभिनित चलचित्रहरूको सूची' र 'सकिरा डिस्कोग्राफी' को सट्टा 'सकिराका साङ्गीतिक प्रस्तुतिहरू' लेख्दा उपयुक्त हुन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४८, २३ अगस्त २०२० (नेपाली समय)
@Biplab Anand: जी, छुट्टै पृष्ठ मात्र नभएर लेखमा समेत उक्त शब्द खण्डको रूपमा राखिन्छ। उक्त खण्डमा 'दीपिका पादुकोणद्वारा अभिनित चलचित्रहरूको सूची' राख्न उपयुक्त होला? त्यस्तो खण्डमा कुन शब्द राख्दा ठीक होला? +en:Beyoncé videography, en:Hardcore pornography, en:Gonzo pornography, en:Amateur pornography यस्ता शब्दको लागि कुन शीर्षक राख्ने हो। सबैलाई एकैचोटि निर्णय गर्न पाइए उचित हुनेथियो।--Saroj Uprety (कुरा गर्ने) १२:५४, २३ अगस्त २०२० (नेपाली समय)
@Biplab Anand: तथा Saroj Uprety भाई यो छलफल जायज छ तर यो असम्बन्धित स्थान भयो। यसको बारेमा बरू चौतारीमा नै छलफल गर्नेकी? --निर्मल दुलाल (कुरा गर्नुहोस) १३:३७, २३ अगस्त २०२० (नेपाली समय)
"अमिताभ बच्चन" पृष्ठमा फर्कनुहोस्।