पणेना
पणेना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३६३ रहेको थियो जसमध्ये ९७९ पुरुष र १३८४ महिला रहेका थिए भने यहाँ ५५७ घरधुरी रहेको थियो।[१] यो हाल पाणिनी गाउँपालिकामा पर्दछ।
पणेना | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°५६′N ८३°११′E / २७.९३°N ८३.१९°Eनिर्देशाङ्कहरू: २७°५६′N ८३°११′E / २७.९३°N ८३.१९°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | अर्घाखाँची जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,३६३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
पणेना गाउँको सिरानमा एउटा ठूलो चौर र दह छ, जहाँ पाणिनि ॠषिले तपस्या गरेका थिए र महादेव प्रसन्न भई १४ वटा सुत्रहरू (अइउण्, ऋलृक्, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृत व्याकरण, अष्टाध्यायी, लेखेका थिए भन्नेविश्वास छ। त्यसैले यसलाई पाणिनि तपोभूमि पनि भनिन्छ। यसकै नामबाट सन्धिखर्कमा पाणिनि क्याम्पस पनि स्थापना भै सञ्चालनमा रहेको छा
उपल्लाखर्क, बासारुख, माझगाँऊ, चौर, ठान, निगाली, आमडाँडा, सिम्ले, कोप्चा, देऊराली, हरिआँप, टारी, पुस्वा, बतासे, दह आदिलाई जोडेर पणेना गाविस बनाईएको छ। यसको पूर्वमा पाल्पाको छहरा, उत्तरमा पाल्पाकै भुवनपोखरी, पश्चिमको केही भाग खिदीम, अधिकतम पश्चिम र दक्षिणमा पोखराथोक छ भने दक्षिणको केही भाग पाल्पाको जुठापौवासित जोडिएको छ। गाउँको फेँदबाट वाग्ले खोलो बगेको छ, जुन प्रसिद्ध रिडी खोलाको एक उद्गम खोला हो।
यहाँका बासिन्दाहरू धेरैजसो खेतिपातीमै निर्भर भएपनि नोकरी र ब्यापार गर्नेहरूको संख्या बढ्दो छ। यहाँ विशेष गरी मकै, गहुँ र धानको खेति भएपनि, कोदो, फापर, जौ आदिको खेति पनि गरिन्छ। प्राय सबै घरमा भैँसी पालिएको हुन्छ भने केहींले गोरु, बाख्रा तथा गाई पनि पाल्छन्।
यहाँ फलफुलमा सुन्तला, नासपाती, आरु,आप,केरा, अमिलो आदि पाइन्छ। तर सुन्तलाको(केहि ब्यापार समेत हुने भएकोले) बाहेक अरु फलफुलको चाँहि त्यति धेरै उत्पादन हुँदैन।
भाषा संस्कृति
सम्पादन गर्नुहोस्पणेनाको पूर्वि भेगमा केही ढकाल र पाण्डे तथा भुसाल बाहेक मुख्यतया पोखरेलहरूको बाहुल्यता छ भने पश्चिममा गौतम, भट्टराई तथा पौडेलहरू पनि छन्। आमडाँडामा मगर जातिहरूको बस्ती धेरै छ भने केही विश्वकर्मा र परियारहरू पनि छन्। यहाँका सबैजसो नेपाली भाषा नै बोल्छन तर यहाँको भाषा अरुतिरको भन्दा अलि फरक छ, जस्तै: "जान्छु" लाई "जान्चु", "गएको थिएँ" लाई "गओथेँ"कति सार्है ल।इ "कै जाद्रो" आदि
पणेनामा गोरखनाथको मन्दिर/कुटी(उपल्लाखर्क), शिव मन्दिर(चौर), कृष्ण मन्दिर(ठान), हनुमान मन्दिर(दह),बरजुको मन्दिर(दह), सिद्धाश्रम(दह, तुलेडाँडा) आदि मन्दिरहरू छन्। नया कुरा पणेना २ओटा डोजरले बातो खन्दै छन
-
Daha
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।