गण्डक जलविद्युत केन्द्र
गण्डक जलविद्युत केन्द्र नेपालको नवलपरासी जिल्लाको प्रतापपुरमा अवस्थित रहेको छ। [२] नारायणी नदीको पानीबाट १५ मेगावाट बिजुली उत्पादन गरि वार्षिक १०६.३८ गीगावाट घण्टाको ऊर्जा निकास गरिन्छ। [३] यो केन्द्र भारत-नेपाल गण्डक नदी सम्झौताको एक भाग हो। [१] नारायणी नदीमा रहेको बाधले सिँचाइका लागि भारत तर्फ पूर्वी नहर (२४.१ m 3 /s) र नेपालतर्फ (पश्चिमी नहर) ८.५ m 3 / s पानी प्रवाह गर्छ। यो केन्द्र नेपाल तर्फको पश्चिमी नहरमा रहेको छ। [४]
गण्डक जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | गण्डक जलविद्युत केन्द्र |
देश | नेपाल |
निर्देशाङ्क | २७°२५′३६″N ८३°४७′२०″E / २७.४२६८°N ८३.७८९°E |
उद्देश्य | सिचाइँ |
स्थिति | सक्रिय |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
सुरुवात मिति | २०३५-१२-१९ |
प्रकार | नदीको पानी |
पानीको चाँप | ६.०९ मी (२०.० फिट)[१] |
टर्बाइन | ३ x ५MW |
क्षमता | १५ MW |
वार्षिक उत्पादन | १०६ GWh |
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ BENEFITS AND BURDEN A CASE STUDY OF Gandak River Agreement, २०१७।
- ↑ Eastern Gandak Canal Hydroelectric Project।
- ↑ "Operating Projects :: Hydro (Above 1MW)"।
- ↑ A year in review FY2018/19, २०१९।