ट्याङ्क एक प्रकारको कवचित, स्वचालित, आफ्नो बाटो आफै बनाउने तथा युद्धमा काम आउने यस्तो वाहन हो जसबाट गोलाबारी पनि गर्न सकिन्छ। युद्धक्षेत्रमा शत्रुको गोलाबारीको बीच पनि यो बिना रुकावट अघि बढ्न सक्छ र कुनै पनि समय र स्थानमा शत्रुमाथि गोलाबारी गर्न सक्छ। गतिशीतला र शत्रुलाई व्याकुल बनाउने सामर्थ्य हुन्छ र ट्याङ्क कवचित हुनाले स्वयं सुरक्षित हुन्छ।

टी-९० भीष्म ट्याङ्क

ट्याङ्क एक यस्तो सैन्य बख्तरबन्द वाहन हो जुन विशेष रूपमा युद्धमा सेनाद्वारा गोला दाग्ने कार्यमा प्रयोग हुन्छ। ट्याङ्क अठारौँ शताब्दीको तोपको नै उन्नत वा चालित आधुनिक रूप हो जसबाट आजको सैन्य तोपपनि प्रेरित छ। ट्याङ्क विशेष रूपमा आफ्नो एक पटरीमा चल्छ र यसको चक्का कहिले पनि जमिनको सिधा सम्पर्कमा आउदैन र सधैँ आफ्नो पटरीमा नै चल्छ, यो खास कारणले कुनै पनि प्रकारको निकै दुर्गम स्थानमा पनि सजिलै चल्न सक्छ। यसको निकै दह्रो बख्तर विरोधी सेनाको तर्फबाट दागिएको गोला बारुद सहन गर्न सक्षम हुन्छ।[१]

ट्याङ्कमा मुख्य रूपमा दुई हिस्सा हुन्छ, तल्लो भागमा चल्ने हिस्सा जसमा ट्रयाक, चक्का, इन्जिन र सैन्य दल हुन्छ र माथिल्लो हिस्सामा तोप, मेसिनगन र ट्याङ्कको अन्य उपकरण हुन्छ माथिको हिस्सालाई टेरत पनि भनिन्छ। यसको सेन्य दलमा ३ वा ४ सदस्य हुन सक्छ जो ट्याङ्क चलाउन, गोली दाग्न, मेसिन गन चलाउन र ट्याङ्क कमान्डरको भूमिका निभाउछन्।[२]

ट्याङ्कको मुख्य कार्य गोला दाग्ने हुन्छ। यसबाट सेनाद्वारा युद्धमा विरोधी दलमाथि विशेष रूपमा बनेको कयौं प्रकारको गोला दाग्न, यसमाथि लगाइएको मेसिन गनबाट गोली प्रहार गर्न र पैदल सेनालाई सहायता उपलब्ध गराउनको लागि पनि उपयोग गर्न सकिन्छ। ट्याङ्कको उपयोग प्रथम विश्वयुद्धमा सर्वप्रथम ब्रिटिस सेनाद्वारा गरिएको थियो र त्यतिबेला देखि यसको उपयोगिताको कारणले यसमा लगातार परिवर्तन गरि एक पछि अर्को एक उन्नत प्रकार विश्वको सेनाद्वारा काममा सामेल गरिरहेको छ।

द्वितीय विश्वयुद्ध पश्चात बनेका ट्याङ्कहरूलाई उनीहरूको पिढीमा विभाजन गरिन्छ।

परिचय र इतिहाससम्पादन

ब्रिटिसद्वारा आविष्कारसम्पादन

प्रथम विश्वयुद्धमा खाडलमा मोर्चा बनाएर लडेकाले युद्धमा गत्यवरोध भएको थियो। यस अवस्थामा यस्तो एक साधनको आवश्यकता महसुस भयो जसमा खाडलमा लुकेका सैनिकहरूद्वारा गरिएको गोलीबारीको विशेष प्रभाव नहोस् र युद्धक्षेत्रको उबडखाबड भूमिमा पनि निर्वाध रूपमा चल्न सकोस्, जसले काँडेदार तार समेतलाई पार गर्न सकोस् र जसमा सवार सैनिक स्वयं सुरक्षित रहेर शत्रुमाथि प्रहार गर्न सकुन्। इङ्ल्यान्डको लेफ्टनेन्ट कर्नल अरनेस्ट तथा डाक्टर स्विन्टन १५ वर्षदेखि यस्तै यन्त्र बनाउनका लागि प्रयत्नशील थिए। उनीहरूले सन् १९१४ मा हल्ट क्टयारपिलर प्रणालीको कवचित यानको लागि अनुकूलित गर्न सुझाव दिएका थिए। केहि समयपछी टिजी टुलोचले एक भूक्रूजरको विचार प्रस्तुत गरे, जसबाट शत्रुको हल्का तोपको सामना गर्न सकिन्थ्यो। सन् १९१५ जनवरीमा ब्रिटिस नौसेनाका सर्वोच्च अधिकारी विन्स्टन चर्चिलले यी प्रस्तावको अनुमोदन गरेका थिए। फलस्वरूप स्विन्टनको परियोजनाको अभिकल्पना नौसेनाको लेफ्टिनेन्ट डब्लुक्यु विल्सन र कस्टर कम्पनीको डब्लुए ट्राइटनले प्रस्तुत गरेका थिए। सन् १९१५ सेप्टेम्बरमा फास्टर कम्पनीले पहिलो मोडल 'लिटल विली' तयार गर्न सफल भएको थियो। यो त्यति सन्तोषजनक भएन। फेरी यसै कम्पनीले दोस्रो मोडल 'विली बड' बनायो जसलाई स्वीकार गरिएको थियो।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "संग्रहीत प्रति", मूलबाट ८ सितंबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सितंबर २०१२ 
  2. "संग्रहीत प्रति", मूलबाट १९ अगस्त २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सितंबर २०१२