तामाङ जाति

तिब्बती जाती
(तामाङ बाट पठाईएको)

तामाङ जाति , नेपालको मध्यपहाडी क्षेत्रमा बिगत सदियौ शतााब्दी देखी नै बसोवास गर्ने मुुलवासी समुदाय हो । नेपालमा तामाङ जातिको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८% रहेको पाइन्छ ।

तामाङ
जम्मा जनसङ्ख्या
१,५३९,८३०
 नेपाल
भाषाहरू
तामाङ
धर्मावलम्बी
95% Dharma wheel.svg बौद्ध धर्म
5% अन्य धर्म
एक तामाङ महिला
बौद्ध धर्म मान्ने तामाङ जाती

इतिहाससम्पादन

 
नेपालको कुनै ठाउँमा रहेको तामाङ जातिको बसोबास स्थल

बसोबास तथा नामकरणसम्पादन

'तामाङ' जाति नाम (Ethno-name) शब्द हो । Ethnicity अर्थात जाति भन्ने UN को ILO 169 अनुसार कुनै पनि देशमा आदिम काल देखि बस्दै आइरहेका मुल जाति वा आफ्नै छुट्टै पहिचान भएका राष्ट्रलाई बुजाउदछ । तेसैले तामाङ जाति एक छुट्टै भाषा, धर्म, लिपि र संस्कृति भएका नेपालका एक प्रमुख जाति वा राष्ट्र हो । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरूपमा महायानी बौद्ध धर्म अन्तरति निङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरू प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौं सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार हुनु भन्द अगाडि नै तामाङहरूले बौद्ध धर्म अपनाइसकेका थिए । तामाङ जाति मुलरूपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्यान्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन ।

तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी-तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । तामाङ समाजमा निकै प्रचलित शब्द छ 'ताम्बा' । ताम अर्थात 'भाषा' वा 'कुरा' हुन्छ र '-बा'को अर्थ 'व्यक्ति/कर्ता' हुन्छ तसर्थ 'ताम्-बा'को शाब्दिक अर्थ 'भाषा प्रारम्भ गर्ने व्यक्ति पनि भन्ने अर्थ हुन्छ । तामाङ समाजमा ताम्बाको ठूलो महत्त्व र अहम भूमिका रहेको हुन्छ ।

नामकरणसम्पादन

थर र उपथरसम्पादन

१. दोङ २. गाङ्दन ३. गोले ४. बल ५. तितुङ ६. योञ्जन ७. बोम्जन ८. डुमजन ९. लोप्चन १०. मिक्चन ११. घिसिङ १२. लो १३. घ्लान १४. ग्याबाक/ग्याबा १५. ङेसुर १६. मोक्तान १७. स्याङतान १८. पाख्रिन १९. स्याङबो २०. थोकर २१. वाइवा २२. जिम्बा २३. रुम्बा २४. गोङबा २५. थिङ २६. तोइसाङ २७. ग्रोप २८. लुङवा २९. वाइवा ३०. ब्लोन ३१. च्यावा ३२. जेङदेन ३३. स्योङ ३४. लामाखोर ३५. बज्यू ३६. गोल्देन ३७. बल्देन ३८. दाम्देन ३९. होप्तेन ४०. विम्देन ४१. चोदङ ४२. दार्जो ४३. तुप्पा ४४. दारताङ ४५. काइतान ४६. ङेके ४७. काल्देन ४८. वोडगन ४९. नेरणेन ५०. झ्यूमी ५१. ङारदेन ५२. मारपा ५३. ब्लेन्देन ५४. ल्याङसेन ५५. कारदेन ५६. माम्बा ५७. डिम्डुङ ५८. गोम्बो ५९. गोम्जा ६०. ग्यान ६१. च्याङग्री ६२. छेमेन ६३. लोबा ६४. ग्येके ६५. ग्युजो ६६. ङयाङजो ६७. लोकर ६९. गेरम्बा ७०. च्याबा ७१. छेलेङार्तेन ७२. नाम्राङ ७३. पाजुन्देन ७४. गिङथन ७५. गाम्देन/गोम्देन ७६. दुर्पा ७७. कर्मावा ७८. ममेखोर ७९. म्लेन्देन ८०. क्युङवा ८१. दाम्राङ ८२. कार्ते ८३. गेमसिङ ८४. बालतोङ ८५. छेपेङकर

सांस्कृतिक धार्मिकसम्पादन

आफ्नै प्रकारको विशिष्ट पुख्यौली एवं सामाजिक संस्कार बोकेर, मानेर हिडेका तामाङ जातिको सामाजिक संस्कार एवं व्यवहारहरूलाई तल उल्लेख गरिएको छ ।

