नेपालमा सर्वाधिक कमाइ गरेका चलचित्रहरूको सूची

नेपाली चलचित्र उद्योगका लागि कुनै निश्चित बक्स अफिसको तथ्याङ्क नभए तापनि नेपालमा सबैभन्दा बढी कमाइ गरेका चलचित्रहरू निर्माता, वितरक र केही समाचार वेबसाइटहरूले उपलब्ध गराएको तथ्याङ्कमा आधारित छन्।

नेपाली चलचित्र उद्योग तुलनात्मक रूपमा नयाँ जस्तै छ। सरकारका लागि शाही नेपाल चलचित्र निगमले वि.सं २०२७ साल देखि धेरै प्रारम्भिक चलचित्र निर्माण गरेको थियो। यो व्यावसायिक सफलताभन्दा पनि मुलुकको सांस्कृतिक सम्पदाप्रति बढी चिन्तित थियो। यसले बिस्तारै चलचित्र उद्योगको आधारभूत संरचना निर्माण गर्नका साथै निजी उत्पादनहरूलाई सक्षम बनाएको थियो। चलचित्र विकास बोर्डले २०७५ साउन २ गते काठमाडौँ उपत्यकाका चलचित्र भवनमा र त्यसको करिब एक वर्षपछि उपत्यका बाहिरका सिनेमाहलमा डिजिटल बक्स अफिस प्रणाली लागू गरेको थियो।[] त्यसपछि प्रदर्शन भएका चलचित्रहरूको बक्स अफिस आँकडा बोर्ड अन्तर्गतको केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीद्वारा प्रदान गरिएको आधिकारिक प्रतिवेदनमा आधारित छ। देशभर पूर्ण बक्स अफिस प्रणाली सञ्चालनमा भए तापनि वितरक र चलचित्र विकास बोर्डबीच बक्स अफिसको तथ्याङ्कमा अझै पनि केही असङ्गतता रहेको छ।[]

कुसुम रुमालले (प्रदर्शन मिति: २०४२ असोज २९) ले सर्वाधिक कमाइको कीर्तिमानी कायम गर्न सफल भएको थियो जहाँ यसको कीर्तिमान २०५७ जेठ १ मा, प्रदर्शनमा आएको चलचित्र दर्पण छायाँले तोडेको थियो। २०६८ सालमा प्रदर्शनमा आएको चलचित्र लुटले विश्वभरबाट ५ करोड भन्दा बढीको व्यापार गर्न सफल भएको थियो र यस चलचित्र तात्कालिक समयमा नेपालकै सबैभन्दा ठूलो ब्लकबस्टर चलचित्र मानिएको थियो। बाहुबली २: द कन्क्लुजनले २३ करोड नेपाली रुपैयाँ कुल आम्दानी गर्दै नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्रको किर्तिमानी बनाएको थियो भने यसको कीर्तिमान सन् २०२४ मा प्रदर्शनमा आएको भारतीय चलचित्र पुष्पा २: द रूलले रु २७.०३ करोड व्यापार गर्दै यसलाई उछिनेको थियो। नेपालमा सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी हो, जसले ५६.३० करोड कुल आम्दानी गरेको छ। नेपालमा सबैभन्दा बढी कमाइ गर्ने हलिउड चलचित्र अवतारः द वे अफ वाटर हो, जसको कुल आम्दानी ८.३१ करोड रुपैयाँ रहेको छ।

