परशुराम
परशुराम (अङ्ग्रेजी: Parshurama) हिन्दू धर्मका अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमा छैठौँ अवतार मानिएको छ । परशुरामको मुख्य हतियार परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ । परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणुका थियो । परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुणहरू थिए । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेका थिए ।
परशुराम | |
---|---|
देवनागरी | परशुराम |
संस्कृत उच्चारण | Paraśurāma |
संबद्ध | विष्णुको अवतार |
वासस्थान | महेन्द्रगिरी |
हतियार | बनचरो |
पिता | जमदग्नि |
परशुरामको कथा
सम्पादन गर्नुहोस्परशुराम राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय जमदग्निका पुत्र तथा विष्णुका अवतार र शिवका परम भक्त थिए । यिनलाई शिवबाट विशेष परशु (बन्चरो) प्राप्त भएको थियो । यिनको नाम त राम हो तर शंकर द्वारा प्रदत्त अमोघ परशुलाई सदैव धारण गरिरहने कारणले यिनलाई परशुराम भनिन्थ्यो । विष्णुका दस अवतारहरू मध्ये छैठो अवतार, जो वामन एवं रामचन्द्रको मध्येमा गनिन्छन । जमदग्निको पुत्र भएको कारण यिनला 'जामदग्न्य' पनि भनिन्थ्यो । यिनको जन्म अक्षय तृतीया अथवा वैशाख शुक्ल तृतीयाका दिन भएको थियो । अत: यस दिन व्रत गर्ने र उत्सव मनाउने प्रथा छ । परम्परा अनुसार उनले क्षत्रिहरूको २१ पटक विनाश गरेका थिए । क्षत्रिहरूको अहंकारपूर्ण दमनबाट विश्वलाई मुक्ति दिलाउनको लागि इनको जन्म भएको थियो । परशुरामले शस्त्र विद्या द्रोणाचार्यलाई सिकायका थिए । परशुरामले शुक्राचार्य, बृहस्पति, ब्रह्माजी र शिवजीसँग प्राचीन कालको धनुर्विद्या सिकेका थिए । परशुराम भगवान शिवजीलाई आफ्ना परम गुरु मान्थे । परशुरामलाई एक सच्चा पितृ बचन पालन गर्ने मान्छेको रूपमा पनि लिइएको छ । किन भने उनले पिता जमदग्निको आज्ञाअनुसार आफ्नी माता रेणुकाको हत्या गरेका थिए । एक दिन गन्धर्वहरूको जल विहार देखेर रेणुका मोहित भइन् भन्ने कारणले ऋषि जमदग्निले परशुरामलाई उनकी माता रेणुको हत्या गरिदिने आज्ञा दिएका थिए । परशुरामले पनि निस्संकोच पितृ आज्ञा पालन गर्न रेणुकाको गर्धन काटेका थिए । पछि गएर जमदग्निले खुसी हुँदै आफ्नो आज्ञाको पालना गरेकोमा परशुरामलाई मागे अनुसारको बरदान दिने वाचा गरे । तब परशुरामले आफ्नी मरेकी आमाको पुनर्जीवन मागे । यो देखेर जमदग्निले आफ्नो योग शक्तिले रेणुकालाई जीवित गराए । मातृबधको प्रायश्चित्तका लागि परशुरामले विभिन्न तीर्थहरूको भ्रमण गरेका थिए । परशुराम माता पिताका सच्चा भक्त थिए ।
परशुरामले गरेका कामहरू
सम्पादन गर्नुहोस्मातृ बधको पापबाट मुक्त हुनको लागि परशुराम तिर्थाटनमा गएका बेला एक दिन जमदग्नीको आश्रममा सिकार खेल्दै हैहय क्षेत्री वंशका कार्तविर्य अर्जुन नाम गरेका राजा आफ्नो सेना सहित आए । ऋषी जमदग्नीले पनि उनिहरूको राम्रो स्वागत गरे । राजा कार्तविर्यका सेनाको स्वागतको लागि चाहिने सबै सामान आश्रममा पालिएकी एक गाईबाट प्राप्त भएको थियो । यो देखेर राजा कार्तविर्यको मनमा ऋषीबाट ति गाई प्राप्त गर्ने विचार आयो । राजाले ऋषीसँग पहिले त गाई मागे तर जमदग्नीले आफ्नो जीवन यापन चलाएकी यी गाई न दिने आग्रह गरे । यो सुनेर राजा