राजशाही (बङ्गाली: রাজশাহী বিভাগ) बङ्गलादेशको आठ विभाग मध्ये एक विभाग हो। यस विभाग बङ्गलादेशको मध्ये पश्चिम भागमा अवस्थित छ।[२] यस विभागको कुल क्षेत्रफल १८१७४.४ वर्ग किलोमिटर छ भने सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस विभागको कुल जनसङ्ख्या १८४८४८५८ रहेको छ।[३] राजशाही विभागमा हाल ८ जिल्लाहरू छन् जसका ७० उपजिल्लाहरू रहेका छन् भने यस विभागमा १०९२ सङ्घहरू छन्। नाटोर, नउगाँ, चाँपाइनबाबगञ्ज, जयपुरहाट जिल्लाहरू यस विभागका प्रमुख कृषि क्षेत्रहरू हुन्। यस विभागको रेल तथा सडक यातायात पूर्ण रूपमा विकास गरिएको छ। राजशाहीको विभागीय राजधानीबाट देशको राजधानी ढाका सम्म पुग्न ६ देखि ७ घण्टा लाग्छ।[४]

राजशाही विभाग
রাজশাহী বিভাগ
विभाग
राजशाही विभागको नक्शाको अवस्थिति
राजशाही विभागको नक्शा
निर्देशाङ्क: २५°००′उ॰ ८९°००′पू॰ / २५.०००°N ८९.०००°E / 25.000; 89.000निर्देशाङ्कहरू: २५°००′उ॰ ८९°००′पू॰ / २५.०००°N ८९.०००°E / 25.000; 89.000
देश बङ्गलादेश
सदरमुकामराजशाही
क्षेत्रफल
 • जम्मा१८,१७४.४ किमी (७०१७.२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१८,४८४,८५८
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
वासिन्दाराजशाहीयो
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
मानव विकास सूचकाङ्क (सन् २०१७)०.६०२[१]
मध्यम
क्रिकेट टोलीहरूराजशाही किङ्स, राजशाही क्रिकेट टोली
वेबसाइटrajshahidiv.gov.bd

भूगोल सम्पादन गर्नुहोस्

राजशाही विभाग बङ्गलादेशको मध्ये पश्चिम भागमा पर्छ भने यो विभाग २३°४८' देखि २५°१६' उत्तर अक्षांश र ८८°०१' देखि ८९°४८' पूर्वी देशान्तरणमा अवस्थित छ। राजशाही विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८१७४.४० वर्ग किलोमिटर ओगटेको छ। यस विभागलाई भारतको पश्चिम बङ्गाल राज्य, दिनाजपुरगाईबान्धा जिल्लाले उत्तर, राजबाडीकुष्टिया जिल्लाले दक्षिण, जामालपुर, टाङ्गाइलमानिकगञ्ज जिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। जमुना, पद्मा, अतराई, महिन्द्रा, आदि यस विभागका प्रमुख नदिहरू हुन्।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

विभाग प्रतिवेदनका अनुसार यस विभागको कुल जनसङ्ख्या १६३५७२३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५१.५३% छ भने महिलाको जनसङ्ख्या ४८.४७% रहेको छ। धर्मका आधारमा यस विभाग इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ९२.९०% छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६.२०% छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ०.३६, इसाई धर्मवलम्बीको जनसङ्ख्या ०.०१% र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ०.५३% रहेको छ। यस विभागको जनघनत्व १००० मानिस प्रति किलोमिटर छ भने यस विभाग अन्तर्गत बसोबास गर्ने मानिसहरूलाई राजशाहीयो भन्ने गरिन्छ। यस विभागमा ४४९४५ मस्जिद, ४१२३ मन्दिर, २०९ गिर्जाघर, ७६९ चिहानहरू रहेका छन्।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

राजशाहीको प्रमुख फलफूल भनेको आँप, लिची र केरा हो जुन यस विभागमा अत्याधिक मात्रमा उत्पादन हुने गर्दछ। यस विभागमा अन्न बालीहरू जस्तैः धान, गहुँ, आलु, प्यज, गाँजर आदि उत्पादन गरिन्छ। यस विभाग अन्तर्गतको जिल्ला जयपुरहाटलाई बङ्गलादेशको अन्न भण्डार पनि भनिने गरिएको छ।