वि.सं २०७१ सालमा प्रदर्शन आएको कोहिनुरले लुटको कीर्तिमानी भङ्ग गर्न सफल भएको थियो जसले विश्वभर १० करोड भन्दा बढीको व्यापार गरेको थियो।[] यो कीर्तिमानलाई त्यसपछि हास्य चलचित्र छक्का पञ्जा (२०७३) र छक्का पञ्जा ३ (२०७५) द्वारा तोडिएको थियो। छक्क पञ्जा चलचित्रको शृङ्खलाले २०८० सम्म विश्वव्यापी रूपमा ६३ करोड भन्दा बढी व्यापार गरेको छ। २०७९ मा, मा कबड्डी ४: द फाइनल म्याचले नेपाली चलचित्र इतिहासको हरेक कीर्तिमान तोड्दै नेपालको सर्वाधिक कमाइ चलचित्र बन्न सफल भएको थियो यसले सर्वाधिक २१.३९ करोड कमाइ गर्न सफल भएको छ।[] २०८१ कात्तिक १ मा प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले २०८१ मा, नेपालको बक्स अफिस इतिहासमा अभूतपूर्व व्यापार गर्दै नयाँ कीर्तिमानी कायम गर्न सफल भएको थियो। ५५ करोड भन्दा बढी व्यापार गर्ने यो पहिलो चलचित्र हो।[][]

घरेलु चलचित्रहरू

सम्पादन गर्नुहोस्

शीर्ष २० सर्वाधिक कमाइ गरेका चलचित्रहरूको सूची

* चलचित्र भवनमा प्रदर्शन भइरहेका चलचित्र(हरू)
क्रम चलचित्र वर्ष (वि.सं) निर्देशक नेपालमा कुल आम्दानी कुल आम्दानी स्रोत
पूर्णबहादुरको सारङ्गी २०८१ सरोज पौडेल रू ५६.३० करोड रू ८३.३० करोड [][]
१२ गाउँ २०८१ विराज भट्ट रू २६.६० करोड रू ५१.६० करोड [][१०]
कबड्डी ४ २०७९ रामबाबु गुरुङ रू २३.५० करोड रू४०.६० करोड [११][१२][१३]
छक्का पन्जा ५ २०८१ दीपाश्री निरौला रू २१.५० करोड रू ४१.१० करोड [१४][१५]
छक्का पन्जा ४ २०७९ हेमराज बिसी रू १७.५३ करोड रू १७.९० करोड [१६][१७]
जारी २०८० उपेन्द्र सुब्बा रू १७.१८ करोड रू २६ करोड [१८][१९]
महाजात्रा २०८० प्रदीप भट्टराई रू १६.०८ करोड रू २७.०८ करोड [२०][२१]
छक्का पन्जा ३ २०७५ दीपाश्री निरौला रू १६ करोड रू २०.३० करोड [२२][२३]
छक्का पन्जा २०७३ दीपाश्री निरौला रू १५ करोड रू २५ करोड [२४]
१० छक्का पन्जा २ २०७४ दीपाश्री निरौला रू १४.५० करोड रू २८ करोड [२४]
११ कबड्डी कबड्डी कबड्डी २०७६ रामबाबु गुरुङ रू १३.५० करोड रू २० करोड [२५][२६]
१२ शत्रु गते २०७५ प्रदीप भट्टराई रू १२.५४ करोड रू १३.२० करोड [२७]
१३ कोहिनुर २०७१ आकाश अधिकारी रू ११ करोड रू १४ करोड [२८]
१४ ह्रस्व दीर्घ २०८१ चन्द्र पन्त रू १०.६० करोड रू २२ करोड [२९]
१५ बोक्सीको घर २०८१ सुलक्षण भारती रू १०.२० करोड रू १५ करोड [३०]
१६ दिमाग खराब २०८० निश्चल बस्नेत रू १०.१० करोड रू १०.६७ करोड [३१]
१७ प्रेम गीत ३ २०७८ चेतन गुरुङसन्तोष सेन रू १० करोड रू ४० करोड [१९]
१८ छ माया छपक्कै २०७६ दीपेन्द्र लामा रू ९.४० करोड रू १४ करोड [२७]
१९ ए मेरो हजुर ३ २०७६ झरना थापा रू ८.८० करोड रू १२ करोड [२७]
२० पशुपति प्रसाद २: भष्मे डन २०८० दीपेन्द्र के. खनाल रू ८.५० करोड रू १२ करोड [३२]

