मैथिल परिकार
मैथिल परिकारलाई मिथिला परिकार पनि भनिन्छ। यो भारतीय परिकार र नेपाली परिकारको एक भाग हो।[१] यो भारत र नेपालको मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिलहरूको परम्परागत खाना पकाउने शैली हो।[२]
मैथिल भोजनमा चामल, गहुँ, माछा र मासुका परिकारहरूको व्यापक प्रतिरूप र विभिन्न मसला, जडीबुटी र प्राकृतिक खाद्यवस्तुको प्रयोग गरिन्छ। विभिन्न कार्यक्रमहरू, भोज भतेर, विवाह, चाडपर्व र यात्राको लागि भोजनको प्रकारद्वारा भोजनलाई वर्गीकरण गरिएको छ।[३][४][५]
मिथिला भोजनको सेवा शैली फ्रान्सेली 'ताब्ला दोत'सँग थोरै समान छ, सबै तयारी पकवानहरू एकैसाथ थालमा पस्किने गरिन्छ र एकै पटक खाने गरिन्छ। यो परिकारको मुख्य भोजन भात, दाल, रोटी, तरकारी र अचार हो। यो चामल, दाल, गहुँको पिठो, सागसब्जी र अचारबाट तयार पारिएको हुन्छ। परम्परागत खाना पकाउने माध्यम तोरीको तेल हो। पाँचफोरन पाँचवटा मसलाको सामान्य मिश्रण हो जसमा जीरा, ज्वानो, कालो जीरा, सुप र मेथी हुने गर्छ र यो बङ्गालको पाँचफोरनसँग मिल्दोजुल्दो छ।
मैथिल थाली
सम्पादन गर्नुहोस्मौसम अनुसार मैथिल थाली प्रत्येक तीन चार महिनाको अन्तरमा परिवर्तन हुने गर्छ। मैथिल थालीमा मुख्यतया भात, रोटी, अचार, चटनी, दाल, साग र केही भिन्नताका साथ दुग्ध उत्पादहरू हुने गर्छ।
केही तरकारीलाई फुराउन र झान्नको लागि मैथिल व्यञ्जनमा वनस्पति तेल वा तोरी तेल र पाँचफोरन प्रयोग हुने गर्छ। शाब्दिक रूपमा पाँचफोरनलाई 'पाँच मसला' भनिन्छ जसमा जीरा, ज्वानो, कालो जीरा, सुप र मेथी हुने गर्छ।
एउटा उल्लेखनीय परम्परा भनेको 'धुँवायुक्त खाना' हो, खानामा कडा सुगन्ध ल्याउन रातो खुर्सानीलाई तेलमा धुँवा नउठुञ्जेलसम्म फुराएर प्रयोग गर्नुलाई जनाउँछ। धुँवायुक्त रातो खुर्सानीको प्रयोग चोखा तयार गर्नमा गरिन्छ। मैथिल परिकारमा प्रयोग हुने विभिन्न सब्जीका चोखाहरू पोलेर वा उसिनेर बनाइने गरिन्छ जसमा भान्टा, आलु, घिरौँला, पाटे घिरौँला, रामतोरियाँ र टमाटर बढी लोकप्रिय छन्।
परम्परागत परिकारहरू
सम्पादन गर्नुहोस्- कढी बरी[६] - बेसन (चनाको पीठो) बाट बनेका नरम बरी (गोलो डल्लो) तथा दही र बेसनलाई मथेर मसलादार झोलको रूपमा पकाइन्छ। यसलाई सादा भातसँग खाना सकिन्छ।[७]
- खिचडी - विशिष्ट स्वाद सहित विभिन्न सामग्रीहरूलाई एउटै भाँडामा पकाउनको लागि चामल, दाल र विभिन्न हरियो सब्जीहरूको मिश्रण बनाई यो पकाउने गरिन्छ। पकवान तयार भइसकेपछि यो प्रायः घिउसँग हालेर खाने गरिन्छ।
- घुघनी - साबुत कालो चनालाई पानीमा भिजाएर (हल्का वा रातभर) र त्यसपछि तोरीको तेलमा पकाइन्छ। सबै प्रकारका गरम मसलाहरू हालेर स्वाद अनुसार चनालाई गाढा बनाइन्छ। कालो चना र मसला तारेर रातो भइसकेपछि झोलको लागि यसमा चाहना अनुसार पानी थपिन्छ।[८]
- सातु - चनालाई भुटेर धुलो बनाई सातु बनाइन्छ जसलाई सामान्यतया पानी वा दूधसँग पिउने गरिन्छ। मसलासँग मिसाइएको सातुलाई रोटी जस्तै बनाएर खानाको रूपमा प्रयोग गरिन्छ, स्थानीयहरूले यसलाई सत्तु रोटी भन्छन्।[९][१०][११]
- लिट्टी - चनाको धुलोलाई प्याज, हरियो खुर्सानी, कागतीको रस र धनियाँको पातसँग मिसाइन्छ। यो मिश्रण आटाभित्र भरिन्छ र कोइलामा सेकिन्छ वा आगोको भट्टीमा तेलमा तारिन्छ। घिउ, दही, चोखा वा भान्टाको भर्तासँग यसले उत्तम स्वाद दिन्छ।[१३]
- सकरौरी - बेसनलाई पानीमा मिसाएर बाक्लो घोल बनाई त्यसलाई घिउ वा तोरीको तेलमा प्वाल परेको पन्युबाट खारी बुन्दी बनाउने र त्यसलाई उमालेको दुधमा मिसाएर तयार पारिन्छ।[१४]
मांसाहारी परिकारहरू