यस विभागको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६०.३६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.९९% मजदुरी, व्यापार र उद्योगमा ३.९९%, वाणिज्यमा १३.७१%, सञ्चार र यातायातमा ३.५२%, रेमिटेन्समा ०.४३%, निर्माण क्षेत्रमा १.९८%, सुविधा ६.१५%, धार्मिक सेवा ०.१६% र अन्य ६.३२% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासकीय राजशाही सहरको स्थापना १८अौँ शताब्दीमा भएको थियो। राजशाही नगरपालिकाको स्थापना सन् १८७६ मा भएको थियो भने सन् १९९१ मा यसलाई सहर विभागमा परिणत गरिएको थियो। सन् २०१० जनवरी २५ का दिन राजशाही विभागबाग छुट्टिएन रङ्पुर विभागको स्थापना भएको थियो।

शिक्षा सम्पादन गर्नुहोस्

यस विभागको कुल साक्षरता दर ४१% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४५.४५% छ भने महिलाको साक्षरता दर ३६.३१% रहेको छ। यस विभागमा ३ विश्वविद्यालय, २ मेडिकल क्याम्पस, ४५० क्याम्पस, १ कृषि क्याम्पस, १२ प्राबिधिक शिक्षण संस्था, १७ शिक्षक शिक्षण कलेज, १ व्यवसायीक शिक्षण संस्था, २ शिक्षण संस्था, १ प्राथमिक शिक्षक शिक्षण संस्था, ७ कानुन क्याम्पस, ९ आयुर्वेदिक क्याम्पस, १ प्रहरी तालिम केन्द्र, १ नर्सिङ क्याम्पस, २६ माध्यमिक व्यवसायीक विद्यालय, १०१२३ माध्यमिक विद्यालय, १३४१५ प्राथमिक विद्यालय, ५०१३ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; राजशाही विश्वविद्यालय (सन् १९५३), राजशाही प्राबिधिक तथा इञ्जिनियरिङ विश्वविद्यालय (सन् २००३), पाबना विज्ञान तथा प्राबिधिक विश्वविद्यालय (सन् २००८), राजशाही मेडिकल क्याम्पस (सन् १९६२), सहिद जायुर रहमन मेडिकल क्याम्पस, अजिजुर हकि क्याम्पस (बोगडा), एडवर्ड क्याम्पस (पाबना), राजशाही क्याम्पस (सन् १८७३), सिराजगञ्ज सरकारी विश्वविद्यालय क्याम्पस (सन् १९४०), जयपुरहाट सरकारी क्याम्पस (सन् १९४६), नबाबगञ्ज सरकारी क्याम्पस (सन् १९५५), नउगाँ सरकारी क्याम्पस (सन् १९६२), इस्वार्डी सरकारी क्याम्पस (सन् १९६३), राजशाही सैनिक क्याम्पस (सन् १९६६), नबाबगञ्ज सरकारी मोहिला क्याम्पस (सन् १९६६), जयपुरहाट सरकारी मोहिला क्याम्पस (सन् १९७२), जयपुरहाट मोहिला सैनिक क्याम्पस (सन् २००६), पाबना प्राबिधिक शिक्षण संस्था (सन् १८९१), पाबना जिला विद्यालय (सन् १८५३) आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१३ 
  2. "জনসংখ্যার জনগণনা ২০১১: জাতীয় আয়তন -১: বিশ্লেষণমূলক প্রতিবেদন" (पिडिएफ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, पृ: १९९, अन्तिम पहुँच फेब्रुअरी ९, २०१६  লেখা "author" উপেক্ষা করা হয়েছে (सहायता) वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ४, २०२२ मिति
  3. সাজাহান মিয়া (सन् २००६), "রাজশাহী বিভাগ", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া, বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. বাংলাদেশের এনসাইক্লোপিডিয়া[dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्