ए मेरो हजुर २

ए मेरो हजुर ३ एक नेपाली रोमान्टिक हास्य-नाटक फिल्म हो, जसको निर्देशन झारना थापाले निर्देशकका रूप

ए मेरो हजुर २ २०१७ मा झरना थापाद्वारा निर्देशित नेपाली सङ्गीतमय रोमान्टिक चलचित्र हो। ए मेरो हजुर शृङ्खलाको दोस्रो भागमा, यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र नवोदित कलाकार सलिनमान बानियाँ मुख्य भूमिकामा छन्। चलचित्रले समीक्षकहरूबाट मिश्रित नकारात्मक प्रतिक्रिया पाएको थियो, सङ्गीतको प्रशंसा पनि गरेको थियो तर कलाकारहरूको प्रदर्शन, निर्देशन, नियमित कथा र पटकथाले दर्शक र समीक्षकहरूबाट नकारात्मक प्रतिक्रिया पाएको थियो। तर चलचित्रले बक्स अफिसमा ठुलो सुरुवाती सप्ताहन्त पायो र त्यसैका कारण यो बक्स अफिसमा ठुलो सफलता पायो। चलचित्रको सफलताको श्रेय यसको पूर्ववर्ती श्रीकृष्ण श्रेष्ठ र झरना थापा अभिनीत फिल्मको विशाल लोकप्रियता र सङ्गीतलाई दिइएको थियो। चलचित्रको थप दुई उत्तरकथाहरू थिए।

ए मेरो हजुर २
निर्देशकझरना थापा
लेखकहरिहर अधिकारी
निर्मातासुनिलकुमार थापा
मुख्य कलाकार
सङ्गीत
प्रदर्शन मिति
१ सेप्टेम्बर २०१७
देशनेपाल
भाषानेपाली
बजेटरू १.५ करोड[]
बक्स अफिसरु ८.४ करोड
क्र.सं.शीर्षकगायकलम्बाइ
१."कसम हो कसम"सुगम पोखरेल६:०४
२."किनिदेउ न साइला दाइ"साधना सरगम४:४२
३."उकालिमा जादा"राजेश पायल राई, इन्दिरा जोशी४:३२

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "A Mero Hajur 2 - Nepali Musical Love Story Movie - About Nepal", AboutNepal.us, ३० मार्च २०१७, मूलबाट ६ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण ६ अप्रिल २०१७ मिति