डोटेली भाषा

इन्डो-आर्य भाषा
(बझाङी भाषाबाट अनुप्रेषित)

डोटेली वा डोट्याली भाषा नेपालको, सुदुरपश्चिमाञ्चलमध्यपश्चिमाञ्चल क्षेत्रमा बोलिने एक भाषा हो। डोटेली भाषा नेपालमा बोलिने प्रमुख भाषाहरू मध्ये एक हो।[]सुदुरपश्चिमका सबै जिल्लाहरूमा र मध्यपश्चिमका केही जिल्लाहरूमा यो भाषा प्रयोग गरिन्छ। यहाँका बासिन्दाहरू एकआपसमा कुरा गर्दा अथवा बोल्दा आफ्नै भाषा प्रयोगमा ल्याउने गर्दछन्। यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाहरू अन्तर्गत ९अौं स्थानमा रहेको छ। यो भाषा नेपालको २.९७% मानिसहरूले बोल्ने गर्दछन्। नेपालको संविधान २०७२को धारा ५ भाग १ अनुसार यो नेपालको आधिकारिक भाषाहरू मध्ये एकको रूपमा रहेको छ।[] हाल आएर यस भाषाको विकिपिडिया समेत सुरु भइसकेको छ।

डोटेली
डोट्याली
मूलभाषीनेपाल[]
क्षेत्रडोटी (सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश)
मातृभाषी वक्ता७९०,०००
देवनागरी लिपि
भाषा सङ्केतहरू
आइएसओ ६३९-३dty
ग्लोटोलगdoty1234[]

जिल्ला अनुसार यो भाषा नेपालको सुदूरपश्चिम क्षेत्रमा विभिन्न नामले चिनिन्छ।

जिल्ला अनुसार भाषा नामका लागि प्रयोग गरिएका शब्दहरू[]
जिल्ला नामहरू
कैलाली बैतडेली, बझाङ्गी–नेपाली
कञ्चनपुर बैतडेली-नेपाली, पहाडी, नेपाली
डोटी डोट्याली, डोटेली
डडेल्धुरा डोट्याली, डडेल्धुरी
बैतडी बैतडी, बैतडेली, डोट्याली
दार्चुला दार्चुलेली, डोट्याली, साउका
बझाङ बझाङ्गी, बझाङ्गी–नेपाली
नेपालको अछाम जिल्लाकि एक महिला मासु र माछा पकाउने तरिकाको बारेमा बताउँदै, आछामी भाषिकामा

डोटेली भाषाको उत्पत्ति कहिलेदेखि भयो भन्ने बारेमा यकिन थाहा हुन नसके पनि यो भाषा परापूर्वकाल देखि नै बोलिदै आएको मानिन्छ। भारतको उत्तराखण्ड राज्य अन्तर्गत गढवाल र कुमाउ क्षेत्रमा बोलिने गढ़वाली र कुमाउनी भाषाका शब्द र लिपिहरू पनि डोटेली भाषासँग मिल्दोजुल्दो रहेको पाइन्छ।

राहुल साङ्कृत्यायन अनुसार सन् १७९० सम्ममा डोटी जिल्लामा कुमाउँका कत्युरी राजवंशले शासन गरेको थियो। यस अवधिमा डोटेली भाषिका अथवा उपभाषा कुमाउँ भाषाबाट उत्पत्ति भएको थियो। कात्युरी राजवंशलाई आठ राज्यमा विभाजन गरेपछि डोटी राज्यको स्थापना भएको थियो।[] डोटेलीलाई नेपालमा नेपाली भाषाको उपभाषाको रूपमा वि.सं २०६८ को जनगणना अगाडि सम्म मानिन्थ्यो तर एघारौँ राष्ट्रिय जनगणना पश्चात् यसलाई एक छुट्टै भाषाको रूपमा लिइएको थियो।

