खिचडी एक प्रकारको नेपाली परिकार हो। यो परिकार नेपाल, भारत बङ्गलादेशपाकिस्तानका केही स्थानहरूमा प्रमुख भोजनको रूपमा प्रयोग हुने गर्दछ।[१]नेपाल तथा उत्तर भारतमा पुस १५का दिन यो परिकार प्रायः प्रत्येक हिन्दू घरमा पकाएर खाने गरिन्छ।[२][३] यस दिन खिचडी खानुको विशेष रूपले प्रचलन रहेको छ।

खिचडी
खिचडी र अचार
क्षेत्र वा राज्यभारतीय उपमहाद्वीप
सम्बन्धित राष्ट्रिय व्यञ्जनभारत, नेपाल, बङ्गलादेशपाकिस्तान
मुख्य सामग्रीहरूचामल, दाल, मसला
विभिन्नतामुगी दाल खिचडी, बाजरा-री- खिचडी, सादा खिचडी

व्युतपति सम्पादन गर्नुहोस्

खिचडी शब्दको उत्पत्ति संस्कृत भाषाको 'खिचचा' शब्दबाट भएको हो।[४]

विविधता सम्पादन गर्नुहोस्

सामान्य भाषामा उपर्युक्त प्रकारको मिश्रणलाई खिचडी भन्ने गरिएतापनि विविधताको आधारमा खिचडीलाई चार प्रकारमा विभाजन गरिएको छ।

 
ভুনা খিচুড়ি

आवश्यक सामग्री सम्पादन गर्नुहोस्

खिचडी बनाउनको लागि १०० ग्राम चामल, ५० ग्राम मुगी दाल, २ ठुलो आकारको आलु, १ सानो काउली, १०० ग्राम मटरको दाना, १ सानो अदुवा, ३/४ हरियो खुर्सानी, नुन स्वादानुसार, आधा चम्चा बेसार, आधा चम्चा जीरा, एक चम्चा घ्यू र रातो खुर्सानी चाहिन्छ।

बनाउने तरिका सम्पादन गर्नुहोस्

खिचडी बनाउनको लागि सबैभन्दा पहिले आलुलाई ताछेर आठवटा लामो टुक्रा बनाउनुहोस्। त्यसपछि काउलीको ठूलो ठूलो टुक्रा बनाउनुहोस्। अदुवा र हरियो खुर्सानीलाई बीचबाट काटेर एउटा सानो बटुका वा थालमा राख्नुहोस्। चामललाई दुई तीन पटक पानी हालेर धुनुहोस्। दाललाई कम आँचमा बिना घ्यू राताम्मे भएसम्म भुट्नुहोस्। त्यसपछि घ्यू, रातो खुर्सानी, जीरा र हिङ छाडेर बाँकी सबै खाद्यवस्तु मिलाएर त्यसलाई आधा लिटर तातो पानी हालि छोपेर कम आँचमा पकाउनुहोस्। समय समयमा त्यसलाई थोरै चलाउनुहोस् र खाना पस्किने समयमा घ्यूलाई तातो बनाइ रातो खुर्सानी, जीरा र हिङको झान्नु तयार पारेर खिचडीमा हाल्नुहोस्।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. मास्टरसेफ युएस छ‌ैटोँ संस्करण
  2. रातोपाटि, "पुस १५ मा खिचडी खानुका यस्ता छन् चकित पारिदिने फाइदा", रातोपाटि (नेपालीमा), अन्तिम पहुँच २०१९-०१-१६ 
  3. "माघीको रौनक सुरु भएसँगै ‘खिचडी’ महोत्सव’", न्यूज २४ : आधिकारिक समाचार च्यानल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०६ मिति
  4. R. S. McGregor (१९९७), "The Oxford Hindi-English Dictionary", Oxford University Press, पृ: २३७, आइएसबिएन 978-0-19-864339-5 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्