जन्म संस्कारसम्पादन

क. छेवारसम्पादन

तामाङ जातिको जन्मसंस्कारमा सबैभन्दा महत्त्वपूर्ण संस्कार छेवार हो । छोराहरूको मात्र छेवार गरिन्छ । छेवार ३ देखी ७ वर्षसम्म गरिन्छ । छेवरलाई मामामुखी संस्कार पनि भनिन्छ । मामाको अनुपस्थितिमा छेवार गर्न सकिंदैन र छेवार नभए अरू कर्म गर्न सकिंदैन । मामा नहुनेले नजिकको मामालाई मामा मानेर काम चलाइन्छ । मामाको हातबाट शुभसाइत वा लगन ठहर्याइ विशेष गरेर मामाको निर्देशन र सरसल्लाह अनुसार यो कार्य गरिन्छ । मामाको हातबाट केश मुण्डन गर्ने, वस्त्र दिने, टीका लगाउने र दक्षिणा दिने यो कार्यमा मामा, बाजे, बज्यै र मामाका सन्तानलाई सगुन लिएर मान्न जाने, निर्देशन लिने र विशेष सम्मान गरिन्छ । विशेष सम्मानका साथ खसी, राँगा, भैँसी, कुखुरा, रक्सी, रोटी लिएर सुगनसूत गर्ने र छेवरको दिन पन्चे बाजा तथा सेलो र डम्फू लिएर मामाहरूलाई स्वागत गरेर ल्याइन्छ र आसनमा बसालेर विधिपूर्वक मान्यमर्यादामा सम्मान गरिन्छ । साथै कार्य सकिए पछि भोज, नाचगान, भेला गराइन्छ र विदा हुने बेलामा मामाले भान्जालाई आर्शिवाद दिने र गच्छे अनुसार उपहार दिएर मामालाई विदा गरिन्छ । काटेको कपाल १५ दिनपछि लामाको हातले बुद्ध धर्मको शरणमा जाओस भन्दै कपालको ठुटो काटिन्छ । यस कार्यलाई भने “टाप्चे” भनिन्छ ।

ख. जन्म संस्कार वा थ्याप्साङसम्पादन

गर्भधारणदेखि विवाह हुन अघिसम्म गरिने सबै संस्कारहरूलाई जन्मसंस्कार अन्तरगत समावेश गर्न सकिन्छ । तामाङ जातिमा निम्न संस्कारहरु गरेको पाइन्छ ।

  1. न्वारन - लामाद्वारा जन्मेको ७ दिनदेखि १३ दिनसम्म,
  2. अन्नप्रशान - जन्मेको ६ महिनादेखि ९ महिनासम्म ,
  3. छेवर - जन्मेको ३ वर्षदेखि ९ वर्षसम्म,
  4. गुफा बस्ने - विद्याकर्म ।
  5. थ्याप्साङ - तामाङहरूको जन्म संस्कारलाई “थ्याप्साङ” भनिन्छ ।
  6. बुढो अन्नप्राशन - वृद्ध भएर दाँत झरेर फेरी उम्रेमा गर्ने अन्न प्राशन ।

विवाह संस्कारसम्पादन

मंगोलियन समुदायका बौद्ध धर्मावलम्बी तथा विभिन्न थर तथा उपथरमा विभाजित तामाङहरूको विवाहपद्धतिलाई हेर्दा मागी, चोरी, प्रेम, जारी तथा विधुवा विवाह गर्ने गर्दछन् । यो जातिमा मामाचेला, फुपुचेला विवाह गर्ने प्रचलन व्यापक रूपमा पाइन्छ ।

मृत्युसंस्कारसम्पादन

तामाङ जातिमा अन्य जातिमा जस्तै मृत्यु संस्कारलाई महत्त्वपुर्ण संस्कारको रूपमा लिएको पाइन्छ । यिनीहरु बौद्ध धर्मावलम्वी भएका हुनाले यिनीहरु पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्दछन् । मृत्यु पश्चात् आत्मालाई मोक्ष दिन बौद्ध धर्म ग्रन्थ अनुसार लामाको विधिले मृत्यु संस्कार कार्य सम्पन्न गरिन्छ । तामाङ जातिमा मृत्यु संस्कार भित्र पर्ने विधिहरूलाई यहाँ राखिएको छ ।