कार्तविर्यले आफ्नो सेनालाई गाई लुटेर लिने आदेश दिए । राजाको आज्ञानुशार सेनाले ऋषी जमदग्नीलाई बन्धक बनाएर गाई लुटेर गए । त्यो बेला परशुराम आश्रममा थिएनन् । जब परशुराम आश्रममा आए तब सबै कुराहरू थाहा पाएर राजा कार्तविर्यको राज्यमा गए । राजा कार्तविर्यका हजारवटा हातहरू थिए । परशुरामले राजा कार्तविर्यसँग युद्ध गरे । परशुरामले राजा कार्तविर्यका हजारवटा हातलाई काटेर दुइटा हातहरू मात्र राखे । अब तँलाई मानव बनाएँ आज देखि दानवता छोडेर मानवतामा परिणत हुनु भनेर आफ्नो गाई लिएर परशुराम आश्रममा फर्किए । त्यसपछी परशुराम मातृबधको पापबाट मुक्ती पाउनकोलागी तिर्थयात्रामा गएको मौका पारी राजा कार्तविर्यका छोराहरूले ऋषी जमदग्नीलाई मारेर गाई लिएर गए । परशुराम आश्रममा फर्किए पछि रेणुकाले सबैकुरा भनेर बिलाप गर्न थालिन् । रेणुका छाती पिटेर रुन लागीन् । यो देखेर परशुरामलाई साह्रै रिश उठ्यो जति पटक रेणुकाले छाती पिटेकी छन् । त्यति पटक क्षेत्रीहरूको विनास गर्ने परशुरामले आफ्नी मातालाई बचन दिए । यसरी रुँदा रेणुकाले २१ पटक छाती पिटेकी थिइन् । त्यसैले परशुरामले पनि २१ पटक पृथ्वीमा घुमे सबै क्षेत्रीयहरूको नाश गरे । सबै क्षेत्रीय स्त्रीहरूलाई ब्राह्मणद्वारा सन्तानोत्पत्न गराए । यसै गरी परशुरामले पृथ्वीमा बढेका पापीहरूलाई नष्ट गरेर नयाँ धर्मको स्थापना गरे । त्रेता युगमा भगवान रामसँगको मिलन पछि परशुरामको तेज रामले आफू माथी लगेर परशुरामलाई एक सामान्य ऋषीको रूपमा राखिदिएका थिए ।[१]
मातृ-पितृ भक्त परशुराम
सम्पादन गर्नुहोस्रेणुका एक दिन कलश लिएर जल भर्नको लागी नदीमा गइन् । त्यहाँ गंधर्व चित्ररथ अप्सराहरूका साथमा जलक्रीडा गरिरहेका थिए । त्यो दृश्य देख्दा रेणुका गन्धर्वहरु सँग सम्भोग गर्नकोलागि यति कामातुर भइन् कि जल ल्याउन ढिलो भयो तथा यज्ञको समय व्यतीत भयो । उनको मानसिक स्थिति देखेर जमदग्निले आफ्ना छाराहरूलाई रेणुकाको वध गर्नको लागि भने । परशुरामको अतिरिक्त अरु कुनै पनि छोराहरूले यस्तो काम गर्न तयार भएनन् । पिताको आदेश भएपछी परशुरामले माताको वध गरे । पिता प्रसन्न भएपछी उनले वरदान स्वरूप आफ्नी माता जीवित हुने बरदान मागे ।
पिताबाट प्राप्त वरदान
सम्पादन गर्नुहोस्परशुरामका पिताले क्रोधको आवेशमा पटक पटक आफ्ना चारवटा छोराहरूलाई माताको हत्या गर्ने आदेश दिए । परशुरामको अतिरिक्त अरू कुनै छोरा पनि माताको बध गर्न तयार भएन । अत: जमदग्निले सबैलाई संज्ञाहीन गरीदिए । परशुरामले पिताको आज्ञा मानेर माताको शीर काटे । पिताले प्रसन्न भएर वर माग्न भने तब उनले चार वरदान मागे-
माता पुनर्जीवित हउन् , उनलाई मरेको स्मृति न रहोस्, भाई चेतना-युक्त हउन् र म परमायु होऊँ । जमदग्निले उनलाई चारैवटा वरदान दिए ।
क्रोधी स्वभाव
सम्पादन गर्नुहोस्दुर्वाशाकै भाँति यि पनि आफ्नो क्रोधी स्वभावको लागि विख्यात छन् । एक पटक कार्तवीर्यले परशुरामको अनुपस्थितिमा आश्रम उजाडेका थिए, जसबाट परशुरामले क्रोधित भएर उसका सहस्त्र भुजाहरूलाई काटे । कार्तवीर्यका सम्बन्धिहरूले प्रतिशोधको भावनाबाट जमदग्निको वध गरे । यसमा परशुरामले २१ पटक पृथ्वीलाई क्षत्रिय-विहीन गरिदिए । प्रत्यक पटक मारिएका क्षत्रियहरूकी पत्निहरू जीवित रहे र नयाँ पीढीलाई जन्म दिए र पाँच तालहरूलाई रगतले भरिदिए । अन्तमा पितरहरूको आकाशवाणी सुनेर उनले क्षत्रिहरूसंग युद्ध गर्न छोडेर तपस्यामा ध्यान लगाए ।
