भेरीगङ्गा नगरपालिका
(भेरीगंगा नगरपालिका छिन्चुबाट अनुप्रेषित)
भेरीगंगा नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो ।[४] छिन्चु बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो। भेरीगंगा नगरपालिका घोषणा गर्दा रामघाट, छिन्चु र मैनतडा गाउँ विकास समितिहरू समावेश गरिएका थिए। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा भेरीगंगा पनि नगरपालिका बनेको थियो।[६]
भेरीगंगा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°२७′N ८१°३७′E / २८.४५°N ८१.६१°Eनिर्देशाङ्कहरू: २८°२७′N ८१°३७′E / २८.४५°N ८१.६१°E[१] | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सुर्खेत जिल्ला |
स्थापना | वि.सं. २०६८ |
सरकार | |
• नगरप्रमुख | यज्ञप्रसाद ढकाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) |
• उपप्रमुख | धनसरा बोहरा नेपाल कम्युनिस्ट पार्टी (एमाले) |
क्षेत्रफल | |
• जम्मा | १४९ किमी२ (५८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४८,२०३ |
• घनत्व | ३२०/किमी२ (८४०/वर्ग माइल) |
जातीयता | |
• मुख्य जातीयता | ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार, थारु |
भाषा | |
• मुख्य भाषाहरू | नेपाली, अवधी, गुरुङ, नेवारी, मगर, थारू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भेरीगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ४८,२०३ रहेको छ भने यहाँ ११,५३९ घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "जिल्ला विकास समिति, सुर्खेत (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सुर्खेत, http://birendranagar.municipality.gov.np/ne/node/5।[स्थायी मृत कडी]
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]
- ↑ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति