मन्त्र शव्दहरूको यस्तो संयोजन हो जसको उच्चारणबाट कुनै कार्य सिद्ध हुने या परिवर्तन हुने कुरामा विश्वास गरिन्छ (जस्तै अध्यात्मिक सिद्धी)।[१] विषयमा तान्त्रिक रूपले काम गर्नकालागि उच्चारण गरिने सिद्ध वाक्य वा वाक्यांशलाई मन्त्र भनिन्छ। जस्तै पिनास फुक्ने मन्त्र, सर्पको बिष झार्ने मन्त्र आदि।

परिचय सम्पादन गर्नुहोस्

मन्त्रको आफैमा पूर्ण तथा स्वतन्त्र सत्ता छ । जीवनका पार्थिव अपार्थिव, चेतन अचेतन, निष्क्रिय तथा सक्रिय जिवनमा मंत्रको सर्वोपरी महत्त्व छ । विना मन्त्र जिवनको अस्तित्व नै सम्भव छैन । वेदमा मन्त्रलाई सर्वोच्च सत्ता एवं ब्रह्मका समान मानिएको छ । हाम्रो जिवनमा कुनै पनि घटित भइरहेको हुन्छ त्यसको मूलमा मन्त्रको सत्ता विद्यमान रहेको हुन्छ । हामीहरू मन्त्रको अस्तित्वलाई स्विकार गरौं या नगरौं, अथवा मन्त्रको महत्त्व बुझौं या नबुझौं तर यो निश्चित हो कि विना मन्त्र हाम्रो जिवनको कुनै अस्तित्व छैन ।[२] मानवले कुनै पनि बोल्छ भने त्यो एक शब्द हो र त्यसको सम्बन्ध अर्थसँग हुन्छ भने त्यो कल्याणमय बन्न जान्छ । जसको मूलमा अर्थ विद्यमान रहँदैन ति शब्द निरर्थक हुन्छन् । कालिदासले 'वागर्थाविव' भनेर यसै कथनको पुष्टि गरेका छन्, परन्तु जसको मूलमा अर्थ छ ति शब्द नै सार्थक हुन् किनकी शब्दलाई ब्रह्म भनिएको छ तसर्थ सबै शब्दहरू ब्रह्ममय छन् । हामी संसारीहरू जुन शब्दको अर्थ राम्ररी बुझ्दछौं त्यस्ता शब्दलाई सार्थक भन्छौं तर जुन शब्दहरूलाई हामी बुझ्न सक्दैनौ त्यस्ता शब्दहरू नै धेरै ठुलो उचाईंमा हुन्छन् । अथवा त्यस्ता शब्दहरू नै उच्च कोटीका हुन् । हाम्रो बुद्धी ति शब्दहरूको मूलसम्म पुग्न सक्दैन त्यसैले हामी आफ्नो अहंमा वसिभुत भएर ति शब्दलाई निष्क्रिय भनेर छोडी दिन्छौं ।[२] कति पय ठाउँमा उच्च कोटीका साधकहरूको ध्यान टुटेको बेलामा उनको मुखबाट धेरै यस्ता शब्द निस्कन्छन् जसको आपसमा कुनै पनि सम्बन्ध अथवा तारतम्य रहन्न । त्यो देखेर हामीहरू अचम्म मान्दै साधकको मुखमा हेर्न थाल्छौं र साधुले केही भने होलान् भन्ने कुराले आफ्नो मनलाई सम्झाएर शान्त हुन्छौं तर ति शब्दहरू आफैमा अत्यन्त महत्त्वपूर्ण हुन्छन् । किनकी यिनको धराताल यती अग्लो हुन्छकि हामी सामान्य मान्छे त्यो उचाइँमा पुग्न सक्दैनौं । वास्तवमा मान्छेको मुखबाट कुनै पनि शब्द निस्किन्छ । त्यो 'मन्त्रमय' हुन्छ । जुन शब्दको अर्थ बुझ्न सकिन्छ उनलाई बातचितको संज्ञा दिइन्छ भने जो शब्द त्यतिकै मुखबाट निस्कन्छ, जुन शब्दको अर्थ हामीहरूलाई थाह छैन त्यो शब्दलाई व्यर्थको शब्द मान्न थाल्दछौं । वास्तवमा कुरा के हो भने जुन शब्दको अर्थ बुझ्न सकिन्छ त्यो लौकिक शब्द अथवा सामान्य शब्द हो भने जसको अर्थ बुझ्न सकिन्न त्यस्ता शब्द नै आफ्नो महत्त्व राख्दछन् । यस प्रकारले निश्चित लय र शब्दहरूबाट बाँधिएको समूहलाई नै मन्त्र भनिन्छ ।[२] जब मान्छे एक अर्कासँग कुरा गर्छन् त्यो मन्त्र नै हो, किनकी एक निश्चित लय र सिमाले बाँधिएका शब्द समूहको प्रभाव अर्को मान्छेको मनमा अवश्य पर्दछ किनकि उसले ति शब्दहरूको मूल र अर्थको बारेमा बुझेको हुन्छ । उदाहरणको लागि कुनै सम्मपन्न व्याक्तिको ढोकामा एक भिखारी गएर 'म भोकै छु' भन्छ भने यो वाक्य मन्त्रमय छ किनकी यो शब्दको प्रभाव गृह स्वामीको चित्तमा पर्दछ । [२]