रामावतारमा रामचन्द्रद्वारा शिवको धनुष भाँचेकोमा परशुराम क्रुद्ध भएर आएका थिए । उनले परीक्षाको लागि उनको धनुष रामचन्द्रलाई दिए । जब रामले धनुषमा ताँदो चढाइ दिए तब परशुरामले रामचन्द्र विष्णुको अवतार हुन् भन्ने थाह पाए । यसैले उनको वन्दना गरेर तपस्या गर्न गए । 'कहि जय जय रघुकुल केतू । भुगुपति गए बनहि तप हेतु ॥' [२] ।
रामको पराक्रमको परीक्षा
सम्पादन गर्नुहोस्रामको पराक्रम सुनेर परशुराम अयोध्या गए । दशरथले उनको स्वागतार्थ रामचन्द्रलाई पठाए । उनलाई देख्ने वित्तिकै परशुरामले उनको पराक्रमको परीक्षा लिन चाहे । अतः उनलाई क्षत्रिय संहारक दिव्य धनुषको ताँदो चढाउनको लागि भने । रामले धनुषमा ताँदो चढाएको देखेर उनलाई धनुषमा एक दिव्य बाण चढाएर देखाउनु भने । रामले त्यो बाण धनुषमा चढाएर परशुरामको तेजमा छोडदिए । बाण उनको तेज खोसेर पुनः रामको पासमा फर्केर आयो । रामले परशुरामलाई दिव्य दृष्टि दीए । जसबाट उनले रामको यथार्थ स्वरूपको दर्शन गरे । परशुराम एक वर्षसम्म लज्जित, तेजहीन तथा अभिमानशून्य भएर तपस्यामा लागीरहे । तदनंतर पितरहरूको प्रेरणा पाएर उनले वधूसर नामक नदीको तीर्थमा स्नान गरेर आफ्नो तेज पुनः प्राप्त गरे ।
परशुराम कुण्ड
सम्पादन गर्नुहोस्भारतको आसाम राज्यको उत्तरी-पूर्वी सीमामा जहाँ ब्रह्मपुत्र नदी भारतमा प्रवेश गर्छ, त्यहाँ परशुराम कुण्ड छ । यसै कुण्डमा तपस्या गरेर उनले शिवजीबाट परशु प्राप्त गरेका थिए । त्यसै ठाउँमा त्यसलाई विसर्जित गरेका थिए । परशुराम जी सात चिरंजीविहरू मध्ये एक हुन् । इनको पाठ गर्नाले दीर्घायु प्राप्त हुन्छ । परशुराम कुण्ड नामक तीर्थस्थानमा पाँच कुण्ड बनेका छन् । परशुरामले समस्त क्षत्रिहरूको संहार गरेर ति कुण्डहरूको स्थापना गरेका थिए तथा आफ्नो पितृहरूबाट क्षेत्रिय संहारको पापबाट मुक्त हुने वर प्राप्त गरेका थिए ।
स्कन्दपुराणको मानसखण्डमा उल्लेख भए अनुसार डडेल्धुरा जिल्लाको परशुराम न पा वा नं ५ मा एला( रंगुन) र श्याम( महाकाली ) को संगममा स्वयं भगवान परशुरामजीले आफ्नो बन्चरोले एउटा ढुङ्गामा तीन हात लम्बाइ तीन हात चौडाइ र तीन हात गहिराईको कुण्ड निर्माण गरेको र उक्त कुण्डमा भगवान बिश्वकर्माले दसअंगुल परिमितको बिष्णु प्रतिमा स्थापित गरिदिनु भएको थियो। सोही स्थानलाई परशुराम तीर्थ भनिन्छ।
रामकथामा परशुराम
सम्पादन गर्नुहोस्चारैवटा पुत्रहरूको विवाह उपरान्त राजा दशरथ आफ्नो विशाल सेना र छोराहरूका साथमा अयोध्या पुरीकालागी हिंडे । मार्गमा अत्यन्त क्रुद्ध तेजस्वी महात्मा परशुराम भेटिए । उनले रामसंग भने कि परशुरामले उनको पराक्रम गाथा सुनेका छन् तर राम उनको हाथको धनुष चढाएर दिखाउन् । तदुपरान्त उनको पराक्रमबाट संतुष्ट भएर उनी रामलाई द्वंद्व युद्धको लागि आमंत्रित गर्ने छन् । दशरथका अनेक प्रयत्नहरूका उपरान्त पनि ब्राह्मणदेव परशुराम शान्त भएनन् । परशुरामले भने 'विश्वकर्माले अत्यन्त श्रेष्ठ कोटिका दुइवटा धनुषहरूको निर्माण गरेका थिए । त्यस मध्ये एक त देवताहरूले शिवलाई अर्पित गरेका थिए र अर्को विष्णुलाई दिए । एक पटक देवताहरूले शिव र विष्णु मध्ये कुन बलबान छ र कुन निर्बल छन् भनेर ब्रह्माजीलाई सोधेकाले ब्रह्माले मतभेद स्थापित गर्दिए । फलस्वरूप विष्णुको धनुष टंकारका सम्मुख शिव धनुष शिथिल परेको थियो । अतः पराक्रमको वास्तविक परीक्षा यसै धनुषबाट हुन सक्छ । शान्त भएपछी शिवले आफ्नो धनुष विदेह वंशज देवरातलाई र विष्णुले आफ्नो धनुष भृगुवंशी ऋचकलाई धरोहरको रूपमा दिएका थिए । यो मसँग सुरक्षित छ ।'
