छक्का पन्जा ४
छक्का पञ्जा ४ एक नेपाली हास्यप्रधान चलचित्र हो।[२] यसलाई दीपकराज गिरी लेखन र हेमराज बिसीले निर्देशन गरेका थिए। यो 'छक्का पन्जा' शृङ्खला यो चौथो तथा पछिल्लो चलचित्र हो। आमा सरस्वती मुभिज र आइएमई प्रेजेन्टको ब्यानरमा दीपेन्द्र खनियाँ, केशव न्यौपाने, केदार घिमिरे र निर्मल शर्माले निर्माण गरेको यो चलचित्र २०७९ फागुन १९ मा अर्को नेपाली चलचित्र 'छड्के २' सँगै प्रदर्शनमा आएको थियो।[३][४] चलचित्रले सफल सुरुवात गरेको थियो र प्रदर्शनको पहिलो दुई दिनमै ३ करोडको हाराहारीमा कमाई गरेको थियो।[५] चलचित्रमा दीपकराज गिरी, वेनिशा हमाल, केदार घिमिरे, नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, दीपाश्री निरौला र राज आचार्यको मुख्य भूमिका रहेको छ।[६][७] यो चलचित्र नेपालमा देशव्यापी रूपमा र अन्य देशहरुमा ५०० भन्दा बढी पर्दामा सार्वजनिक भएको थियो।[८][९]
छक्का पन्जा ४ | |
---|---|
निर्देशक | हेमराज बिसी |
लेखक | दीपकराज गिरी |
निर्माता | दीपेन्द्र खनियाँ केशव न्यौपाने केदार घिमिरे निर्मल शर्मा |
मुख्य कलाकार | दीपकराज गिरी बेनिशा हमाल केदार घिमिरे नीर शाह निर्मल शर्मा बुद्धि तामाङ दीपाश्री निरौला राज आचार्य प्रेम पाण्डे |
सम्पादन | निमेश श्रेष्ठ अङ्कित खान ठकुरी विपिन मल्ल |
वितरक कम्पनीहरू | आमा सरस्वती मुभिज आइएमई |
प्रदर्शन मिति | २०७९ फागुन १९ |
देश | नेपाल |
भाषा | नेपाली |
बक्स अफिस | १७.५३ करोड[१] |
कथावस्तु
सम्पादन गर्नुहोस्निर्भय सिंह (नीर शाह) हाल नेपालको सबैभन्दा प्रभावशाली राजनीतिक दलको प्रमुख हुन्छन् भने उनका छोरा डिक विजय (दीपकराज गिरी) आपराधिक गतिविधिमा संलग्न रहन्छन्। जब राजनीतिक चुनाव हुन गइरहेको हुन्छ, तब निर्भय पक्षाघात हुन्छ र डिक विजयले अध्यक्षको रूपमा नियन्त्रण लिन्छन्।[१०]
पात्रहरू
सम्पादन गर्नुहोस्- दीपकराज गिरी राजाको रूपमा
- बेनिशा हमाल
- केदार घिमिरे माग्ने बुढाको रूपमा
- नीर शाह
- बुद्धि तामाङ बुद्धिको रूपमा
- निर्मल शर्मा
- राज आचार्य
- दीपाश्री निरौला
- मलिना जोशी
- बेदना राई
- सुस्मा निरौला
- सविन बास्तोला
- लूनिभा तुलाधर
- प्रेम पाण्डे
चलचित्रको पहिलो गीत, दर्शन सलाम २०७९ माघ १६ मा, सार्वजनिक गरिएको थियो।[११] दोस्रो गीत, सिरुपाते जुङ्गामा २०७९ फागुन २ मा, सार्वजनिक गरिएको थियो।[७]
क्र.सं. | शीर्षक | सङ्गीत | गायक/गायिका(हरू) | लम्बाइ |
---|---|---|---|---|
१. | "दर्शन सलाम" | दीपक शर्मा | डेभिड शङ्कर, सहिमा श्रेष्ठ | ५:०१ |
२. | "सिरुपाते जुङ्गामा" | बाबुल गिरी | बाबुल गिरी | ४:५३ |
कुल लम्बाइ: | ९:५४ |
प्रतिक्रिया
सम्पादन गर्नुहोस्बक्स अफिस
सम्पादन गर्नुहोस्चलचित्रले पहिलो महिनामा १६.९ करोड भन्दा बढी सङ्कलन गरेको थियो।[१२] चलचित्र विकास बोर्डका अनुसार छक्का पन्जा ४ ले नेपालमा करिब १७.५३ करोडको कमाई गरेको थियो, जसले गर्दा यो वर्षको सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र बनेको थियो।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "National Movie Collection Report", चलचित्र विकास बोर्ड, २०२३-०७-२०, मूलबाट २०२३-०७-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२८।
- ↑ "Chhakka Panja 4", लेन्स नेपाल (नेपालीमा), अन्तिम पहुँच २२ असार २०८१।
- ↑ "मल्टिप्लेक्स हलमा '२.० छड्के' भन्दा 'छक्का पन्जा ४' लाई बढी शो", Setopati (नेपालीमा), २०२३-०२-२८, मूलबाट २०२३-०३-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२४।
- ↑ "चलचित्र 'छक्का पञ्जा ४' र 'छड्के २' आजबाट प्रदर्शनमा", Image Khabar (नेपालीमा), २०२३-०३-०३, मूलबाट २०२३-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२४।
- ↑ "'छक्का पन्जा ४' को कमाइ दुई दिनमा ३ करोड बढी", सेतोपाटी (नेपालीमा), २०२३-०३-१३, मूलबाट २०२३-०३-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२४।
- ↑ गिरी, कुवेर (२०२३-०३-०८), "'छक्का पन्जा ४' बेनिशाको करिअरका लागि टर्निङ प्वाइन्ट !", रातोपाटी (नेपालीमा), मूलबाट २०२३-०३-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२४।
- ↑ ७.० ७.१ "'छक्का पन्जा ४'को 'सिरूपाते जुँगामा' गीत सार्वजनिक", गोरखापत्र (नेपालीमा), २०२३-०३-०७, मूलबाट २०२३-०३-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२४।
- ↑ "विदेशका ५० भन्दा बढी पर्दामा रिलिज भयो 'छक्का पन्जा ४'", सेतोपाटी (नेपालीमा), २०२३-०३-०९, मूलबाट २०२३-०३-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२४।
- ↑ "'छक्का पन्जा-४' मध्यपूर्वमा पनि", कान्तिपुर (नेपालीमा), २०२३-०२-१९, मूलबाट २०२३-०३-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२४।
- ↑ "Chhakka Panja 4 (2023) Movie Review: Entertaining Political Comedy Drama | Deepak Raj Giri | Kedar Ghimire | Buddhi Tamang - The New Verse", thenewverse.com (अङ्ग्रेजीमा), २०२३-०३-०३, अन्तिम पहुँच २०२३-०५-१७।
- ↑ "टिजर समेटिएको 'छक्कापञ्जा ४' को गीत 'दर्शन सलाम' सार्वजनिक", अनलाइन खबर (नेपालीमा), २०२३-०१-३०, मूलबाट २०२३-०२-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२४।
- ↑ Dhakal, Renuka (२०२३-०४-१३), "Despite challenges, Nepali film industry records some progress", The Rising Nepal, मूलबाट २०२३-०४-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०४-२२।