मन्त्रको प्रभाव सम्पादन गर्नुहोस्

एकजना मान्छे बाटोमा हिंडिरहेको छ र एक भिखारीले त्यो मान्छेसँग याचना गर्छ भने त्यो मान्छेले भिखारी तर्फ हेर्दै नहेरेर अगाडि बढ्छ केही पर गएपछि अर्को भिखारीले पहिलेको भिखारीले भनेको शब्द प्रयोग गर्दै त्यो बाटो हिंड्ने मान्छेसँग केही माग्छ भने त्यो मान्छे द्रवित भएर त्यो भिखारीलाई केही न केही दिएर जान्छ । यसमा दुईटै भिखारीहरूले एउटै शब्दको प्रयोग गरेका थिए तर पहिलो भिखारीले सामान्य तरिकाले आफ्नो कुरा भनेको थियो, अर्को भिखारीले त्यही शब्दलाई विशेष लयसँग उच्चारण गर्यो त्यसको प्रभाव त्यो व्याक्तीमा गहिराईंसँग पर्यो । भनाईको तात्पर्य यो होकी मन्त्रको प्रभावमा ध्वनी र लयको विशेष महत्त्व हुन्छ । जसको मूलमा निश्चित लय अथवा ध्वनी हुँदैन त्यो मन्त्र निरर्थक हुन्छ ।[२] यस प्रकारले ति शब्दहरू निरर्थक हुन्छन् जसको मूलमा अर्थ भए पनि ति शब्दहरू विशेष लयसँग उच्चारण गरिएन भने उनको प्रभाव सर्वथा नगण्य हुन्छ । जस्तै:- एक कवि सम्मेलनमा कुनै हास्यरसको कवि मञ्चमा उँभिएर एक विशेष लयसँग आफ्नो हास्य कविता सुनाउँछ भने टाढा बसेका श्रोताहरू पनि हाँस्न थाल्छन् । त्यही कवितालाई कुनै अन्य पाठकले त्यसै मञ्चमा उभिएर वाचन गर्छ भने एक स्रोता पनि हाँस्दैन । यसमा स्थान र शब्द उही हो तर एक व्यक्ति ति शब्दहरूलाई एक विशेष लयसँग पढ्छ भने त्यसको प्रभाव टाढा बसेका श्रोताहरूको चित्तमा पर्छ । तर उनै शब्दलाई लयको विना पढियो भने यसको प्रभाव बिल्कुल पनि पर्दैन ।[२] यसबाट प्रष्ट हुन्छ कि शब्द या उसको अर्थले मन्त्र शास्त्रको दृष्टिसँग विशेष महत्त्व राख्दैन, एक विशेष लय तथा ध्वनीले महत्त्वपूर्ण प्रभाव राख्दछ । कविले जुन शब्दको प्रयोग गरेका थिए ति शब्द एक अर्कासँग जोडिएकाले अर्थमय अवश्य थिए । तर, कविसँग कविता वाचन गर्ने एक विशेष ढङ्ग या लय महत्त्वपूर्ण थियो जसको प्रभाव श्रोताहरूमा पर्यो र उनीहरू टाढा बसेर पनि हाँस्न थाले । मन्त्रको मूल लय नै हो । जो साधक एक निश्चित लयको साथमा मन्त्रको उच्चारण गर्छ त्यो निश्चय नै सफलता प्राप्त गर्छ । तर, यदी सोझो रूपले त्यो मन्त्रको पठन गरियो भने त्यो प्रभावशाली हुँदैन किनभने त्यो शब्द अथवा वाक्यसँग लयको संयोग छैन ।[२]