विदेशी चलचित्रहरू

सम्पादन गर्नुहोस्

नेपालमा सर्वाधिक कमाइ गरेका शीर्ष २० विदेशी चलचित्रहरू यहाँ सूचीकृत छन्।

* चलचित्र भवनमा चलिरहेका चलचित्रहरू
क्रम चलचित्र वर्ष (सन्) निर्देशक प्राथमिक भाषा कुल आम्दानी स्रोत
1 बाहुबली २: द कन्क्लुजन २०१७ एसएस राजामौली तेलुगु रु २३ करोड [३३][३४]
के.जी.एफ: च्याप्टर २ [] २०२२ प्रशान्त नील कन्नड रु १९.३० करोड [१६]
आरआरआर एसएस राजामौली तेलुगु रु १३.५ करोड [३५][३६]
पठान २०२३ सिद्धार्थ आनन्द हिन्दी रु १३.२८ करोड [१७]
जवान एट्ली कुमार रु १२.६८ करोड [३७]
दङ्गल २०१६ नितेश तिवारी रु १२.२५ करोड [३८]
कल्की २८९८ एडी * २०२४ नाग अश्वीन तेलुगु रु ११.१७ करोड [३९][४०]
एनिाल २०२३ सन्दीप रेड्डी हिन्दी रु १०.६२ करोड [४१]
सुल्तान २०१६ अली अब्बास जफर रु १० करोड [३८]
१० पिके २०१४ राजकुमार हिरानी रु ९.१ करोड [३८]
११ सलार: भाग १ - सिजफायर २०२३ प्रशान्त नील तेलुगु रु ८.५ करोड [४२]
१२ अवतार: द वे अफ वाटर २०२२ जेम्स क्यामेरून अङ्ग्रेजी रु ८.३१ करोड [१९]
१३ स्पाइडर-म्यान: नो वे होम २०२१ जोन वाट्स रु ७.५ करोड [४३]
१४ पुष्पा: द राइज सुकुमार तेलुगु रु ७.४ करोड [४४][४५]
१५ बजरङ्गी भाइजान २०१५ कबीर खान हिन्दी रु ७.३ करोड [४६]
१६ टाइगर जिन्दा है २०१७ अली अब्बास जफर रु ७.१ करोड
१७ पद्मवत २०१८ सञ्जय लीला भन्साली रु ७ करोड
१८ धूम ३ २०१३ विजयकृष्ण आचार्य रु ६.७ करोड [४७]
१९ साहो २०१९ सुजीत तेलुगु रु ६.५ करोड
२० एभेन्जर्स: इन्डगेम एन्थोनी र जो रूसो अङ्ग्रेजी रु ६.३ करोड

चलचित्र शृङ्खलाहरू

सम्पादन गर्नुहोस्
चलचित्र शृङ्खलाहरू[§]
क्रम चलचित्र शृङ्खला कुल सङ्कलन (करोड) चलचित्रहरूको सङ्ख्या चलचित्रहरूको औसत (करोड) सर्वाधिक कमाइ गरेका चलचित्रहरू (करोड)

