ध्वाँसे चितुवा
ध्वाँसे चितुवा (Neofelis nebulosa) नेपालमा पाइने एक प्रकारको जनावर हो । यो बिरालो जातिको जनावर हो जुन हिमालय तलहटीदेखि मुख्यभूमि दक्षिणी-पूर्वी एसिया अनि चीन सम्म पाईन्छ। यसलाई IUCN ले सन् २००८ मा "कमजोर" (Vulnerable) स्थितिमा वर्गीकृत गरेको छ। यसको कुल जनसङ्ख्याको आकार करिब १०,००० भन्दा कम परिपक्व जीवको आशंका गरिएको छ, जसको जनसङ्ख्या प्रवृत्ति घट्दो अवस्थामा रहेको छ र कुनै पनि एकल जनसङ्ख्यामा १००० भन्दा बढी वयस्क नरहेको भनिएको छ।
ध्वाँसे चितुवा | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
प्रजाति: | N. nebulosa
|
वैज्ञानिक नाम | |
Neofelis nebulosa (Griffith, 1821) | |
ध्वाँसे चितुवा पाइने क्षेत्र | |
पर्याय | |
Felis macrocelis |
ध्वाँसे चितुवालाई ठुलो बिरालो र सानो बिरालो वर्ग बीचको विकासवादी जडानको रूपमा लिइएको छ।
सुमात्रा र वोर्नियोमा पाईने सुन्दा ध्वाँसे चितुवा (Neofelis diardi) आनुवंशिक तहरमा मुख्यभूमि-एसियाली ध्वाँसे चितुवा भन्दा भिन्न छन् र यसलाई सन् २००६ देखि छुट्टै प्रजातिको जीव मानिएको छ।
यी दुवै Neofelis वंशका प्रजातिहरू ठुलो बिरलोहरु मध्येको सबैभन्दा सानो र सामान्य चितुवासँग खासै निकटको सम्बन्ध रहेको हुँदैन।
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Sanderson, J., Khan, J.A., Grassman, L., Mallon, D.P. (२००८), "Neofelis nebulosa", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ।