जीरा ( वनस्पति नाम : Cuminum cyminum ) Apiaceae परिवारको फूल फुल्ने बोट हो । यो पूर्वी भूमध्य सागरबाट भारत सम्मको क्षेत्रको मूल निवासी हो । प्रत्येक फलमा रहेको एक-बीउको बीउहरू सुकाइन्छ र खानाको मसलाको रूपमा प्रयोग गरिन्छ। यो सौंफ जस्तै देखिन्छ। संस्कृतमा जिरक भनिन्छ, जसको अर्थ खाना पचाउन मद्दत गर्ने हुन्छ।

जीरा
Cuminum cyminum
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. cyminum
वैज्ञानिक नाम
Cuminum cyminum
L.[]

नामकरण

जीरा संस्कृत शब्द "जिरक" बाट आएको हो, जसको अर्थ पाचनमा मद्दत गर्ने हो। यसको संज्ञानात्मक र पर्यायवाची शब्द 'जीरा' फारसीबाट आएको हो र उर्दूमा प्रयोग गरिन्छ। अंग्रेजी शब्द "cumin" पुरानो अंग्रेजी शब्द cyman वा ल्याटिन शब्द cuminum बाट आएको हो। यो शब्द मूल रूपमा ग्रीक शब्द κύμινον ( kuminon ), को ल्याटिनाइजेशनबाट आएको हो । यो हिब्रू भाषा کمون ( Kammon ) र अरबी भाषा كمون ( Cammon ) द्वारा समर्थित छ। शब्दको यो रूप धेरै पुरातन भाषाका शब्दहरूद्वारा समर्थित छ, जस्तै अक्कडियन भाषामा कामुनु , सुमेरियन भाषामा गामुन ।  माइसेनियन ग्रीक शब्द κύμινον ( kyuminou ) यसको सबैभन्दा पुरानो उदाहरण हो।

विवरण

जीरा एउटै नामको जैविक बिरुवाको बीउ हो (जैविक नाम: Cuminum cyminum )। यो बिरुवा अजमोद परिवार को एक सदस्य हो । बिरुवा ३०–५० सेन्टिमिटर (०.९८–१.६४ फिट) उचाइमा बढ्छ र यसको फल हातले काटिन्छ। यो नरम र चिल्लो छाला भएको वार्षिक बाली जडिबुटी हो। यसको डाँठमा धेरै हाँगाहरू हुन्छन् र बिरुवा २०-३० सेन्टिमिटर अग्लो हुन्छ। प्रत्येक हाँगामा २-३ उप-शाखाहरू हुन्छन् र सबै हाँगाहरू समान उचाइमा पुग्छन् जसका कारण यसले छाता जस्तो आकार लिन्छ । यसमा ५-१० सेन्टिमिटरको धागो आकारको नरम पातहरू हुन्छन्। तिनीहरूको अगाडि छाता आकारमा सानो सेतो वा हल्का गुलाबी फूलहरू फुल्छन्। प्रत्येक हाँगामा ५-७ फल समावेश गर्दछ।

  • जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ ।
  • पिसाब रोग र पत्थरी भएमा
जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
  • अमलपित्त भएमा
जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १\१ चम्चा बिहान\बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
  • शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा

मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

  • आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
  • ज्वरो आएमा
 
Cumin seeds(গোটা জিরা)
जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
  • कुनैपनि साधारण दुखाईमा
जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
  • अण्डकोष बढेमा
यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
  • स्त्रीजातिको सेतोपानी आउने रोगमा
जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १\१ चम्चा बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
  • साधारण चिलाउने रोगमा
१ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।
  • अजीर्ण (खाएको नपच्ने) भएमा
छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
  • मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
  • अल्काई भएमा
एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
  • रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Cuminum cyminum information from NPGS/GRIN", www.ars-grin.gov, अन्तिम पहुँच २००८-०३-१३ 

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्