सम्पादन गर्नुहोस्मिथिला क्षेत्रका मानिसहरू मुख्यतया मांसाहारी परिकारमा खसी, बोका, कुखुरा, परेवा, हाँस र बट्टाईको मासु खाने गर्छन्। यस क्षेत्रका हिन्दू धर्मावलम्बीहरू गाई र भैँसीको दुध पिउने गरेता पनि त्यसको मासु खाँदैनन्।[२१]
शाकाहारी परिकारहरू
सम्पादन गर्नुहोस्समुद्री खाना
सम्पादन गर्नुहोस्अचार र झोल
सम्पादन गर्नुहोस्खाजा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ People of India. Bihar, including Jharkhand, Calcutta: Anthropological Survey of India, २००८, पृ: XXIX, आइएसबिएन 81-7046-302-5, ओसिएलसी 299081992, मूलबाट २०२१-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०५-१९।
- ↑ "प्रधानमन्त्री ओलीलाई जनकपुरमा ‘मिथिला भोजन'ले स्वागत गरिने", नेपाल समय (नेपालीमा), मूलबाट २०२१-०५-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०५-१९। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-१६ मिति
- ↑ Jha, Shailendra Mohan, 1929- (१९९४), Hari Mohan Jha, New Delhi: Sahitya Akademi, पृ: 18, आइएसबिएन 81-7201-652-2, ओसिएलसी 43122155, मूलबाट २०२१-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०५-१९।
- ↑ Sweksha Karna, "Doing street food right in Janakpur", kathmandupost.com (Englishमा), मूलबाट २०२०-०८-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०५-१९।
- ↑ "पर्वपिच्छे फरक स्वाद", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२०-०५-१९।
- ↑ "मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा जुडशीतल पर्व, कसरी मनाइन्छ ?", खरीबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै यसरी", जनबोली न्यूज (नेपालीमा), २०१८-०४-१५, अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "मिथिला व्यञ्जन : झण्डै एक हजार वर्षसम्म अपरिवर्तित परिकार !", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "मिथिलामा ‘लाई’ को चटारो", खरीबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "स्वास्थ्यका लागि लाभदायक सातु", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "नियमित जौको सातु र सर्वत खानुका फाइदा यस्ता छन्", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "इतिहास के पन्नों में सिमटता जा रहा बक्सर, त्रेतायुग में भगवान राम का हुआ था आगमन" [इतिहासको पन्नामा सीमित हुँदै बक्सर, त्रेतायुगमा भगवान रामको भएको थियो आगमन], इटिभी भारत (हिन्दीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "घुम्दै खाना चाख्दै", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "एउटा यस्तो भोजनालय. . .", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ झा, शारदा (२०२०-०९-२८), "मिथिला का मतलब सिर्फ सीता नहीं" [मिथिलाको अर्थ मात्रै सीता होइन], नवभारत गोल्ड (हिन्दीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "मोदीले मैथिली बोल्दा मैथिलीभाषी खुशी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "अयोध्याबाट आएका जन्तीलाई ५६ परिकार खुवाएपछि कम्बल ओढाएर बिदाइ", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "महाभोजको महामजा !", नेपालीहिमाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "गणेशलाई लड्डुबाहेक अरु के चढाउने ?", बैदेशिक पोष्ट (नेपालीमा), २०२१-०९-१४, अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "मिथिलामा पान मखान", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।
- ↑ "पोखरामा पनि सिरुवा पर्व मनाइयो", गाउँ सहर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०६।