डोटेली भाषा र नेपाली भाषामा फरक

सम्पादन गर्नुहोस्
डोटेली भाषा नेपाली भाषा
जनजा नजानुहोस्
नैथिन छैन
बेलि हिजो
बासा साँझ
एऽऽ
जनबस नबस्नुहोस्
झिक्क, धेरै
नानो सानो
कैलाई कसलाई
नानु अलिकती
कैको कसको
ब्यानल बिहान
धैइ खै
नानका साना साना
ठौर ठाउँ
पोरु अस्ति
बौजु भाउजु
काखी कान्छी आमा
गोसि देवर/नन्द
पुसाइ फुपाजु
फुपू फुपू
काजी भाइ /बहिनी
जत्काल सुत्केरी
चेलो छोरा
चेली छोरी
तम तपाईंँ /तिमी
तलतिर तल
आँसि हँसिया
तिखुन, बन्चरो बन्चरो
साफ्लो साबेल
बौसो कुटो
मल्लो माथिल्लो
रूप्या रूपियाँ
जितरा जाँतो
धुलो पिठो
बिल्लो बिरालो
बल्ल गोरु
ठन्न चिसो
झगुलो फ्रग
इजा आमा
कइसि सानी आमा
बुनु बाली छर्नु
बर्यात जन्ति
बैकान पुरुष
बैकिनी महिला
स्वाइनी स्वास्नी
मान्सु मान्छे
निको सञ्चो, राम्रो
छकला दिउसो
उइले उसले
उनरो उनको
जनगर नगर
जाबर रौ
दार ढोका
आदो अदुवा
आम आँप
चौको पिर्का
केला केरा
चोखिउन भुटुन
तमाख त्म्बाखु
सुईना सपना
सोराई, समराई माया
हिट हिड
मुइले मैले
बाईर बाहीर
भितर भित्र
जाँत जात्रा
धदिउनु बोलाउनु
फोलो गाग्रो
गाड नदी
आँसी हँसिया
खित् फाल्नु
मिदुरो कुटो
झक्पट्टाल चकमन्न, उज्यालो
बैलो बाँझो
धिन्वा गाई दूध दिने गाई
बकिन्नो भैंसो दूध सुक्न लागेको भैंसी
डाडा अचार
रुबशो खात देख्नमा अति सुन्दर
बौला पागल
कलड़ो बैंस पुगेको बाच्छी
बौड बहर
बाकोरो बाख्रो
गन्पटटु धेरै गन्हाएको
हडप्या नौनी राख्ने भाँडो
पारो दही जमाउने भाँडो
बनास खुर्पा
कन्पुडो गाला
गाज्जो सुकेको घास
पर्सो जैविक मल
बिप्प्या उल्टो
सप्प्या सुल्टो
गीर सानो खालको मोजाको बल
हड शरीर
चिड्कन दुख्नु
जोडो जुम्रा
खोलानी खोले
बुद्या मायाले भाइलाई अथवा आफू भन्दा सानोलाई गरिने सम्बोधन
तम् तपाईंँ
मुण्डो टाउको
साँपडो केराको पात
नोलो, न्वालो एकप्रकारको इनार
किरमडा चुत्रो
हँस्याल ऐसेलु
डब्या बट्टा
बर्यात् जन्ति
ब्या बिहे
बल्मुडो आधा जलेको काठ
गौण खुला आकाशमुनि दिशापिसाब गर्ने ठाउं
गालिउं महीलाई कपडामा बाँधी झुन्डाएपछि पानी झरी बँचेको बाक्लो मही
कित्थो फट्याङ्ग्रो
पन्यालो पानीको मात्रा बढी भएको
बकलो बाक्लो
काला रे कनौटो हल्ला गर्नु, बाधा व्यवाधान गर्नु
खुल्ला चिउरीको बियाँ
कच्यार हिलो
कच्पण्नु गिलोपना
दुना पहाडा
सुण्नु सुन्नु
भुण्नु भन्नु
धीराट बहनी मचौन ठुलठुलो स्वरले कराउनु, हल्ला गर्नु
सिण्नो सिस्नो
ढेरो मरेको जनावरको सिनो
दुडबुडान् बाक्लो झोल
हौस्यारो शौखिन
धुर्बुरान रिसले चूर भएको, रिसाएको
कनौली घरको पछाडीपट्टीको भाग
हनोद्दु मात्रा भन्दा बढी खानु
बिथरो बढी चौडाइ भएको
भत्ती धेरै
टिट्या औंलो कान्छीऔँला
घाम भ्यो गर्मि भयो
ठ्वां ठ्वां ठ्वां जोर जोरले
गाड् निकाल
खानारो भत्केको अति जीर्ण घर
धिनाली दही
छांच मही
कुठो घिउ बनाउदा डढेको घिउ

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ नेपालको संविधान २०७२ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२७ मिति
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Dotyali", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  3. आधिकारिक भाषा सारांश, केन्द्रीय तथ्याङ्क बिभाग, नेपाल वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-०२ मिति
  4. Eichentopf, Stephanie R. (२०१४), "A Sociolinguistic Study of Dotyali", SIL International 
  5. "T.R. Vaidya - ADVANCED HISTORY OF NEPAL", web.archive.org, ९ फ़रवरी २००५, अन्तिम पहुँच ८ जनवरी २०२०