राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् । यिनिहरू प्राय जसो बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने गर्दछन् । विशेष गरेर राउटे जातिले लठ्ठी-लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गरेको देखिन्छ । [२]

राउटे
राउटे जातिका मुखिया काठमाडौँमा
जम्मा जनसङ्ख्या
६१८ (वि.सं २०६८)[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
नेपाल
भाषाहरू
खस, नेपाली
धर्महरू
हिन्दु

यिनीहरूको खास क्षेत्र कर्णाली, महाकाली, सेती, भेरी र राप्ती अञ्चलका पहाडी जंगल, भीर र ओढार हुन् । यिनीहरू मुख्यरूपले मध्य–पश्चिमको सल्यान तथा आसपासका सुर्खेत,दाङ्ग,जाजरकोट र दैलेख जिल्लामा जंगली क्षेत्रमा विचरण गर्दछन । [३]

यिनीहरूको अधिकारिक संख्या ज्ञात हुन सकेको छैन तर जम्माजम्मि ६५० राउटेहरू कर्णाली र महाकालीको जलाधार क्षेत्रमा बसोबास गर्ने गरेको अनुमान गरिन्छ । मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा मात्रै १२८ देखि १३५ जनासम्म राउटेहरू भेटिएका छन् ।

फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्दै गर्छन । जंगलमा पुगी काठका कोषी मदुस बनाईत्यसलाई गाँउमा गएर अन्न पातसँग साटेर जिविका धान्ने गर्छन् । दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजीकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो । आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू वासको प्रबन्ध गर्छन् । वनको हरियो स्याउला र घोचाहरूद्वारा गोलाकार र अण्डाकार छाप्रो वरिपरि बनाएर बीचमा केटाकेटी खोल्ने र आइमाइले धान कुट्ने, निफन्ने आदि सम्म परेको ठाउँ राख्छन् । छाप्रो बनाउने कार्य महिलाले गर्छन् ।

कर तिरो तिरेर खेतीपाती गरेर, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई अपराध सम्झन्छन् । बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन् । सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन् । सर्ट, पेन्ट लगाएको मानिस भेट भए शिकार पर्दैन भन्ने यिनीहरूको विश्वास छ । शिकार नपर्नुलाई ईश्वर रिसाएको ठान्छन् ।

धेरैलाई जिज्ञासा हुन सक्छ किन राउटे एकै ठाउँमा घर बनाएर बस्दैनन् ? यसको मुलत: दुई कारण छन| १ - बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन रहेछ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्नुपर्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँ बस्न नसक्ने रहेछन् । मान्छे मर्नेबित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिँड्छन् । नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र अब नयाँ ठाउँमा आइपुगियो, मर्ने मरिहाल्यो । अब केही हुँदैन भनेर सम्झाइन्छ,अनि त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छ । राउटे बास सरेपछि अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट गर्दैनन् । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठान्छन् । रात पर्‍यो भने भगवान्ले यहीं बस भनेको छ जस्तो लाग्छ,त्यसपछि सबै जनाले रूखका हाँगाहरू काटेर छाप्रा बनाई अर्को सदस्य नमर्दासम्म अब यहाँ केही नहोस् भन्ने कामना गर्दै बस्छन|बसाई सर्दा प्रायःजसो एकपटक मानिस मरेको ठाउँमा फेरि जाँदैनन् ।

२-लामो समयसम्म कसैको मृत्यु नभए पनि त्यस ठाउँमा अन्य मानिसको चहलपहल धेरै बढ्यो र असुरक्षा महसुस भयो भने पनि उनीहरू बास सर्छन् । कतिपय ठाउँमा गाउँका मान्छे आएर वन मासिदिए भने मानिस नमर्दै पनि बास सर्नुपर्ने हुन्छ । ३- नेपालको जनगणना २०६८ अनुसार राउटे जाति कुल ६१८ जना रहेको छन् ।

पुरुषले टोपी,फेटा, लंगौटी,कछाड, खाडि, गादो र महिलाहरूले चोली,फरिया,गादोका साथै फलामपित्तलका गहना पनि लगाउँछन । मस्टो र भुयार कुलदेवताको पूजा गर्दछन् । हिन्दु धर्म मान्दछन् । आफूलाई खान जस्तै कठिनाई भए पनि 'भूयार' र 'दारे मष्टा'को पूजा अनिवार्य रूपमा गर्छन् । सूर्यलाई मुख्य देवता माने पनि पूजा गर्दैनन । मुख्यगरी चाडपर्व माघीदशैँ मान्दछन । [३] विवाह गर्दा आफ्ना बथानका सबैलाई सुँगुरको पाठो र पाएसम्म खसीसमेत ख्वाउँछन । खसी-बोका जिउँदो पोलेर खान्छन् । बालक जन्मदा १२ दिनमा न्वारन गर्छन । मानिस मरेमा खाल्डो खनेर पुर्छन । मानिस मरेकै दिन गाड्छन । गाड्दा बाँदर मार्ने जालले लासलाई बेरेर गाड्छन । श्राद्ध, बरखी केही बार्दैनन । मानिस मरेमा तुरून्त ठाउँ सर्छन । मरेको मान्छेलाई उनीहरू किन नजलाएर गाड्छन् ? यसको पनि पीडादायक कारण रहेछ । जीवनभर राम्रो घरबास नपाएकामा राउटेलाई पनि चिन्ता रहेछ । यस जुनीमा राम्रा घरमा बस्न नपाए पनि अर्को जुनीमा राम्रो घर पाओस् भनेर गाड्ने गरिएको हो भन्ने उनीहरूको भनाई छ|

खानपिन, अव्यवस्थित बसाइ र औषधि उपचारको अभावले गर्दा सरदर महिनामा एक जनाको मृत्यु हुने गरेको शाहीले बताए । यही कारण राउटेको संख्या वर्षौंदेखि १ सय ५० कै हाराहारीमा छ । संख्या बढ्न नसक्नुको कारण असामयिक निधन भएको उनले बताए । नयाँ ठाउँमा पनि कसैको मृत्यु भए फेरि अर्को ठाउँ खोज्ने क्रममा प्रायः राउटेहरू दाङ, सल्यान, सुर्खेत, कैलाली, दैलेख, जाजरकोट, कालिकोटजस्ता जिल्लामा पुग्ने गर्छन् ।

यिनीहरूको छेटै भाषाको लिपी नभएको अनुमान गरिएतापनि योगी नरहरीनाथका अनुसार यिनीहरू काठको पेटीमा आफ्नै लिपीमा आफ्ना पूर्वजले लेखेको वंशावली र पुस्तकहरू पढद्छन । राउटेहरूलाई आधुनिक युग तिर मोडिएको पनि देखिएको छ । अहिले सम्म आदीवासीको रूपमा देखिदै आएको यो समुदाय वन विनास गर्नुको साटो वनको चौकिदार सम्म पनि रहेको देखिन्छ । साथै राउटेहरू आम नागरीकहरूको भेला र कार्यक्रममा पनि भेला हुने गर्दछन् । [४]

सामाजिक वर्गिकरण

सम्पादन गर्नुहोस्

राउटे समुदायमा मुख्य मान्छेलाइ मानबहादुर भनिन्छ । महत्त्वपूर्ण निर्णय मुखियाले गर्दछन यो निर्णय सवैले मान्दछन । यिनीहरूका हाल प्रचलित थरहरू चाहिँ 'कल्याल', 'रास्कोटी', 'सत्याल' आदि हुन् । 'राउत' र 'साउद'जस्ता थर पनि यसै जनजाति अन्तर्गतका हुन् कि भन्ने अनुमान गरिन्छ । जिल्ला प्रशासन कार्यालय सल्यानको तथ्यांक अनुसार राउटेहरू राजकोटीशाही, हमालशाही, कल्याल शाही तीनओटा जात र वंशमा विभाजित छन् । [३]

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

आठपहरिया जाति

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्