दंगल (चलचित्र)

भारतीय चलचित्र

दंगल आमिर खानद्वारा निर्मित सन् २०१६को भारतीय हिन्दी चलचित्र हो । चलचित्रका निर्देशक तथा लेखक नितीश तिवारी हुन् । यस चलचित्रमा मुख्य भूमिकामा आमिर खान, साक्षी तन्वर तथा राजकुमार राव छन् । चलचित्रको पहिलो प्रदर्शनी २३ डिसेम्बर २०१६ मा सिनेमाघरहरू मा भएको थियो ।

दंगल
पोस्टर
निर्देशकनितीश तिवारी
लेखकनितीश तिवारी
पियूष गुप्ता
निर्माताआमिर खान
किरण राव
सिद्धार्थ रोय कपूर
मुख्य कलाकारआमिर खान
साक्षी तन्वर
फातिमा सना शेख
सन्या मल्होत्रा
सङ्गीतप्रीतम
प्रदर्शन मिति
  • २३ डिसेम्बर २०१६ (2016-12-23)
देशभारत
भाषाहिन्दी

कलाकार सम्पादन गर्नुहोस्

  • आमिर खान - महावीर सिंह फोगत
  • साक्षी तन्वर - दया कौर
  • फातिमा सना शेख - गीता फोगत
  • सन्या मल्होत्रा - बबीता कुमारी
  • राजकुमार राव
  • जरीना वसीम
  • सुहानी भटनागर
  • विक्रम सिंह
  • अपरशक्ति खुराना

निर्माण सम्पादन गर्नुहोस्

पात्र चुनाव सम्पादन गर्नुहोस्

अप्रिल २०१५ मा फातिमा साना शेख र सन्या मल्होत्रालाई महावीर फोगतको पुत्रीको किरदारको लागि छानियो ।[१][२][३] जुन २०१५ मा बाल कलाकारमा जरीना वसीमलाई जम्मू कश्मीर र सुहानी भटनागरलाई दिल्लीदेखि ल्याइयो । आयुष्मान खुरानाको भाइ अपरशक्ति खुराना पनि यस चलचित्रसङ जोडिए । विक्रम सिंह यस चलचित्रमा एक खलनायक भूमिकामा दिखिने छन् । दंगलको लागि आमिरले आफ्नो केहि किलो वजन घटाए र साथसाथै हरियानवी पनि सिके ।

छायाङ्कन सम्पादन गर्नुहोस्

यसको छायाङ्कनको कार्य १ सेप्टेम्बर २०१५ देखि शुरू भयो । यस चलचित्रको स्थललाई लुधियानाको गाउँहरूमा रखियो र त्यसलाई हरियाणवी रूप दिइयो । यस पछि फिल्मानाको कार्य किला रायपुर, पञ्जाब तथा हरियाणामा गरियो । सेप्टेम्बर २०१५ र डिसेम्बर २०१५ को मध्य आमिर खानले आफ्नो ९% चर्बी बढाएर आफ्नो वजन ९८ किलो बनाए ।

प्रदर्शन सम्पादन गर्नुहोस्

दंगल अमेरिकामा २१ डिसेम्बर २०१६ र विश्वव्यापी २३ डिसेम्बर २०१६ मा प्रदर्शन भएको थियो ।[४]

कमाई सम्पादन गर्नुहोस्

यस चलचित्रले पहिलो दिनमा २९.७८ करोड (युएस$४.२ मिलियन) कमाएको थियो, जुन सार्बजनिक बिदा नहुदा पनि सबैभन्दा धेरै कमाई गर्ने दोश्रो चलचित्र हो ।[५][६] चलचित्रले दोश्रो दिनमा ३४.८२ करोड (युएस$४.९ मिलियन) र तेस्रो दिनमा ४२.३५ करोड (युएस$५.९ मिलियन) कमाएको थियो । त्यसै गरी चौथो दिनमा यसले २५ करोड (युएस$३.५ मिलियन) कमाई गर्न सफल भयो ।[७][८] चौथो दिनसम्म चलचित्रले १३२.४३ करोड (युएस$१९ मिलियन) कमाई गरिसकेको छ ।[९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्