टुङ्ना
टुङ्ना काठ र बाँसबाट बनेको हातले बजाउने एक नेपाली तारवाद्य लोकबाजा हो।
टुङ्ना बनाउने काठ चाहिं गुराँसको बढी प्रयोग हुन्छ । यो सुरबाजा हो । यो नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा र तामाङ जातिमा बढी लोकप्रिय छ। यो बाजा झण्डै डेढदेखि दुई हातसम्म लामो हुन्छ । यसको शिर भागमा शार्दूलका टाउकाको आकृति कुँदिएको हुन्छ । टुङ्नामा चारदेखि छ वटा तार जडिएका हुन्छन् । यो बाजा काँधमा भिरेर दाहिने हातले नख्खी र देब्रे हातले तार थिचेर बजाइन्छ।[१]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ खोजी लोकबाजाको वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२७ मिति