कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा चिनिएका मोहनराज मल्ल प्रदेश नम्बर ७ का पूर्व प्रदेश प्रमुख हुन् ।[१][२] चार दशक भन्दा अघिदेखि कैलालीमा राजनीति गद्दै आएका राष्ट्रिय पञ्चायतका पैल्लिका सांसद मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । उनी बि. सं. २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । २१ वर्षको उमेरबाटै राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएर पनि अनुभव बटुली सकेका छन् । पञ्चायत र पछिका दिनामी राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलालीको भजनी नगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तोकोत्तर हुन । उनले स्तात्तोकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए । उनले बिद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तरप्रदेश राज्यको लखनउबाट पुरा गरेका हुन् ।

मोहनराज मल्ल
मोहनराज मल्ल
सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख
कार्यकाल
२०७४ माघ ३ – २०७६ कात्तिक १७
राष्ट्रपतिविद्यादेवी भण्डारी
उतराधिकारीशर्मिलाकुमारी पन्त
व्यक्तिगत विवरण
जन्मकैलाली जिल्ला
मृत्यु२०७८ जेठ १३
काठमाडौं निदान अस्पताल
राजनीतिक दलनेपाली कांग्रेस
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

शुरुवाती जीवन सम्पादन गर्नुहोस्

राजनीति सम्पादन गर्नुहोस्

२१ वर्षको उमेरमा राजनीतिमा होमिएका मल्लले बि. सं. २०२८ सालमा कैलालीका पण्डौन गाउँ पञचायत प्रधानपञ्‍च, २०३२ सालमी कैलाली जिल्ला पञ्चायत उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिका अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र त्रिभुवन विश्व विद्यालयका सभासद भएको अनुभव बटुलिसकेका छन्। [३]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

मोहनराज मल्लले भ्रमण गरेकाका देशहरू सम्पादन गर्नुहोस्

मल्लले अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी, चीन, रुस, थाईलैण्ड, सिंगापुर, मेक्सीको, क्युवा, फिनल्यान्ड, जापान, उत्तरकोरिया, साईप्रस, संयुक्त अरब ईमिरेट, कुवेत, चेकोस्लाभिया, हङ्गेरी, पोलेण्ड, बुल्गेरियास्विजरल्याण्ड लगायतका मुलुकहरूको भ्रमण गरिसकेका छन् ।

मृत्यू सम्पादन गर्नुहोस्

कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। काठमाडौँमा उपचार गराइरहेका मल्लको १२ जेठ, २०७८ मा निधन भएको हो। निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिएको छ।[४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

प्रदेश नं. ७

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरु सम्पादन गर्नुहोस्