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Govt introduces box office system in film sector", thehimalayantimes.com (अङ्ग्रेजीमा), १७ जुलाई २०१८, अन्तिम पहुँच २०२४-०१-१६ 
  2. "Data mismatch leaves holes in box office", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०१-१६ 
  3. "सवैभन्दा बढी कमाउने चलचित्र कोहिनुर" (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  4. "'कबड्डी ४' बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म, १६ दिनमा २० करोड ग्रस"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  5. "'पूर्णबहादुरको सारङ्गी'ले १७ दिनमा कमायो ३४ करोड ३६ लाख", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२४-११-१८ 
  6. "'पूर्णबहादुरको सारङ्गी'ले २४ दिनसम्म कमायो साढे ४३ करोड", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२४-११-२५ 
  7. "'Purna Bahadur Ko Sarangi becomes the highest earning Nepali movie with Gross Earnings: रु 56.30 crore'", CineMarga (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०१-१८ 
  8. "'पूर्णबहादुरको सारंगी'को विश्वब्यापी कमाइ ६९ करोड, नेपालमा ४६ करोड पुग्यो", अनलाइन खबर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-११-३० 
  9. https://juksun.com/article/highest-grossing-nepali-movies-of-all-time/
  10. "'१२ गाउँ'ले चार हप्तामा कमायो साढे २५ करोड", THE CINEMA TIMES (नेपालीमा), अन्तिम पहुँच २०२४-११-०८ 
  11. https://www.bhimkumarigautam.com.np/2022/07/kabaddi-4-weekly-box-office-collection.html
  12. "कमाईमा 'कबड्डी ४' भन्दा साढे ४ करोडले पछि 'छक्का पन्जा ४'", saurahaonline.com, २०२३-०४-१२, अन्तिम पहुँच २०२४-०१-११ 
  13. "वर्षमा धेरै कमाउने फिल्म 'कबड्डी ४', कुन फिल्मले कति कमाए (सुचीसहित)", ratopati.com, २०२३-०४-१०, अन्तिम पहुँच २०२४-०१-११ 
  14. "'छक्कापञ्जा ५'ले २६ दिनसम्म देशब्यापी कति कमायो ?", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-११-०८ 
  15. "'छक्का पञ्जा ५'ले दुई सातामै कमायो १७ करोड २० लाख", nepalkhabar (नेपालीमा), २०१९-०६-०३, अन्तिम पहुँच २०२४-११-०८ 
  16. १६.० १६.१ Dhakal, Renuka (२०२३-०४-१३), "Despite challenges, Nepali film industry records some progress", The Rising Nepal, मूलबाट २०२३-०४-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०४-२२ 
  17. १७.० १७.१ "Chhakka Panja-4, Jaari, Prem Geet-3 biggest collectors last fiscal: FDB", risingnepaldaily.com, २०२३-०७-२२, अन्तिम पहुँच २०२३-१२-१८ 
  18. "'Jaari' records business of Rs 150 million in 21 days", The Rising Nepal, २०२३-०५-०६, मूलबाट २०२३-०५-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-११ 
  19. १९.० १९.१ १९.२ "Box Office Success: Top-Grossing Films in Nepal's Last Financial Year 2079/80", sharesansar.com, २०२३-०७-२१, अन्तिम पहुँच २०२३-१२-१८  उद्दरण त्रुटी: Invalid <ref> tag; name ":JaariBoxOffice" defined multiple times with different content
  20. "'महाजात्रा'ले मनायो ५१ दिन, हरिवंश भन्छन्- दर्शकको साथ लोभलाग्दो", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०८-०३ 
  21. "५१ औँ दिनमा 'महाजात्रा'", Nepal Press (नेपालीमा), अन्तिम पहुँच २०२४-०५-१२ 
  22. "५ दिनमा 'कबड्डी ४'ले कति कमायो ?", THULOPARDA.COM: Entertainment News Portal From Nepal (नेपालीमा), २०२२-०६-०१, अन्तिम पहुँच २०२४-०८-०३ 
  23. "अमेरिकामा 'छक्का पन्जा ३'ले बनायो यस्तो रेकर्ड", अनलाइन खबर, २०१८-११-१५, अन्तिम पहुँच २०२४-०१-११ 
  24. २४.० २४.१ "Franchise beats franchise", hipamat.com, २०२२-०६-१०, अन्तिम पहुँच २०२४-०१-११ 
  25. "'कबड्डी ४'लाई पहिलो साता साढे ११ करोड ५० लाख ग्रस", Right Sanchar, अन्तिम पहुँच २०२४-०५-०१ 
  26. "'कबड्डी ४'ले पाँच दिनमै कमायो १० करोड रुपैयाँ", योहो खबर (नेपालीमा), अन्तिम पहुँच २०२४-०५-०१ 
  27. २७.० २७.१ २७.२ "वर्ष २०७६ : सिक्वेलले टिकाएको बक्स अफिस", २०२०-०५-२१, मूलबाट २०२०-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०१-२९ 
  28. "२०७१: फ्लपकै वर्चस्व", THULOPARDA.COM: Entertainment News Portal From Nepal (नेपालीमा), २०१५-०४-१२, अन्तिम पहुँच २०२४-०१-२९ 
  29. "'ह्रस्व दीर्घ'ले नेपाली बक्स अफिसमा कमायो १० करोड ६० लाख", THE CINEMA TIMES (नेपालीमा), अन्तिम पहुँच २०२४-१२-०६ 
  30. "'बोक्सीको घर'ले रञ्जना हलमा मनायो ५१ दिन", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२४-०६-१६ 
  31. "निश्चल र स्वस्तिमाको फिल्म 'दिमाग खराब'ले मनायो ५१ औं दिन, कति कमायो ?", Lokaantar (नेपालीमा), अन्तिम पहुँच २०२४-०२-२१ 
  32. "३० करोड कमाउने अपेक्षा राखिएको फिल्म 'भष्मे डन'को कमाई ८ करोड", Parichay (नेपालीमा), २०२३-११-११, अन्तिम पहुँच २०२४-०१-३० 
  33. "Kabbadi 4 earns highest gross in Nepali movie industry", Vishwanews.com, अन्तिम पहुँच २०२४-०५-०१ 
  34. "नेपालमा बाहुबली–२ ले कति कमायो ?", देशको न्युज (नेपालीमा), १४ मे २०१७, अन्तिम पहुँच २०२४-०१-२५ 
  35. "Foreign films flourish, local ones fail to earn", risingnepaldaily.com, २०२३-०५-१०, अन्तिम पहुँच २०२४-०१-१०  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०१-१० मिति
  36. "RRR craze in Nepal", ट्विटर, अप्रिल २६, २०२२, अन्तिम पहुँच मार्च २५, २०२३ 
  37. "Jawan Final Box Office collections: Shah Rukh Khan film closes over 400Cr Overseas and 1150Cr Worldwide", pinkvilla.com, २०२३-१२-१२, अन्तिम पहुँच २०२३-१२-१८ 
  38. ३८.० ३८.१ ३८.२ "नेपाली बजारमा विदेशी चलचित्र", साप्ताहिक, २०१७-०१-०७, अन्तिम पहुँच २०२४-०१-१० 
  39. "‘कल्की’को पहिलो हप्ताको कलेक्सन सात सय करोड ?", THE CINEMA TIMES (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०७-०७ 
  40. "एकसातामा कति कमायो प्रभास स्टारर ‘कल्की २८९८ एडी’ले?", नेपाल खबर (नेपालीमा), २०१९-०६-०३, अन्तिम पहुँच २०२४-०७-०७ 
  41. "नेपालमा भारतीय फिल्मको दबदबा : लघुताभासमा नेपाली चलचित्र", फरकधार, २०२२-१२-२२, अन्तिम पहुँच २०२४-०१-१२ 
  42. "प्रभास अभिनीत फिल्म 'सलार' ले कति कमायो", नेपाल खबर, २०२४-०१-१०, अन्तिम पहुँच २०२४-०१-१३ 
  43. "'स्पाइडरम्यान'ले दुई सातामै नेपालमा कमायो ५.८० करोड, विश्व बक्सअफिसमा १ बिलियन डलर", नेपाल प्रेस, २०२१-१२-२७, अन्तिम पहुँच २०२४-०१-०९ 
  44. "Pushpa Final Total WW Collections", andhraboxoffice.com, २०२२-०३-१०, अन्तिम पहुँच २०२४-०१-०९ 
  45. "नेपाली बक्स अफिसमा 'आरआरआर'को १२ करोड ग्रस कमाइ", अनलाइन खबर, २०२२-०४-१०, अन्तिम पहुँच २०२४-०१-११ 
  46. "'बजरंगी भाइजान'को ब्यापारले नेपाली निर्माता उत्साहित", अनलाइन खबर, २०१५-०७-२५, अन्तिम पहुँच २०२४-०१-१० 
  47. "Dhoom 3 becomes highest grossing film in Nepal", economictimes.indiatimes.com, २०१४-०१-०४, अन्तिम पहुँच २०२४-०१-०९ 
  1. केजिएफको पुरा रूप कोलार गोल्ड फिल्ड्स हो।