नेपाल विद्युत प्राधिकरण

नेपालको विद्युत् प्रदायक संस्था

नेपाल बिद्युत प्राधिकरण नेपालको बिद्युत प्रदायक संस्था हो। यसको स्थापना तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९११ अर्थात् वि.सं. १९६८ मा काठमाडौँ उपत्यकामा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ्ग लघु जलविद्युत् परियोजना सँगै गरेका थिए। एसियाकै प्रथम जलविद्युत परियोजनाको रूपमा चिनिने यस केन्द्रबाट उत्पादित ४०० किलोवाट विद्युत् वितरण सुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरियो। फलस्वरूप 'बिजुली अड्डा' नामक एउटा अड्डा स्थापना गरियो। यसरी एसियाकै सबैभन्दा लामो बिद्युतिय इतिहास बोकेको देश नेपालका नागरिक बिगतमा दैनिक कयौँ घण्टासम्म लोडसेडिङ हुने गरेको नेपालमा हाल भने विद्युत अवरुद्ध ठाउँमा बाहेकका ठाउँमा मात्र नेपालीहरु टुकी मट्टितेल र पानसमा आफ्नो रातलाई उज्यालो बनाउने प्रयास गरिरहेकै छन्।

नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरण
सङ्क्षिप्त नामने.वि.प्रा.
गठनभाद्र १ २०४२
संस्थापकनेपाल विद्युत् प्राधिकरण ऐन, २०४१
प्रकारसरकारी संस्थान
लक्ष्यबिजुली उतपादन तथा वितरण
प्रधान कार्यालयकाठमाडौँ
प्रबन्ध निर्देशक
कुलमान घिसिङ
मुख्य अङ्ग
संचालक समिति
मूल सङ्गठनहरू
उर्जा मन्त्रालय, नेपाल सरकार
सहायक कम्पनीहरूचिलिमे
वेबसाइटhttp://nea.org.np/
पूर्व नाम
नेपाल विद्युत कर्पोरेशन

फर्पिङ्गमा वि.सं. १९६८ बाट सुरू भएको विद्युत गृहको निर्माण र बिद्युत उत्पादन हाल सम्म पनि जारी नै छ। तिनताका उत्पादित बिजुलीलाई चन्द्र शमशेर को पालामा उत्पादन गरिएकाले'श्री चन्द्रज्योति प्रकाश' पनि भन्ने गरिन्थ्यो। फर्पिङ्गमा विद्युत गृह निर्माण पछि त्यस्तै गरी सन् १९३४ मा सुन्दरीजलमा स्थापित ६ सय किलोवाट क्षमताको ऐतिहासिक जलविद्युत् परियोजना पनि निर्माण भएको थियो।

विक्रम सम्वत् २०१९ साल भाद्र १ गते बिजुली अड्डाको नाम फेरेर नेपाल विद्युत् कर्पोरेशन गरियो र त्यसबखत यसको उद्देश्यमा केही परिवर्तन गरियो। अड्डालाई कर्पोरेशन बनाउन नेपाल विद्युत् कर्पोरेशन ऐन, २०१९ लागू गरिएको थियो । यस संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत २०४२ साल भदौ १ गते (सन् १९८५ अगस्त १६)बाट नेपाल विद्युत कर्पोरेशनलाई नेपाल विद्युत प्राधिकरण बनाइएको हो।

