रिपब्लिक रेकर्ड्स
रिपब्लिक रेकर्ड्स एक अमेरिकी रेकर्ड लेबल हो जुन भुनिभर्सल म्युजिक ग्रुप (युएमजी) को स्वामित्व रहेको छ। यस रेकर्ड लेबललाई सन् १९९५ मा एभ्री लिपमेन र मोन्टे लिपमेन द्वरा एक एक स्वतन्त्र लेबलको रूपमा स्थापित गरेका थिए भने सन् २००० मा युएमजी द्वारा अधिग्रहण गरिएको थियो। रिपब्लिक रेकर्ड्सको रूपमा नाम युनिभर्सल मोटाउ रेकर्डस् राखिएको थियो भने पछि सन् २००६ मा युनिभर्सल रिपब्लिक रेकर्ड्समा नाम सारिएको थियो तर पछि सन् २०१२ यसलाई पुन रिपब्लिक रेकर्ड्समा नाम गठन गरिएको थियो। [१][२][३]
रिपब्लिक रेकर्ड्स | |
---|---|
अभिभावक कम्पनी | युनिभर्सल म्युजिक ग्रुप |
स्थापना | १९९५ |
संस्थापक |
|
वितरक (हरू) |
|
विधा | विभिन्न |
मूल देश | संयुक्त राज्य अमेरिका |
स्थान | न्युयोर्क |
आधिकारिक वेबसाइट | republicrecords.com |
हाल यस रेकर्डस्मा टेलर स्विफ्ट, निकी मिनाज, अरियाना ग्रान्डे, लियाम पेन, लिल वेन, ब्ल्याक सबाथ, एन्डि ब्ल्याक, ड्रेक, जेसी जे, लोर्ड, पोस्ट मेलोन आदि कलाकारहरूले हस्ताक्षर गरेका छन्। यस रेकर्डस्को साहेक रेकर्ड कम्पनी रिपब्लिक न्यासभिल रेकर्डस् रहेको छ जसमा फ्लोरिडा जर्जिया लाइन, द ब्यान्ड पेरी र इलाइ योङ ब्यान्ड जस्ता सङ्गीतकारहरू कार्यरत छन्।
इतिहास
सम्पादन गर्नुहोस्लिपमेन दाजुभाइका अनुसार उनीहरूले आफ्नो भान्सा काठामा हुँदा खेरी रिपब्लिक रेकर्डको स्थापना गर्ने निर्णय गरेका थिए।
युनिभर्सल रेकर्डस् (सन् १९९९-२००५)
सम्पादन गर्नुहोस्युनिभर्सल म्युजिक ग्रूपले सन् १९९९ मा लिपमेन दाजुभाइ द्वरा निर्माण गरिएको रिपब्लिक रेकर्ड्सको पुर्णतया साहयक रेकर्डस् कम्पनीको रूपमा आर्जित गरेको थियो जसमा मोन्टे लिपमेनलाई अध्यक्ष बनाइयो भने एभरी लिपमेनले प्रमुख कार्यकारी अधिक्रितको रूपमा काम गरेका थिए। उनीहरूले डगग मोरिस (युनिभर्सल म्युजिक ग्रुपका अध्यक्ष) र मेल लुइन्टरलाई सुचना गरेका थिए।
युनिभर्सल रिपब्लिक रेकर्ड्स (सन् २००६-२०१२)
सम्पादन गर्नुहोस्सन् २०११ को ग्रीष्मको समयमा युनिभर्सल मो टाउन रेकर्डस्बाट युनिभर्सल रिपब्लिक ग्रुप र मो टाउन रेकर्डस् छुट्टिएका थिए जसका कारण युनिभर्सल मो टाउन रेकर्ड हराएको थियो भने युनिभर्सल मो टाउनका कलाकारहरू युनिभर्सल र मोटाउन रेकर्डस्मा सरेका थिए। सन् २०१२ मा युनिभर्सल रेकर्डस्ले आफ्नो वास्तविक नाम रिपब्लिक रेकर्ड्स राखेको थियो।