क. शव उठाउने र शवयात्रासम्पादन

व्यक्तिको मृत्युपछि आफन्तले कुङताङमा गच्छे अनुसार भएमा १०० बत्तिभन्दा बढी म्हाँरमेन बत्ति बाल्ने गरिन्छ । बौद्ध परम्परा अनुसार लामाहरूलाई खबर गरी फोवा गर्ने, धुपी आदि र अगरबत्तीको धुपबध्वार गर्ने गरिन्छ ।

ख्. दाह संस्कारसम्पादन

तामाङ जातिमा शव यात्रा पछिको मृत्यु संस्कारमा दाहसंस्कारको क्रम आउँछ ।

ग. पंचशीलको पालनासम्पादन

तामाङ जाती बौद्ध धर्मको महायान सम्प्रादायका हुन । महायानी बुद्ध धर्म अनुसार आफन्तको मृत्यु भएको ४९ औँ दिनसम्म पंचशीलको पालना गर्नु पर्दछ । हिन्दु समुदायको जस्तो कपाल खौरिने, नुन बार्ने, सेतो लुगा लगाउने आदि गर्नु पर्दैन ।

घ. उनन्चास (४९) जुठो फुकाउने तथा घेवासम्पादन

तामाङहरूको अन्तिम संस्कार (समग्रमा) उनन्चास गर्ने , जुठो फुकाउने आदि सबै कार्यलाई घेवा भनिन्छ । तामाङ जातिमा मृत्युसंस्कार हुने क्रिया तथा घेवा ३ किसिमको पाइन्छ :

  • एक दिने घेवा--लामाको विधि अनुसार पहिलो दिनको घेवाको नाम एक दिने घेवा वा एक विहाने घेवा भनिन्छ । तर यो पनि गर्न दिनभरी लाग्दछ ।
  • एकराते घेवा--लामाकै विधि विधान अनुसार दोश्रो एक राते घेवा बिहान शुरु भएर दिनभरदेखि रातभर गरेर त्यसको भोलिपल्टको विहान सकिन्छ । जसको सन्तान छैन त्यस्ताले जीवित अवस्थामा आफैले पनि यस किसिमको घेवा गर्दछन् ।
  • रंगे घेवा-- यो घेवालाई तेस्रो घेवा मानिन्छ । तामाङहरूले मृतकको नाममा चैत्य तथा माने बनाउने गर्दछन् । यसलाई हिकी तथा माने पनि भनिन्छ । यसमा ཨོཾ་ མཎི་ པདྨེ་ ཧུྃ་ भन्ने मन्त्र अंकित हुन्छ । कसै कसैले जीवित हुँदै चैत्य बनाउने गर्दछन् ।

बसोबाससम्पादन

नेपालको राजधानी काठमाण्डौ उपत्यकाका आसपासका केहि जिल्ला ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ्ग,नुवाकोट र यससँग सिमाना जोडिएका दोलखा, रामेछाप, मकवानपुर, धनकुटा लगायत केहि अन्य ठाउँहरूमा तामाङहरूको बस्ती रहेको छ । यी जिल्लामा तामाङ जातिको बसोबास आवादी वहुसंख्यक रूपमा रहेको छ।

 
एक तामाङ महिला

भेषभूषा तथा गरगहनासम्पादन

बौद्ध धर्म अध्ययन गर्ने लामाहरु पहेंलो र रातो बस्त्र चिवर धारण गर्दछन् । बौद्ध धर्मावलम्बी अनुयायीहरू अथवा उपासाक उपासिकाले चही तामाङको मौलिक पोशाकहरू लगाउने गरिन्छ भने अन्य पोशाकलाई पनि अत्यन्तै आस्था र महत्त्व दिन्छन्।

द्रष्टव्य - चिवर (बौद्ध भिक्षुहरूले लगाउने वस्त्र)

चाडपर्वहरुसम्पादन

तामाङ जाति बौद्ध धर्मावलम्बी भएकोले बुद्ध धर्म सङ्ग सम्बन्धित महोत्सव/ पर्व र बौद्ध धर्मको चार महोत्सवलाई धेरै मान्यता दिने गरिन्छ। बुद्धका लिला सङ्ग आधारित पर्व / महापर्व मनाउदैं आएका छ्न्।

लोसारसम्पादन

सिंगुन खास्योर ङ्या (तेमाल जात्रा)सम्पादन

गोने ङ्यासम्पादन

दुगु ङ्या (बुद्ध जयन्तु)सम्पादन

सोकराती ङ्यासम्पादन

बोइतापा ङ्यासम्पादन

लोक बाजाहरूसम्पादन

 
तामाङ जातिको लोक बाजा

तामाङ जातिले डम्फू, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ्, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन्।[१]

सन्दर्भ सामग्रीसम्पादन

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 

यो पनि हेर्नुहोससम्पादन