जलविद्युत आयोजना स्थान क्षमता (मेगावाट) उत्पादन सुरु स्वामित्व सन्दर्भ
कालीगण्डकी ए जलविद्युत आयोजना स्याङ्गजा १४४ २००२ नेपाल विद्युत प्राधिकरण [][]
मध्ये मर्स्याङ्दी जलविद्युत केन्द्र लमजुंग ७० २००८ नेपाल विद्युत प्राधिकरण
मर्स्याङ्दी जलविद्युत केन्द्र तनहुँ ६९ १९८९ नेपाल विद्युत प्राधिकरण []
कुलेखानी १ जलविद्युत केन्द्र मकवानपुर ६० १९८२ नेपाल विद्युत प्राधिकरण
कुलेखानी २ जलविद्युत केन्द्र मकवानपुर ३२ १९८६ नेपाल विद्युत प्राधिकरण []
चमेलिया खोला जलविद्युत केन्द्र दार्चुला ३० २०१८ नेपाल विद्युत प्राधिकरण
त्रिशुली जलविद्युत केन्द्र नुवाकोट २४ १९६७ ( प्रारम्भमा जडित क्षमता २१ मे.वा, १९९५ मा क्षमता वृद्धि ) नेपाल विद्युत प्राधिकरण []
चिलिमे जलविद्युत केन्द्र रसुवा २२ २००३ चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड .
गण्डक जलविद्युत केन्द्र नवलपरासी १५ १९७९ नेपाल विद्युत प्राधिकरण []
मोदी खोला जलविद्युत केन्द्र पर्वत १४.८ २००० नेपाल विद्युत प्राधिकरण []
देवीघाट जलविद्युत आयोजना नुवाकोट १४.१ १९८४ नेपाल विद्युत प्राधिकरण []
सुनकोशी जलविद्युत केन्द्र सिन्धुपाल्चोक १०.०५ १९७२ नेपाल विद्युत प्राधिकरण []
पुवा खोला जलविद्युत केन्द्र इलाम ६.२ १९९९ नेपाल विद्युत प्राधिकरण
चतरा जलविद्युत केन्द्र सुनसरी ३.२ १९९६ नेपाल विद्युत प्राधिकरण
पनौती जलविद्युत केन्द्र काभ्रे २.४ १९६५ नेपाल विद्युत प्राधिकरण
सेती जलविद्युत केन्द्र पोखरा १.५ १९८५ नेपाल विद्युत प्राधिकरण
फेवा जलविद्युत आयोजना पोखरा १९६९ नेपाल विद्युत प्राधिकरण
तिनाउ जलविद्युत केन्द्र रुपन्देही जिल्ला १.०२४ २०३८ नेपाल विद्युत प्राधिकरण
माथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र रसुवा जिल्ला ६० २०७६-०५-१३वि.सं. नेपाल विद्युत प्राधिकरण [१०]

सौर्य परियोजना

सम्पादन गर्नुहोस्
उर्जा केन्द्र स्थान क्षमता (मेगावाट) उत्पादन सुरु भएको मिति स्वामित्व सन्दर्भ
नुवाकोट सौर्य उर्जा केन्द्र नुवाकोट २५ २०२० नेपाल विद्युत प्राधिकरण

डिजेल पावर प्लान्ट

सम्पादन गर्नुहोस्
नाम स्थान क्षमता (मेगावाट) उत्पादन सुरु स्वामित्व सन्दर्भ
दुहबी बहु इन्धन मोरङ ३९ सन् १९९७
हेटौडा मकवानपुर १४.५ सन् २०१२ नेपाल विद्युत प्राधिकरण [११]

आधिकारिक वेबसाइट

सम्पादन गर्नुहोस्

www.nea.org.np

  1. "Energy Sector Overview", United States Agency for International Development (USAID), मूलबाट २०१२-०४-२५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२५ मिति
  2. "Kali Gandaki Hydroelectric Power Plant", Global Energy Observatory, अन्तिम पहुँच २६ अप्रिल २०१४ 
  3. "NEA Annual Report", Nepal Electricity Authority, मूलबाट २०१६-०३-०५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  4. "Kulekhani Hydroelectric Power Station", sustainablehydropower। 
  5. "NEA Annual Report", Nepal Electricity Authority, मूलबाट २०१६-०३-०५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  6. "NEA Annual Report", Nepal Electricity Authority, मूलबाट २०१६-०३-०५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  7. "NEA Annual Report", Nepal Electricity Authority, मूलबाट २०१६-०३-०५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  8. "NEA Annual Report", Nepal Electricity Authority, मूलबाट २०१६-०३-०५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  9. "NEA Annual Report", Nepal Electricity Authority, मूलबाट २०१६-०३-०५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  10. "Upper Trishuli 3A to start commercial generation from Monday", myRepublica। 
  11. "Diesel plant in Hetauda generates electricity", The Himalayan Times।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-०९ मिति

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्