नेपाल विद्युत् प्राधिकरण
नेपाल बिद्युत प्राधिकरण नेपालको बिद्युत प्रदायक संस्था हो। यसको स्थापना तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९११ अर्थात् वि.सं. १९६८ मा काठमाडौँ उपत्यकामा निर्मित ५० किलोवाट क्षमताको फर्पिङ्ग लघु जलविद्युत् परियोजना सँगै गरेका थिए। एसियाकै प्रथम जलविद्युत परियोजनाको रूपमा चिनिने यस केन्द्रबाट उत्पादित ४ सय किलोवाट विद्युत् वितरण सुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरियो। फलस्वरूप 'बिजुली अड्डा' नामक एउटा अड्डा स्थापना गरियो। यसरी एसियाकै सबैभन्दा लामो बिद्युतिय इतिहास बोकेको देश नेपालका नागरिक बिगतमा अठार घण्टासम्म लोडसेडिङ हुने गरेको नेपालमा हाल भने बिध्धुत गएको ठाउँमा बाहेकका ठाउँमा मात्र नेपालीहरु टुकी मट्टितेल र पानसमा आफ्नो रातलाई उज्यालो बनाउने प्रयास गरिरहेकै छन्।
नेपाल विद्युत प्राधिकरण | |
सङ्क्षिप्त नाम | ने.वि.प्रा. |
---|---|
गठन | भाद्र १ २०४२ |
संस्थापक | नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ |
प्रकार | सरकारी संस्थान |
लक्ष्य | बिजुली उतपादन तथा वितरण |
प्रधान कार्यालय | काठमाडौँ |
प्रबन्ध निर्देशक | कुलमान घिसिङ |
मुख्य अङ्ग | संचालक समिति |
मूल सङ्गठनहरू | उर्जा मन्त्रालय, नेपाल सरकार |
सहायक कम्पनीहरू | चिलिमे |
वेबसाइट | http://nea.org.np/ |
पूर्व नाम | नेपाल विद्युत कर्पोरेशन |
इतिहाससम्पादन
फर्पिङ्गमा वि.सं. १९६८ बाट सुरू भएको विद्युत गृहको निर्माण र बिद्युत उत्पादन हाल सम्म पनि जारी नै छ। तिनताका उत्पादित बिजुलीलाई चन्द्र शमशेर को पालामा उत्पादन गरिएकाले'श्री चन्द्रज्योति प्रकाश' पनि भन्ने गरिन्थ्यो। फर्पिङ्गमा विद्युत गृह निर्माण पछि त्यस्तै गरी सन् १९३४ मा सुन्दरीजलमा स्थापित ६ सय किलोवाट क्षमताको ऐतिहासिक जलविद्युत् परियोजना पनि निर्माण भएको थियो।
नामाकरणसम्पादन
विक्रम सम्वत् २०१९ साल भाद्र १ गते बिजुली अड्डाको नाम फेरेर नेपाल विद्युत् कर्पोरेशन गरियो र त्यसबखत यसको उद्देश्यमा केही परिवर्तन गरियो। अड्डालाई कर्पोरेशन बनाउन नेपाल विद्युत् कर्पोरेशन ऐन, २०१९ लागू गरिएको थियो । यस संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत २०४२ साल भदौ १ गते (सन् १९८५ अगस्त १६)बाट नेपाल विद्युत कर्पोरेशनलाई नेपाल विद्युत प्राधिकरण बनाइएको हो।