परशुरामको कुरा सुनेर रामले क्रुद्ध भएर उनको हाथबाट धनुष बाण लिएर चढाए र भने - 'विष्णुबाण व्यर्थ जान सक्दैन । अब यसको प्रयोग कहाँ गर्ने ?' परशुरामको बल तत्काल लुप्त भयो । उनको कथनानुसार रामले बाणको प्रयोग परशुरामको तपोबलबाट जीतेका अनेक लोकहरूमा गरे, जो कि नष्ट भएर गए । परशुरामले भने - 'हे राम, तपाइँ निश्चय नै साक्षात विष्णु हुनुहुन्छ ।' तथा परशुराम महेन्द्र पर्वतकालागी प्रस्थान गरे । राम आदि अयोध्या गए । उनले यो धनुष वरुण देवलाई दिए । परशुरामले छोडेको सेना पनि राम आदिको साथमा प्रस्थान गरे ।
पिताको आदेश
सम्पादन गर्नुहोस्नारायणले नै भृगुवंशमा परशुरामका रूपमा अवतार धारण गरेका थिए । उनले जंभासुरको मस्तक विदीर्ण तुल्याएका थिए । शतदुंदभिको बध गरे । उनले युद्धमा हैहयराज अर्जुनको बध गरेका थिए र केवल धनुषको सहायता लिई सरस्वती नदीको तटमा हजारौं ब्राह्मणवेशका क्षत्रियहरूलाई मारेका थिए । एक पटक कार्तवीर्य अर्जुनले बाणहरूले समुद्रलाई त्रस्त गरेर कुनै परन्माश गरेका थिए वीरको विषयमा सोधे । समुद्रले उनलाई परशुरामसंग लड्नकोलागी भने । परशुरामलाई उनले आफ्नो व्यवहारबाट निकै रुष्ट गरी दिए । अतः परशुरामले उनका हजार भुजाहरू काटेर खसाले । अनेक क्षत्रियहरू युद्धको लागि आए । परशुराम क्षत्रिहरूसंग रुष्ट भए, अतः उनले एक्काइस पटक पृथ्वीलाई क्षत्रिय विहीन गरिदिए । अंतमा पृतिहरूको आकाशवाणी सुनेर उनले क्षत्रिहरूसंग युद्ध गर्न छोडेर तपस्यामा ध्यान लगाए ।
उनी सय वर्षसम्म सौम नामक विमानमा बसेर शाल्वसंग युद्ध गर्दै रहे किंतु गीत गाउँदै गरेकी नग्निका (कन्या) कुमारिहरूको मुखबाट यो सुनेर कि शाल्वको वध प्रद्युम्न र साम्बलाई साथ लिएर कृष्ण गर्नेछन्, उनलाई विश्वास भयो, अतः उनी त्यहि दिनदेखी वनमा गएर आफ्ना अस्त्र शस्त्र इत्यादि पानीमा डुबाएर कृष्णावतारको प्रतीक्षामा तपस्या गर्न लागे ।
परशुराम र यज्ञ
सम्पादन गर्नुहोस्परशुरामले आफ्नो जीवनकालमा अनेक यज्ञ गरेका थिए । यज्ञ गर्नको लागि उनले बत्तीस हाथ अग्लो सुनको वेदी बनाएका थीए । महर्षि कश्यपले दक्षिणामा पृथ्वी सहित त्यो वेदी लिए तथा फेरी परशुरामसंग पृथ्वी छोडेर जानको लागि भने । परशुरामले समुद्रलाई पछाडी हटाएर गिरिश्रेष्ठ महेंद्र गिरिमा निवास गरे ।
राम र परशुराम
सम्पादन गर्नुहोस्भृगुनंदन परशुराम क्षेत्रिहरूको नाश गर्नको लागि सदैव तत्पर रहन्थे । दशरथ पुत्र रामको पराक्रम सुनेर उनी अयोध्या गए । राजा दशरथले उनको स्वागतार्थ रामचन्द्रलाई पठाए । उनलाई देख्ने बित्तिकै परशुरामले उनको पराक्रमको परीक्षा लिन चाहे । अतः उनलाई क्षेत्रिय संहारक दिव्य धनुषको ताँदो चढाउनको लागि भने । रामले त्यो धनुमा ताँदो चढाएको देखेर उनलाई धनुषमा एक दिव्य बाण चढाएर देखाउनको लागि भने । रामले त्यो बाण चढाएर परशुरामको तेजमा छोड दिए । बाण उनको तेजलाई खोसेर पुनः रामसँग फर्केर आयो । रामले परशुरामलाई दिव्य दृष्टि दीए । जसबाट उनले रामको यथार्थ स्वरूपको दर्शन गरे । परशुराम एक वर्षसम्म लज्जित, तेजहीन तथा अभिमानशून्य भएरर तपस्यामा लागीरहे । तदनंतर पृतीहरूबाट प्रेरणा पाएर उनले वधूसर नामक नदीको तीर्थमा स्नान गरेर आफ्नो तेज पुनः प्राप्त गरे ।
