रत्नेश्वर लाल कायस्थ (जन्म ३ मे १९४४) एक नेपाली राजनीतिज्ञ तथा वर्तमान मधेश प्रदेशको प्रदेश प्रमुख हुन् । उनलाई नेपाल सरकारले सन् २०१८ जनवरी १७ का दिन सो जिम्मेवारी तोकेको हो ।[२][३] उनले सन् २०१८ जनवरी १९ का दिन प्रदेश प्रमुखको रूपमा सपथ ग्रहण गरेका हुन् ।[४][५]

रत्नेश्वर लाल कायस्थ
Ratneshwar Lal Kayastha
दोस्रो सप्तरी महोत्सव, २०१८ मा कायस्थ
१ औं मधेश प्रदेशको प्रमुख
कार्यकाल
२०७४ माघ ३ – २०७६ कार्तिक १७
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीमोहम्मद लालबाबु राउत
पूर्वाधिकारीकार्यालय स्थापना
उतराधिकारीतिलक परियार
सङ्घीय समाजवादी फोरम, नेपालको प्रवक्ता तथा सचिव
कार्यकाल
२००४- वर्तमान
व्यक्तिगत विवरण
जन्म (1944-05-03) ३ मे १९४४ (उमेर ७९)
सुगा भवानीपट्टी (हाल जलेश्वर), महोत्तरी, नेपाल[१]
राजनीतिक दलसङ्घीय समाजवादी फोरम, नेपाल
जीवन साथीसबिता लाल
सन्तान(हरू)
शिक्षाभूविज्ञान इन्जिनियर
मातृ शिक्षाप्रतिष्ठानइम्पेरियल कलेज लन्डन

प्रदेश प्रमुख बन्नु पूर्व उनी नेपालको कृषि मन्त्रालयका सचिव तथा जलस्रोत विभागका महासचिवको रूपमा कार्य गरेका थिए । कायस्थले आफ्नो राजनीतिक जीवनको सुरुवात सन् २००४ मा सङ्घीय समाजवादी फोरम, नेपालको सदस्यता लिएर गरेका थिए ।

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

रत्नेश्वर लाल कायस्थको जन्म सन् १९४४ मे ३ को दिन महोत्तरी जिल्लाको सुगा भवानीपट्टीमा (हाल जलेश्वर) बुवा लाल किशोर लाल र आमा अचकमणीको कोखबाट भएको थियो ।[६] वहाँको बुवा माध्यमिक विद्यालयका शिक्षक थिए ।[७] वहाँले जलेश्वर स्थित लक्ष्मीचन्द उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उतिर्ण गरे त्यसपछि उनले काठमाडौंमा रहेको त्रिचन्द्र कलेजबाट विज्ञान विषय राखेर प्रवीणता प्रमाण पत्र र स्नातक स्तरको पढाई (बिटेक) सके । उनले उच्च शिक्षा प्राप्त गर्न भारतको आइआइटी खडगपुर र लन्डन स्थित इम्पेरियल कलेज गएका थिए ।[७]

प्रशासनिक सेवा करियर सम्पादन गर्नुहोस्

सन् १९६४ मा कायस्थले नेपालको प्रशासनिक सेवा इन्जिनियरको रूपमा थालेका थिए ।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "को हुन् प्रदेश २ का प्रमुख कायस्थ ? – देशसञ्चार", देशसञ्चार (नेपालीमा), २०१८-०१-१७, अन्तिम पहुँच २०१८-०३-१३ 
  2. "Government finalises provinces’ governors and temporary headquarters", nepaleKhabar (अंग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१३ 
  3. "Govt names temporary capitals, governors", My Republica (अंग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१३ 
  4. "Newly-appointed provincial governors sworn-in", My Republica (अंग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१३ 
  5. "सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रदेश प्रमुखज्यूहरूबाट प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण", www.presidentofnepal.gov.np (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१३ मिति
  6. "प्रदेश २ को प्रमुखमा नियुक्त रत्नेश्वरलाल कायस्थ को हुन् ?", sarbajanik.com (नेपालीमा), २०१८-०१-२०, अन्तिम पहुँच २०१८-०३-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१३ मिति
  7. ७.० ७.१ ७.२ "को हुन फोरमबाट प्रदेश २ को प्रमुखमा नियुक्त भएका रत्नेश्वरलाल कायस्थ ?" (नेपालीमा), २०१८-०१-२०, अन्तिम पहुँच २०१८-०३-१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्