अनलाइन खबर सन् २००६ मा स्थापना भएको नेपालको एक स्वतन्त्र निजी अनलाइन समाचार पोर्टल हो। यसले नेपाली र अंग्रेजी भाषामा समाचार उपलब्ध गराउँछ। यस मिडिया हाउसबाट कुनै प्रिन्ट उपलब्ध छैन। [] सन् २०१४ मा , यो नेपालको शीर्ष १० वेब समाचार पोर्टल मध्ये एक थियो। [] सन् २०२० सम्ममा यो नेपालबाट सबैभन्दा धेरै हेरिने समाचार पोर्टल बन्यो। [] [] बि.सं २०७२ को गोरखा भूकम्पको कारण छापा मिडिया बन्द भएको कारणले अनलाइन खबर लगायतका अनलाइन पत्रपत्रिकाको अनलाइन हेराइमा वृद्धिको भएको थियो।यसैको फलस्वरुप अहिले मुलुकमा अनलाइन पत्रपत्रिकाको प्रचलन बढ्दो छ । []

समाचार एजेन्सीले सक्रिय रूपमा राज्यद्वारा मिडिया सेन्सरशिपको विरुद्धमा भाग लिई स्वतन्त्र पत्रकारिताको वकालत गर्दछ। [] यस सञ्चारमाध्यमका पत्रकारमाथि प्रहरीले केही घटनामा आक्रमण गरेको छ । उदाहरणका लागि, सिंहदरबारभित्र निजामती कर्मचारीलाई पक्राउ गरेको फोटो खिच्ने क्रममा फोटो पत्रकारमाथि प्रहरीले कुटपिट गरेको थियो। []

अनलाइन खबरले नेपाली दर्शकहरूलाई कन्भर्जेड सामग्री उपलब्ध गराउन हिमालय टिभी खरिद गरेको छ। [] यसको प्रधान सम्पादक शिव गाउँले हुन् । उनी ३० बर्षदेखि पत्रकारितामा सक्रिय छन् ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Nepal: Media Landscape". 2018-02-03. https://papers.ssrn.com/abstract=3778840. अन्तिम पहुँच मिति: 2021-04-07. 
  2. Nepali media landscape in the age of digital media: A critical reflection, २०१५। 
  3. "onlinekhabar.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", www.alexa.com, अन्तिम पहुँच २०२१-०४-०२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-३० मिति
  4. A STUDY ON THE STATE OF INVESTIGATIVE JOURNALISM IN NEPAL 
  5. How the media struggled in Nepal's earthquake rescue, २०१५। 
  6. Thapa, Richa (२०२०-०४-०२), "Editors jointly condemn unauthorised removal of published content", The Himalayan Times, अन्तिम पहुँच २०२१-०४-०७ 
  7. nepal_jan_may2016_freedomforum.pdf 
  8. "Himalaya TV in HD", The Himalayan Times, २०१९-०१-१७, अन्तिम पहुँच २०२१-१२-०३ 
  9. "Online Khabar", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०७-१६