गाधि र ऋचीक
सम्पादन गर्नुहोस्गाधि नामक महाबली राजा आफ्नो राज्य परित्याग गरेर वनमा गए । वहाँ उनकी एक पुत्री भइन् जसको वरण ऋचीक नामक मुनिले गरे । गाधिले ऋचीकसंग भने कि कन्याको याचना गर्दै उनको कुलमा एक सहस्र पांडुबर्णी अश्व, जसको कान एक तर्फ कालो होस्, शुल्क स्वरूप दिनुहोस्, अतः यो वाचा पूरा गर्नुहोस् । ऋचीकले वरुण देवताबाट उस प्रकारको एक सहस्र घोडा प्राप्त गरेर शुल्कस्वरूप प्रदान गरे । गाधिकी सत्यवती नामक पुत्रीको विवाह ऋचकसंग भयो ।
जन्म कथा
सम्पादन गर्नुहोस्भृगुले आफ्नो पुत्रको विवाहका विषयमा थाह पाएर धेरै प्रसन्न भए तथा आफ्नी पुत्रवधूसँग वर माँग्नकोलागी भने । उनसंग सत्यवतीले आफ्नो तथा आफ्नी माताको लागि पुत्र जन्मको कामना गरिन् । भृगुले उनी दुवैलाई चरु भक्षणार्थ दिएर भने कि ऋतुकालका उपरान्त स्नान गरेर सत्यवतीले गूलरको रुखमा र उनकी माताले पीपलको रुखमा आलिंगन गरे भने दुबै जनालाई पुत्र प्राप्त हुने छन् । आमा-छोरीले चरु खाँदा फेर बदल भयो । दिव्य दृष्टिबाट देखर भृगु पुनः वहाँ आए तथा उनले सत्यवतीसंग भने कि तिम्री माताको पुत्र क्षत्रिय भएर पनि ब्राह्मणोचित व्यवहार गरला तथा तिम्रो छोरो ब्राह्मणोचित भएर पनि क्षत्रियोचित आचार-विचार वाला होला । धेरै अनुनय-विनय गर्दा भृगुले माने कि सत्यवतीको छोरो ब्राह्मणोचित रहला किंतु नाती क्षत्रियहरूको जस्तो कार्य गर्ने वाला होला ।
सत्यवतीका पुत्र जमदग्नि मुनि भए । उनले राजा प्रसेनजितकी पुत्री रेणुकासंग विवाह गरे । रेणुकाका पाँच पुत्र भए—
रुमण्वान, सुषेण, वसु, विश्वावसु तथा पाँचौं पुत्रको नाम परशुराम थियो । उनै क्षत्रियोचित आचार-विचार वाला पुत्र थिए । एक पटक रेणुका राजा चित्ररथ अप्सरा हरु सँग नग्न अवस्थामा नुहाएको देखेर मुग्ध भइन् र उनको मनमा चित्ररथ सँग सम्भोग गर्ने इच्छा भयो। पछि उनी आश्रममा पुगेपछी जमदग्नी मुनिलाई दिव्य ज्ञानबाट समस्त घटना ज्ञात भयो । उनले क्रोधका आवेशमा आएर पटक पटक आफ्नो चार छोराहरूलाई माताको हत्या गर्ने आदेश दिए । किंतु कोही पनि तयार भएन । जमदग्निले आफ्नो चारै पुत्रहरूलाई जडबुद्ध हुने श्राप दिए । परशुरामले तुरन्त पिताको आज्ञाको पालन गरे । जमदग्निले प्रसन्न भएर उनलाई वर माग्नको लागि भने । परशुरामले पहिलो वरमा माताको पुनर्जीवन मागे र फेरी आफ्ना भाईहरूलाई क्षमा दिनको लागि भने । जमदग्नि ऋषिले परशुरामसंग भने कि उनी अमर रहने छन् । एक दिन जब परशुराम बाहिर गएका थिए त्यो समयमा कार्तवीर्य अर्जुन उनको कुटिमा आए । युद्धको मदमा उनले रेणुकाको अपमान गरे तथा उनका बाछाहरूलाई हरण गरेर गए । गाई बाँ बाँ गर्दै रहेकी थिइन् । परशुरामले थाह पाएपछी क्रुद्ध भएर उनले सहस्रबाहु हैहयराजलाई मारे । हैहयराजका पुत्रले आश्रममा धावा बोले तथा परशुरामको अनुपस्थितिमा मुनि जमदग्निलाई मारे । परशुराम घर पुगेपछी धेरै दुखी भए तथा पृथ्वीलाई क्षत्रियहीन गर्ने संकल्प गरे । अतः परशुरामले एक्काइस पटक पृथ्वीका समस्त क्षत्रिहरूको संहार गरे । समंत पंचक क्षेत्रमा पाँच रुधिरका कुण्ड भरे । क्षत्रियहरूको रुधिरबाट परशुरामले आफ्ना पितृहरूको तर्पण गरे । त्यस समयमा ऋचक साक्षात प्रकट भए तथा उनले परशुरामको यस्तो कार्य गर्नबाट रोके ।