प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०६७ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ असोज पहिलो सम्पादन गर्नुहोस्

रेसलमेनिया अमेरिकाको स्ट्याम्फोर्डस्थित व्यावसायिक कुस्ती आयोजन हो, जुन मध्य मार्च देखि मध्य अप्रिलको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८५ मा आयोजना गरेको थियो। सन् २०२० सम्म यस कार्यक्रमको ३६ वटा संस्करणको आयोजन भइसकेको छ। यस कार्यक्रमको सबैभन्दा हालसालैको संस्करण फ्लोरिडाको ओर्लान्डोमा सन् २०२० मार्च २५-२६ मा आयोजना गरिएको थियो। रेसलमेनिया कार्यक्रम डब्ल्युडब्ल्युईको इतिहासमै सबैभन्दा लामो र सफल कार्यक्रमको रूपमा परिचित छ। यस कार्यक्रमले डब्ल्युडब्ल्युईलाई विश्वव्यापी रूपमा सफलतापूर्वक कुस्ती खेल, मिडिया र कुस्ती सम्बन्धित सामग्रीहरूद्वारा योगदान गर्दै आएको छ। यस कार्यक्रमलाई पहिलोपटक डब्ल्युडब्ल्युईका संस्थापक भिन्स म्याकमेन र डब्ल्युडब्ल्युईबाट अवकाश लिएका खेलाडी हवोर्ड फिङ्केलले सन् १९८४ मा स्थापना गरेका थिए। (पूरा  पढ्नुहोस्...)

२०७७ असोज दोस्रो सम्पादन गर्नुहोस्

लुक ह्वाट यु मेड मी डु अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो। यो उनको छैठौँ स्टुडियो एल्बम 'रेपुटेसन'को लागि रेकर्ड गराइएको थियो। यो गीत रेपुटेसन एल्बमको पहिलो र प्रमुख एकलको रूपमा सन् २०१७ अगस्ट २४ मा बिग मेसिन रेकर्ड्सद्वारा सार्वजनिक गरिएको थियो। स्विफ्टले यो गीत रेकर्ड निर्माता ज्याक एन्टोनअफसँग सहकार्य गर्दै लेखेकी हुन्। 'लुक ह्वाट यु मेड मी डु' गीत एक इलेक्ट्रोक्लास र पप सङ्गीतको वरियतामा पर्छ। यस गीतका लागि बेलायती राइट सेड फ्रिड साङ्गीतिक समूहका सदस्य फ्रिड फिअरब्रास, रिचार्ड फिअरब्रास र रब मोन्जोलीले रेपुटेसनका लागि यस गीत लगायत अन्य गीतहरू पनि लेखेका छन्। (पूरा  पढ्नुहोस्...)

२०७७ असोज तेस्रो सम्पादन गर्नुहोस्

चाँपाइ नबाबगञ्ज (बङ्गाली: চাঁপাইনবাবগঞ্জ জেলা) बाङ्लादेशको उत्तर- पश्चिममा अवस्थित एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो जिल्ला ब्रिटिस भारतको मालदह जिल्ला उपविभागको रूपमा रहेको थियो भने सन् १९८४ मा यो एक छुट्टै जिल्ला रूपमा स्थापित भएको थियो। (पूरा  पढ्नुहोस्...)

२०७७ असोज चौथो सम्पादन गर्नुहोस्

"वाइल्डेस्ट ड्रिम्स" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम '१९८९'को लागि रेकर्ड गरिएको थियो। एल्बमको पाँचौँ एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्सरिपब्लिक रेकर्ड्सद्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यसका निर्माता म्याक्स मार्टिन र सेलब्याकसँग गीत लेखेकी थिइन्। यस गीतका आधारमा स्विफ्टले उनको प्रेमीलाई उनलाई सपनामा भएपनि सम्झन अनुरोध गरेकी छिन्। (पूरा  पढ्नुहोस्...)