बेरोजगारी
चलनचल्तीको ज्याला दरमा काम गर्न इच्छुक र काम गर्न सक्षम मानिसहरूले काम वा रोजगार प्राप्त गर्न नसिकिरहेको अवस्थालाई बेरोजगारी भनिन्छ | यसले समाजमा विकृति र अन्य समस्याहरु सिर्जना गर्दछ | बेरोजगारीले सिर्जना गर्ने समस्याहरु गरिबी , असमानता, चोरी , डकैती, वेश्यावृत्ति , मानव वेचविखन , हत्या आदि हुन् | बेरोजगारीले प्रतिभा पलायन हुने समस्या पनि सिर्जना गर्छ |
बेरोजगारीका किसिमहरु
सम्पादन गर्नुहोस्"बेरोजगारी किन उत्पन्न हुन्छ ?" यस सम्बन्धमा निम्नलिखित तीनवटा दृष्टिको प्रस्तुत गर्न सकिन्छ–
शास्त्रीय दृष्टिकोण
सम्पादन गर्नुहोस्क्लासिकल (शास्त्रीय) दृष्टिकोण अनुसार बजार संयन्त्रमा कुनै प्रकारको अपूर्णता वा हस्तक्षेप भएन भने बेरोजगारी पाईंदैन । जुन बेरोजगारी देखिन्छ, त्यो अस्थायी हुन्छ । कुनै कारणले श्रमिकको पूर्ति बढी छ भने अर्थव्यवस्थामा बेरोजगारी उत्पन्न हुनजान्छ तर छिटै बेरोजगार बीच ज्यालाका लागि प्रतिस्पर्धा उत्पन्न भइ ज्यालामा कमी आउंछ ज्याला कम हुनासाथ बढी मानिसहरूले रोजगार प्राप्त गर्छन् । त्यसैले उत्पादनमा कमी हुंदा बेरोजगारी उत्पन्न हुन्छ । निम्नलिखित बेरोजगारीको चर्चा गरिन्छ ।
- खुल्ला बेरोजगारी,
- अर्ध बेरोजगारी,
- लुकेको (अदृश्य बेरोजगारी) बेरोजगारी,
- चक्रीय बेरोजगारी,
- मौसमी बेरोजगारी,
- शिक्षित बेरोजगारी,
- संघर्षमयी बेरोजगारी,
- संरचनागत बेरोजगारी
इत्यादि ।
यी मध्ये केही बेरोजगारी समाधान हुंदैनन् । जस्तै चक्रीय बेरोजगारी व्यापार चक्र समाप्त भए पछि आफैं समाप्त हुन्छ । शैक्षिक बेरोजगारी हटाउन रोजगार चाहनेले आफ्नो योग्यतामा विशेषज्ञता हासिल गर्नु पर्दछ । फ्रिक्शनल बेरोजगारी वास्तवमा बेरोजगारी होइन त्यो रोजगार खोज्ने प्रयास गरे सजिलै हट्छ । अदृश्य बेरोजगारी एक अस्पष्ट अवधारणा हो । कति जना र कहां बेरोजगार छन्, त्यो पत्ता लगाउन सकिंदैन । कृषिमा यस्तो बेरोजगारी पाइन्छ भनिन्छ तर त्यहां सीमान्त उतपदकता नाप गर्न सकिंदैन । तर यस अवधारणाले के भ्रम उत्पन्न गर्न सफल भएको छ भने कृषि बेरोजगारी उत्पन्न गर्ने व्यवसाय हो ।
मार्क्सबादी दृष्टिकोण
सम्पादन गर्नुहोस्मार्क्सको विचारमा बेरोजगारी समस्या पूँजीवादी प्रणालीको समस्या हो । बेरोजगारीको समस्या उत्पन्न हुने कारण उत्पादन प्रणालीमा परिवर्तन हो । मानिसको ठाउँमा पूँजीको प्रयोगले केही श्रमिक बेरोजगार हुन जान्छन् । यस्तो बेरोजगारी तीन प्रकारले बढन जान्छ–
- मेशीनले कामदार विस्थापित गरी दिंदा,
- कृषि उत्पादनबाट औद्योगिक उत्पादन वा गाउंबाट शहरमा गएर अलपत्र परेका, तथा
- कामको अत्यधिक अनियमितताले हुने बेरोजगार ।
मार्क्सवादी तर्क के छ भने साम्यवादी अर्थव्यवस्थामा बेरोजगारी हुंदैन किनभने त्यसले श्रम प्रधान प्रविधि प्रयोग गर्छ । पोल्यान्डमा भएको श्रमिक असन्तोषले त्यहांको साम्यवादी सत्ता परिवर्तिन भयो । रुस र अन्य साम्यवादी देशहरूमा पनि बेरोजगारीको समस्या छ । सबैलाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम एक सुन्दर मृगमरीचिका मात्र साबित भएको छ ।
केन्सीयन दृष्टिकोण
सम्पादन गर्नुहोस्केन्सले बेरोजगारीको माग पक्षको विश्लेषण गरेका छन् । उनको विचारमा अर्थव्यवस्थामा प्रभावकारी माग घट्न गयो भने बेरोजगारी बढ्छ । अर्थव्यवस्थाको कुल माग बढाउना साथ बेरोजगारी समस्याको समाधान प्राप्त हुन्छ । यसका लागि मानिसहरूको आय वृद्धि गर्नु पर्दछ । यस विधिले विगत ५० वर्ष सफलता साथ काम गर्यो तर सन् २००७ को तरलतामा कमीको अन्तराष्ट्रिय समस्याले यस विधिका केही कमी छन् भन्ने तर्फ सोच्न बाध्य बनायो । त्यसैले अहिले केही अर्थशास्त्रीले रोजगारीको क्लासिकल दृष्टिकोणलाई समर्थन गर्छन् ।
अन्य बेरोजगारी
सम्पादन गर्नुहोस्अर्थशास्त्रीहरूले यस बाहेक अन्य बेरोजगारीहरूको पनि चर्चा गरेका छन् । जस्तै सरकारी वा बैङ्कर नियमले गर्दा अर्थव्यवस्थाको केही क्षेत्रमा बेरोजगारी फैलिन जान्छ । श्रम नियमन कानून लागू गर्दा अफ्रिका, मध्य पूर्व र ल्याटिन अमेरिकामा त्यहांका युवा र महिला बेरोजगार हुन पुगेका छन् । नेपालबाट निर्यात हुने कार्पेट युरोपमा बाल श्रम कानून अन्तर्गत लिन नमान्दा सन् १९९० मा नेपालमा कार्पेट श्रमिकहरु बेरोजगार हुन पुगेका थिए ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Unemployment rate", Our World in Data, अन्तिम पहुँच ७ मार्च २०२०।