कश्यप आदि ऋत्विजहरूलाई दक्षिणामा पृथ्वी प्रदान गरे । ब्राह्मणहरूले कश्यपको आज्ञाबाट उस वेदीलाई खंड-खंड गरेर बाँडे, अतः जुन ब्राह्मणले वेदीलाई परस्पर बाँडेर लिएका थिए तिनीहरू खाण्डवायन भनिए ।
कथा: शिव द्वारा दिव्यास्त्र
सम्पादन गर्नुहोस्ठुलो भएर परशुरामले शिवाराधन गरे । उस नियमको पालन गर्दै उनले भगवान शिवलाई प्रसन्न गरे । शिवले उनलाई दैत्यहरूको हनन गर्ने आज्ञा दीए । परशुरामले शत्रुहरूसंग युद्ध गरे तथा उनको वध गरे । किंतु यस प्रक्रियामा परशुरामको शरीर क्षत-विक्षत भयो । शिवले प्रसन्न भएर भने कि शरीरमा जती प्रहार भएका छन् , उती नै अधिक देवदत्व उनलाई प्राप्त हुनेछ । उनी मान्यवर हुँदै जानेछन् । तदुपरान्त शिवले परशुरामलाई अनेक दिव्यास्त्र प्रदान गरे, जसबाट परशुरामले महाभारतका पात्र कर्ण देखी प्रसन्न भएर उसलाई दिव्य धनुर्वेद प्रदान गरे ।
जमदग्नि ऋषिले रेणुकाको गर्भबाट अनेक पुत्र प्राप्त जन्माए । त्यसमध्ये सबभन्दा कान्छा परशुराम थिए । त्यसताक हैहयवंश का अधिपति अर्जुन थिए । उनले विष्णुका अंशावतार दत्तात्रेयको वरदानबाट एक सहस्र भुजाहरू प्राप्त गरेका थिए । एक पटक नर्मदामा स्नान गर्दै मदोन्मत्त हैहयराजले आफ्ना हजार बाहुबाट नदीको वेग रोके, फलतः नदीको धारा उल्टो बग्न लाग्यो, जसबाट रावणको शिविर पानीमा डूब्न लाग्यो । दशाननले अर्जुनको नजिक गएर उनलाई राम्रो नराम्रो भनेकाले उनले रावणलाई समातेर कैदी बनाए । पुलस्त्यले भनेपछी उनने रावणलाई मुक्त गरिदिएका थिए । एकपटक उनी वनमा जमदग्निको आश्रममा पुगे । जमदग्निसँग कामधेनु थीइन् । अतः उनी अपरिमित वैभवका भोक्ता थिए । यो देखेर हैहयराज सहस्र बाहु अर्जुनले कामधेनुको अपहरण गरे । परशुरामले फरसा उठाएर उनको पीछा गरे तथा युद्धमा उनको समस्त भुजाहरू र सिर काटेर खसाले । उनका दस हजार पुत्रहरू डराएर भागे । कामधेनु सहित परशुराम आश्रममा फर्के र उनलाई पिताले तीर्थाटन गरेर आफ्नो पाप पखाल्नकोलागि आज्ञा दिए किनभने ब्राह्मणको धर्म भनेको नै क्षमादान हो र परशुरामले त्यसै गरे । एक वर्षको लागि तीर्थ गरेर फर्के । उनको आमा नदीमा कलश पानी भर्न गईन् । त्यहाँ अप्सराहरू र गन्धर्वहरूको पानी खेल थियो । त्यो हेर्दा पानी ल्याउनमा ढिलाइ भयो र यज्ञको समय बितिसकेको थियो । उनको मानसिक अवस्था बुझेर , तिनका छोराहरूलाई उनको वध गर्नलाई आदेश दिए । परशुरामको अतिरिक्त कोहि पनि यस्तो गर्नको लागि तयार भएनन् । पिताको भनेमा लागेर पराशुरामले आमा र सबै भाइहरूको बध गरे । पिताले प्रसन्न भएर उनलाई बर माग्न भने र उनले आफ्ना माता र दाजुभाइहरूलाई जीवित बनाउनको लागि र उनीहरूको स्मरणबाट बधको घटनालाई मेटाउनकोलागी बिन्ति गरे । कार्तबिर्य अर्जुनका छोराहरू निरन्तर बदला लिन मौका खोजि रहेकाथिए । एक दिन पुत्रहरूको अनुपस्थितिमा उनीहरूले ऋषि जमदग्निको वध गरे । परशुरामले ती सबको हत्या गरी महिष्मति नगरीमा उनीहरूका काटिएका शिरहरूबाट एक पर्वतको निर्माण गरे । उनले एक्काइस पटक पृथ्वीलाई क्षेत्रियहीन बनाइदिए । वास्तवमा परशुराम श्रीविष्णुका अवतार थिए , जसले क्षत्रिय नाशको लागि नै जन्म लिएका थिए । उनले आफ्नो पिताको शरीरलाई सिरसंग जोडेर यजनद्वारा उनलाई स्मृति रूप सकल्पमय शरीरको प्राप्ति गरिदिएका थिए।
