संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू
संयुक्त राष्ट्र सुरक्षा परिषदमा चीन (पूर्व गणतन्त्र चीन) रुस, फ्रान्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका स्थायी सदस्यहरू हुन्। यी देशहरू दोश्रो विश्व युद्धमा मित्र राष्ट्र र विजयी पक्ष थिए। यी सबै आणविक हतियार सम्पन्न राष्ट्र हुन्। संयुक्त राष्ट्र सुरक्षा परिषदमा कुल १५ राष्ट्र हुन्छन्। ती मध्ये मात्र ५ स्थायी सदस्यलाई भिटो अधिकार (निषेधाधिकार)हुन्छ, जसले परिषदको जुनसुकै मुद्धालाई रोक्न सक्छ।
हालका स्थायी सदस्य राष्ट्रहरू
सम्पादन गर्नुहोस्संयुक्त राष्ट्र सुरक्षा परिषदको हाल कायम रहेका स्थायी सदस्यहरूको तालिका यसअनुसार छ:
देश | हालको राष्ट्र प्रतिनिधित्व | पूर्व राष्ट्र प्रतिनिधित्व | हालको कार्यकारी नेता | हालको प्रतिनिधि (२०२२ जनवरी) |
---|---|---|---|---|
चीन | गणतन्त्र चीन (१९४५-१९७१) | राष्ट्रपति : सि जिनपिङ Premier: लि कच्याङ[क] |
Zhang Jun[१] | |
फ्रान्स | फ्रान्सेली पाँचौ गणतन्त्र | फ्रान्सेली गणतन्त्रको अस्थायी सरकार (१९४५-१९४६) फ्रान्सेली चौथौ गणतन्त्र (१९४६–१९५८) |
राष्ट्रपति : एमानुएल माक्रोँ प्रधानमन्त्री: Jean Castex |
Nicolas de Rivière[२] |
रुस | रुसी महासङ्घ | सोभियत सङ्घ (१९४१-१९९१) | राष्ट्रपति: भ्लादिमिर पुटिन प्रधानमन्त्री : मिखाइल मिसुस्तिन |
Vasily Nebenzya[३] |
संयुक्त अधिराज्य | ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्य | N/A | रानी: एलिजाबेथ द्वितीय प्रधानमन्त्री: बोरिस जोन्सन |
Barbara Woodward[४] |
संयुक्त राज्य | संयुक्त राज्य अमेरिका | N/A | राष्ट्रपति: जो बाइडन | Linda Thomas-Greenfield[५] |
विस्तार
सम्पादन गर्नुहोस्सुरक्षा परिषदमा नयाँ स्थायी सदस्य थप्न प्रस्ताव भइरहेको छ। यसमा ब्राजिल, जर्मनी, भारत र जापानलाई प्रत्यासीको रुपमा हेरिन्छ। यी चार देशको समूहलाई जी फो (जी-४) को नामले चिनिन्छ, उनीहरूले एक अर्काको स्थायी सदस्यको दाबेदारीलाई समर्थन गर्ने गर्छन्।[६]
संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदको यो सुधारको प्रस्तावलाई "कफी क्लब" भनिने देशको समूहले बिरोध गर्ने गरेका छन्। यो समूहमा जी फो (जी-४) राष्ट्रका क्षेत्रीय प्रतिद्वन्दी तथा आर्थिक प्रतिस्पर्धी राष्ट्र छन्।[७] यो समूहमा इटाली र स्पेन (जर्मनीको विपक्षमा), मेक्सिको कोलम्बिया र अर्जेन्टिना (ब्राजिलको विपक्ष), पाकिस्तान (भारतको बिपक्षी) र दक्षिण कोरिया (जापानको विपक्षी) रहेका छन्।[८] यस बाहेक टर्की, इन्डोनेसिया र अन्य पनि यो समूहमा छन्। १९९२ यता यी देशहरूले अर्ध-स्थायी सदस्य प्रस्ताव गर्न वा अस्थायी सदस्यको सङ्ख्या बढाउन माग गर्ने गरेका छन्।
टिप्पणीहरू
सम्पादन गर्नुहोस्पद टिप्पणीहरू
सम्पादन गर्नुहोस्- ↑ चीनको सरकार प्रमुख कानुनतःप्रधानमन्त्री हुन्छ, यस पदमा हाल लि खच्याङ छन्। चीनको राष्ट्रपतिको पद एक आलंकारिक पद हो, तर चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव (वास्तविक नेता) ले नै यो पद लिने गरेका छन्। हालका सर्वोच्च नेता राष्ट्रपति सि जिनफिङ हुन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Ambassador Zhang Jun, PR", chnun.chinamission.org.cn, अन्तिम पहुँच ६ मे २०२०। वेब्याक मेसिन अभिलेखिकरण २६ मार्च २०२० मिति
- ↑ "Nicolas de Rivière", France ONU (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ मे २०२०।
- ↑ "Постоянное представительство Российской Федерации при ООН", russiaun.ru, अन्तिम पहुँच ६ मे २०२०।
- ↑ "Barbara Woodward DCMG", GOV.UK (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ डिसेम्बर २०२०।
- ↑ "Ambassador Linda Thomas-Greenfield", usun.usmission.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ फेब्रुअरी २०२१।
- ↑ Sharma, Rajeev (२७ सेप्टेम्बर २०१५), "India pushes the envelope at G4 Summit: PM Modi tells UNSC to make space for largest democracies", First Post, अन्तिम पहुँच २० अक्टोबर २०१५।
- ↑ Ayca Ariyoruk (३ जुलाई २००५), "Players and Proposals in the Security Council Debate", Global Policy Forum, अन्तिम पहुँच ३ नोभेम्बर २०११।
- ↑ Nicoletta Pirozzi; Natalino Ronzitti (मे २०११), "The European Union and the Reform of the UN Security Council: Toward a New Regionalism?", Istituto Affari Internazionali, अन्तिम पहुँच ३ नोभेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१७ मिति