स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान ) नेपालका निजी विकासकर्ता तथा ऊर्जा उत्पादकहरूको सङ्घ हो। यो एक गैर-नाफामूलक, गैर-सरकारी स्वायत्त संस्था हो र सन् २००१ मा स्थापना भएको थियो।[] यसको मुख्य उद्देश्य जलविद्युत उत्पादनमा संलग्न निजी क्षेत्र र सरकारी संस्थाहरूलाई जोड्नु हो।[] इप्पान मुख्यतया एउटा सदस्यता सङ्गठन हो। साधारण सभामा संस्थागत र व्यक्तिगत दुवै सदस्यहरू हुन्छन्। साधारण सभाले सञ्चालक समिती चयन गर्छ, जसले सङ्गठनको योजना र नीतिहरू तयार गर्दछ।

Independent Power Producers Association
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल
सङ्क्षिप्त नामइप्पान
प्रकारगैर-नाफामूलक, गैर-सरकारी संस्था
लक्ष्यबिजुली उतपादन तथा वितरण
प्रधान कार्यालयकाठमाडौँ
अध्यक्ष
गणेश कार्की[]
मुख्य अङ्ग
संचालक समिति
वेबसाइटhttps://www.ippan.org.np/

सन् २०२० सम्ममा, २१,००० मेगावाट उत्पादन गर्ने कुल क्षमताको साथ ५८० निजी जलविद्युत परियोजनाहरू सञ्चालनमा छन् वा निर्माणाधीन छन्। निजी क्षेत्रले यी परियोजनाहरूमा लगभग रु ६ खर्ब लगानी गरेको छ।[]

  • देशको जलविद्युत आवश्यकताको अधिकतम उपयोग गर्ने।
  • निकट भविष्यमा देखा पर्ने ताजा पानी र ऊर्जा अभावको विश्वव्यापी सन्दर्भमा दीर्घकालीन राष्ट्रिय र क्षेत्रीय आवश्यकता पूरा गर्ने।
  • जलविद्युत सम्बन्धी विभिन्न विचार र ज्ञान साझा र प्रसार गर्ने।
  • जलस्रोत र जलविद्युतको विकासमा छलफलको लागि मञ्च सिर्जना गर्ने।
  • विकासको गति बढाउन विशेषज्ञता र ज्ञानको साझेदारी मार्फत यस क्षेत्रको विकासमा नेपाल सरकारलाई सहयोग गर्ने।
  • नेपाल सरकार र यस संस्था बीच मैत्रीपूर्ण सहयोगको वातावरण सिर्जना गर्ने।
  • बिजुली प्रयोगकर्ताहरूसँग अनुकूल वातावरण विकास गर्ने।
  • विकासको वातावरण सिर्जना गर्न विभिन्न उद्योग र जलविद्युत उद्योग बीच सम्पर्कको रूपमा कार्य गर्ने।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Executive Committee Members", Independent Power Producers’ Association, Nepal (IPPAN) 
  2. "Independent Power Producers' Association, Nepal |", अन्तिम पहुँच २०२०-०८-०१ 
  3. Thanju, Jeewan Prasad (२०१२), "An Interview with Dr. Subarna Das Shrestha", Hydro Nepal: Journal of Water, Energy and Environment 11: 78–80, आइएसएसएन 2392-4101 
  4. "IPPs threaten to halt power generation", अन्तिम पहुँच २०२०-०८-०१