श्रीमद्भागवत महापुराणमा वर्णन
सम्पादन गर्नुहोस्रेणुका के गर्भबाट जमदग्नि ऋषि के वसुमान आदि कैयौँ पुत्र भए । त्यसमा सबभन्दा कान्छा परशुराम थिए । उनको यश सारा संसारमा प्रसिद्ध छ । भनिन्छ कि हैहयवंशको अन्त गर्नाको लागि स्वयं भगवानले परशुरामको रूपमा अंशावतार ग्रहण गरेका थिए । उनले यस पृथ्वीलाई एक्कीस पटक क्षत्रियहीन बनाइ दिए । यद्यपि क्षत्रिहरूले उनको अलिकती मात्र अपराध गरेका थिए-तर पनि उनिहरू निकै दुष्ट, ब्राह्मणहरूका अभक्त, रजोगुणी र विशेष गरेर तमोगुणी भइरहेका थिए । यसै कारण पृथ्वीलाई भार भएको थियो र फलस्वरूप भगवान परशुरामले उनको नाश गरेर पृथ्वीको भार उतारे ।
राजा परीक्षितले सोधे- भगवन! अवश्य नै त्यस समयका क्षत्रियहरू विषयलोलुप भए होलान्; परन्तु उनीहरूले परशुरामजीको यस्तो के अपराध गरे, जसको कारण उनले पटक-पटक क्षत्रिहरूको वंशलाई संहार गरे ।
श्री शुकदेवजी भन्छन् - परीक्षित! त्यसबेला हैहयवंशको अधिपति कार्तविर्य अर्जुन थिए । उनी एक श्रेष्ठ क्षत्रिय थिए । उनले अनेकौअं प्रकारका सेवा-शुश्रूषा गरेर भगवान नारायणका अंशावतार दत्तात्रेयजीलाई प्रसन्न गरे र उनबाट एक हजार हातहरू तथा कुनै पनि शत्रु युद्धमा पराजित गर्न नसकुन् - यो वरदान प्राप्त गरे । साथै इन्द्रियहरूको अबोध बल, अतुल सम्पत्ति, तेजस्विता, वीरता, कीर्ति र शारीरिक बल पनि उनले दत्तात्रयको कृपाबाट प्राप्त गरेका थिए । उनी योगेश्वर भइ सकेका थिए । उनमा यस्तो ऐश्वर्य थियो कि उनी सूक्ष्म-भन्दा-सूक्ष्म, स्थूल-भन्दा-स्थूल रूप धारण गर्न सक्थे । सबै सिद्धिहरू उनलाई प्राप्त थिए । उनी संसारमा वायु जस्तै सबै ठाउँमा बेरोक-टोक विचरण गर्थे । एक पटक गलामा वैजयन्ती माला लगाएर सहस्त्रबाहु अर्जुन धेरै सुन्दरी स्त्रिहरूको साथमा नर्मदा नदीमा जल-विहार गर्दै थिए । उस समय मदोन्मत्त सहस्त्रबाहुले आफ्ना हातले नदीको प्रवाह रोकी दिए । दशमुख रावणको शिविर पनि त्यहि कतै नजिकैमा नै थियो । नदीको धारा उल्टो बग्न थाल्यो, जसबाट उसको शिविर डूब्न लाग्यो । रावण आफुलाई निकै ठुलो वीर ठान्थ्यो, यसैले सहस्त्रार्जुनको यो पराक्रम उसलाई सहन भएन । रावण सहस्त्रबाहु अर्जुन ठाउँ गएर राम्रो-नराम्रो भन्न थाल्यो, उनले स्त्रिहरूको अगाडि नै खेल-खेलमा रावणलाई पक्रे र आफ्नो राजधानी माहिष्मतीमा लगेर बाँदर झैं कैद गरे । पछि पुलस्त्यजी को भनाईमा लागेर सहस्त्रबाहुले रावणलाई छोडी दिए ।
कामधेनुको लागि संघर्ष
सम्पादन गर्नुहोस्एक दिन सहस्त्रबाहु अर्जुन शिकार खेल्नको लागि घोर जंगलमा गएका थिए । दैववश उनी जमदग्नि मुनिको आश्रममा पुगे । परम तपस्वी जमदग्नि मुनिको आश्रममा कामधेनु गाई थीइन् । उनको प्रतापबाट उनले सेना, मन्त्री र वाहनहरूका साथ हैहयाधिपतिलाई समेत तृप्त गरे । यो देखेर हैहयाधिपतिले जमदग्नि मुनिको ऐश्वर्य त मभन्दा पनि धेरै रहेछ भन्ने सोचे । त्यसैले उनले जमदग्नीको स्वागत-सत्कारलाई कुनै पनि आदर न दिएर कामधेनुलाई नै लैजान खोजे । उनले अभिमानवश जमदग्नि मुनिसंग नमागेरै आफ्ना सेवहरूलाई कामधेनुलाई खोसेर लैजाउ भन्ने आज्ञा दिए । उनको आज्ञाबाट उनका सेवक बाछा साथै 'बाँ-बाँ' गर्ने कामधेनुलाई बलपूर्वक माहिष्मतीपुरी लिएर गए । जब उनीहरू सबै गए, तब परशुरामजी आश्रममा आए र उनको दुष्टताको वृत्तान्त सुनेर चोट खाएको सर्प झैं क्रोधले तिलमिलाए । उनी आफ्नो भयंकर फरसा, तरकस, ढाल एवं धनुष लिएर निकै वेगसंग कार्तविर्यको पछि दौडे ।
