प्रदेश प्रमुख (बागमती प्रदेश)

बागमती प्रदेशको प्रदेश प्रमुख नेपालको बागमती प्रदेशको नाममात्रको राष्ट्रप्रमुखनेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग बागमती प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो बागमती प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

सम्पादन गर्नुहोस्

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कोइराला, अनुराधाअनुराधा कोइराला २०७५ माघ ५ २०७६ कात्तिक १७ २८८ दिन
प्रसाई, विष्णुप्रसादविष्णुप्रसाद प्रसाई २०७६ कात्तिक १९ २०७८ भदौ ४ १ वर्ष, २८८ दिन
शर्मा, यादवचन्द्रयादवचन्द्र शर्मा २०७८ भदौ २०८१ साउन १६ २ वर्ष, ३४६ दिन
देवकोटा, दीपकप्रसाददीपकप्रसाद देवकोटा २०८१ साउन १७ बहालवाला १५४ दिन

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्