मन्त्रमा गुरुको महत्त्व सम्पादन गर्नुहोस्

शब्दहरूको शक्ती आफैमा निकै महत्त्वपूर्ण मानिएको छ । विज्ञानका अनुसार हामी जुन शब्द उच्चारण गर्छौं त्यसको ध्वनी पुरा ब्रह्माण्डमा फैलिन्छ र युगौंसम्म अक्षुण्ण बनिरहन्छ । उदाहरणको लागि रेडियोमा कुनै पनि भाषण अथवा संगित सुनिन्छ त्यो ध्वनी हजारौं कोष टाढाबाट उच्चारित हुन्छ । तर, हामीसँग रेडियोको रूपमा यस्तो साधन विद्यमान छ जसबाट हामी त्यो ध्वनीलाई सुन्न सक्छौं त्यसपछि हामी हजारौं कोष टाढा बसेर बोल्ने त्यो व्याक्तिको आवाज सुन्न समर्थ हुन्छौं । अतः शब्दको सिमा अपार छ । नजिकै बसेको व्यक्तिमा मात्र शब्दको प्रभाव पर्छ भन्ने छैन । हजारौं कोष टाढा बसेको व्यक्तिको चित्तमा पनि हामी यि शब्दद्वारा एक निश्चित प्रभाव पार्नमा समर्थ हुन सक्छौं[२] । उदाहरणको लागि यदी कुनै हास्य रसको कवि हजारौं कोष टाढा बसेर कविता सुनाइरहेको छ भने हामीले रेडियो मार्फत त्यो कविता सुन्यौं भने पनि हामीलाई हाँसो उठ्न थाल्छ किनकी त्यो ध्वनीको प्रभाव हाम्रो चित्तमा पर्छ । फलस्वरुप त्यो शब्दले हामीमा जुन प्रभाव पर्नु थियो पर्छ त्यसैले हामी हाँस्न थाल्छौं । यसै प्रकार करुण रसको कविता सुनेर हाम्रो मन रुन्छ, वीर रसको कविता सुनेर हामी रोमाञ्चित हुन्छौं । वीभत्स रसको कविता सुनेर हामी घोर घृणा गर्न थाल्छौं । जसबाट उसको प्रभाव निश्चित एवं स्थाइ रूपमा पर्न सकोस् त्यो शब्दको मुख्य ध्वनी के हो भन्ने थाह पाउनको लागि गुरूको आवस्यकता पर्दछ किनभने गुरूले नै उच्चारण गरेर त्यो शब्दको मूल ध्वनीलाई बुझाउन सक्छन् । हामीलाई मूल ध्वनीको ज्ञान भएपछि हामी त्यही लयसँग शब्दको उच्चारण गरेर निश्चित प्रभाव पार्नमा सक्षम हुन सक्छौं । गुरु त्यसलाई भनिन्छ जसलाई त्यो क्षेत्रको विशेष ज्ञान हुन्छ । अतः जो मन्त्रको व्याख्या, उपयोग, क्रिया, अर्थ र ध्वनी बुझाउन सक्छ त्यसैलाई गुरु भन्न सकिन्छ । [२] कतिपए मान्छेहरूको मुखबाट कलियुगमा मन्त्रहरू निरर्थक भइ सके, मन्त्रको कुनै प्रभाव पर्दैन, ग्रन्थहरूमा बताइए अनुसार गरे पनि जो हुनु पर्छ त्यो हुन्न भन्ने कुरा पनि सुनिन्छ । यसले गर्दा मन्त्रबाट मान्छेको आस्था हट्छ र उनीहरू मन्त्र आफैमा व्यर्थ हो भन्नेमा पुग्छन् । तर, यसको कारण अर्कै छ । मन्त्र या शब्द अथवा उसको अर्थ आफैमा अधिक महत्त्व राख्दैनन् । मन्त्रको ध्वनीले विशेष महत्त्व राख्दछ । मन्त्रमा जो चेतना मानिएको छ त्यो ध्वनी हो । यो ध्वनी कुनै पनि ग्रन्थको निर्जिव पृष्ठहरूले भन्न सक्दैनन् । यसको लागि गुरूको उपस्थिती अनिवार्य छ किनभने उनैले मन्त्र र उसको मूल ध्वनी उच्चारण गरेर सिकाउन सक्छन् । अतः जबसम्म मन्त्रको ध्वनीको ज्ञान हामीमा हुँदैन तबसम्म मन्त्र तथा मन्त्र जप निर्थक हुन्छ । [२] मन्त्रको सत्ता आफैमा सर्वोपरी छ । यसको प्रभाव निश्चित तथा स्थाई हुन्छ । तर, हाम्रो वर्तमान पिंढीले मन्त्रको महत्त्वलाई अस्विकार गर्न लागेका छन् । मन्त्रको उपयोगताबाट हामी टाढिदै छौं । हामीले राम्रो गुरु खोजेर उनिबाट मन्त्रको मूल ध्वनी प्राप्त गर्नु पर्छ भन्ने धैर्यता पनि हामीमा छैन ।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. मन्त्र के हो?
  2. २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० हिन्दी किताब मन्त्र रहस्य लेखक डा. नारायण दत्त श्रीमाली

बाह्य कडीहरू सम्पादन गर्नुहोस्