सहस्त्रबाहु अर्जुन आफ्नो नगरमा प्रवेश गर्दै थिए कि उनले देखे परशुरामजी महाराज निकै वेगसंग आफू तर्फ आइरहेका छन् । उनको निकै विलक्षण झाँकी थियो । उनी हाथमा धनुष-बाण र फरसा लिएका थिए, शरीरमा कालो मृगचर्म धारण गरेका थिए र उनका जटाहरू सूर्य किरहरू समान चम्की रहेका थिए । उनलाई देख्ने वित्तिकै उसले गदा, खड्ग बाण, ऋष्टि, शतघ्नी र शक्ति आदि आयुधहरूले सुसज्जित एवं हाथी, घोडा, रथ तथा पदातिहरूले युक्त अत्यन्त भयंकर सत्रह अक्षौहिणी सेना पठाए । भगवान परशुरामले कुरै कुरामा एक्लै त्यो सबै सेनालाई नष्ट गरी दिए । भगवान परशुरामजीको गति मन र वायुको समान थियो । बस, उनी शत्रुको सेना काट्दै थिए । जहाँ-जहाँ उनी आफ्नो फरसाको प्रहार गर्थे, वहाँ-वहाँ सारथि र वाहनहरूको साथ ठुला ठुला वीहरूका हात, खुट्टा र काँधहरू काटिएर पृथ्वीमा झर्थे ।
सहस्त्रबाहु अर्जुनको वध
सम्पादन गर्नुहोस्हैहयाधिपति अर्जुनले आफ्ना सेनाका धनुष, ध्वजाहरू र ढाल भगवान परशुरामका फरसा र बाणहरूद्वारा काटिंदै खूनबाट लथपथ रणभूमिमा झरेका देखे पछि उनलाई निकै क्रोध आयो र उनी स्वयं पर्शुरामसँग भिड्नको लागि आए । उनले एकै साथ आफ्ना हजार भुजाहरूबाट पाँच सय धनुषहरूमा बाण चढाएर परशुरामजी माथी छोडे । परन्तु परशुराम त समस्त शस्त्रधारिहरूका शिरोमणि थिए । उनले आफ्नो एक धनुषमा छोडेका बाणहरूबाट नै एक साथ सबैलाई काटेर खसाले । हैहयाधिपति आफ्ना हातले पहाड र रुखहरू उखेलेर निकै वेगसंग युद्ध भूमिमा परशुरामजी तर्फ झम्टे । परन्तु परशुरामजीले आफ्नो धारिलो फर्साले निकै फुर्तीसँग कार्तविर्यका सर्प समान भुजाहरूलाई काटेर खसाए । जब उनका हातहरू काटिए, तब उनले पहाडको चुचुरा झैं उनको अग्लो टाउको शरिरबाट अलग गरिदिए । पिता मरेपछि उनका दश हजार पुत्रहरू डराएर भागे ।
प्रायश्चित
सम्पादन गर्नुहोस्परीक्षित! विपक्षी वीरहरूका नाशक परशुरामजी ले बाछाका साथै कामधेनु फर्काए । उनी निकै दु:खी भएका थीए । उनले आफ्नो आश्रममा ल्याएर पिताजीलाई सौंपे र माहिष्मतीमा सहस्त्रबाहुले तथा आफुले जस्तो जस्तो गरेका थिए त्यो सबै वृतांत आफ्ना पिताजी तथा भाइहरूलाई सुनाए । यो सबै सुनेर जमदग्नि मुनिले भने- 'हाय, हाय, परशुराम! तिमीले ठुलो पाप गर्यौ । राम, राम! तिमी ठूला वीर होउ; परन्तु सर्वदेवमय नरदेवको तिमीले व्यर्थ वध गर्यौ । पुत्र! हामीहरू ब्राह्मण हौं । क्षमाको प्रभावबाट नै हामी संसारमा पूजनीय भएका छौं भने सबैका पिताम्मह ब्रह्माजीले पनि क्षमाका बलबाट नै ब्रह्मपद प्राप्त गरेका छन् । ब्राह्मणहरूको शोभा क्षमाद्वारा नै सूर्यको प्रभा समान चम्कन्छ । सर्वशक्तिमान भगवान श्रीहरि पनि क्षमावानहरूमा नै शीघ्र प्रसन्न हुन्छन् ।
पुत्र ! सार्वभौम राजाको वध ब्राह्मणको हत्या भन्दा पनि बढी हुन्छ । जाउ, भगवानको स्मरण गर्दै तीर्थहरूको सेवन गरेर आफ्ना पापहरूलाई धोएर आउ ।