रिपब्लिक रेकर्ड्स (सन् २०१२-हाल)
सम्पादन गर्नुहोस्उल्लेखनीय कलाकारहरू
सम्पादन गर्नुहोस्कलाकार | हस्ताक्षर गरिएको |
कैफियत |
---|---|---|
३ डोर्स डाउन | २००० | रक |
हिन्डर | २००६ | रक ब्यान्ड
ओख्लाहामाबाट |
एमी वाइनहाउस | २००७ | अत्मा, आर एण्ड बी र जज गायिक र गीतकार |
निकि मिनाज | २००८ | कन्टेम्पोररी आर एण्ड बी, हिप हप र पप गायिका र गीतकार |
उल सिटी | २००९ | गायक र गीतकार |
ब्ल्याक भेल ब्रिज | २०१० | रक साङ्गीतिक समूह |
जेम्स ब्ल्याक | २०११ | कन्टेम्पोररी आर एण्ड बी, इलेक्ट्रिक म्युजिक, र आत्मा सङ्गीत
गायक र गीतकार |
जेसी जे | २०११ | कन्टेम्पोररी आर एण्ड बी, पप र आत्मा गायिका र गीतकार |
अरियाना ग्रान्डे | २०१३ | कन्टेम्पोररी आर एण्ड बी र पप गायिका र गीतकार |
लोर्डे | २०१३ | न्युजिल्यान्डकि पप गायिका र गीतकार |
सेन्ट भिन्सेन्ट | २०१३ | रक गायक |
पोस्ट मेलोन | २०१५ | अमेरिकी र्यापर, गायक र रेकर्ड निर्माता |
द विकएन्ड | २०१५ | क्यानडेली कन्टेम्पोररी आर एण्ड बी र पप गायक |
हेली स्टिनफिल्ड | २०१५ | अमेरिकी गायिका-गीतकार |
स्काइ मास्क द स्लम्प गोल्ड | २०१६ | अमेरिकी गायक |
ग्रेटा भेन फ्रिट | २०१७ | रक साङ्गीतिक समूह |
टेलर स्विफ्ट | २०१८ | अमेरिकी पप गायिका र गीतकार |
साहयक रेकर्डस् कम्पनी
सम्पादन गर्नुहोस्- अमेरिकन रेकर्डिङ
- एन्टी-
- अवेर रेकर्डस्
- बिग मेसिन
- बिएमइ रेकर्डिङ
- ब्रुसफायर रेकर्डस्
- क्यास मनी रेकर्डस्
- म्यास्ट्रो म्युजिक
- इन्डि पप रक
- इन्टरनेसनल रक स्टार रेकर्डस्
- लेकसोर रेकर्डस्
- लाभा रेकर्डस्
- लोमो भिस्टा रेकर्डिङ
- नेक्सट प्रेट्यु इन्टरटेन्मेन्ट (वितरक)
- नो इमोसन
- रियल वर्ल्ड रेकर्डस्
- सर्निकल स्ट्राइक रेकर्डस् (वितरक)
- एसआरसी रेकर्डस्
- एक्सओ
- योङ मनी इन्टरटेन्मेन्ट
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "युनिभर्सल रेकर्डस् र रिपब्लिक रेकर्ड्स गठन", द हलिउड रिपोर्टर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२१।
- ↑ टेलर, चक (जनवरी १५, २०००), "युनिभर्सल रिपब्लिक रेकर्ड्स", बिलबोर्ड, अन्तिम पहुँच फेब्रुअरी २१, २०१८।
- ↑ मिचेल, गेल (फेब्रुअरी १०, २००७), "रिपब्लिक रेकर्ड्स", बिलबोर्ड, अन्तिम पहुँच फेब्रुअरी २१, २०१८।