शुक्राचार्य
शुक्राचार्य ( शुक्र) शुक्र "चम्किलो" बुझाउने संस्कृत शब्द हो। शुक्राचार्य वैदिक हिन्दु धर्मशास्त्र अनुसार असुरहरुका गुरु थिए [१] मध्य पौराणिक कथाअनुसार र हिन्दु ज्योतिषशास्त्र अनुसार शुक्रले नव ग्रह मध्येको एक शुक्र ग्रहलाई समेत जनाउँछ।[२]
एक प्रसंगमा, शुक्र भृगु ऋषिका पुत्र थिए । उनी दैत्य/असुरहरुका गुरु भएकाले उनलाई कतिपति धार्मिक ग्रन्थहरूमा शुक्राचार्य तथा असुराचार्य पनि भनिन्छ । भारतको चेन्नेईमा रहेको भेल्लेश्वर मन्दिरको नामकरण उनैले गरेका थिए । [३] पौराणिक कथाहरूका अनुसार उनीसंग मृत शरीरलाई पुनर्जीवित गर्न सक्ने विद्या थियो , जुन उनले पछि देवताहरूलाई समेत सिकाएका थिए ।
महाभारतमा, शुक्राचार्यलाई भीष्मको गुरुको रूपमा देखिएको छ, जसले उनलाई युवावस्थामा राजनैतिक शास्त्रको विद्याको शिक्षा दिक्षा दिएका थिए ।[४]
शुक्रको मतको नाम काव्यमाता थियो भने उनको विवाह जयन्तीसंग भएको थियो । उनीहरूबाट देवयानी नाम गरेकी पुत्री भएको थियो ।
वामन अवतार
सम्पादन गर्नुहोस्वामन रूप मा ब्राह्मण वेशधारी विष्णु उपस्थित भए । वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यै वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब शुक्राचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् , तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन । पानी नखसेपछि बलीले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो । त्यसकारण उनलाई "एकाक्ष" पनि भनिन्छ।
शुक्रनीति
सम्पादन गर्नुहोस्ग्रह
सम्पादन गर्नुहोस्कतिपय हिन्दु ज्योतिषग्रन्थमा शुक्रलाई ग्रहको रूपमा प्रस्तुत गरिएको छ । उदाहरण ५ औ शताब्दीमा आर्यभट्टको आर्यभटिया, छैटौ शताब्दीमा लतादेवको रोमाका, ७ औ शताब्दी मा ब्रह्मगुप्त[५][६] यी ग्रन्थहरूले शुक्रलाइ एक ग्रहको रूपमा प्रस्तुत गरेर यसको चाल र गति को प्रक्षेपण गर्न खोजेका छन् ।
हिन्दु बिद्वानहरूले शुक्र सहित सबै ग्रहहरूको ज्योतिष बिज्ञानको अध्ययनबाट नक्षत्र परिक्रमण समय अनुमान गरेका थिए ।[७]
संदार्भ | अनुमानित समय |
सुर्य सिद्धान्त | २२४ दिन, १६ घण्टा, ४५ मिनेट, ५६.२ सेकेण्ड |
सिद्धान्त शिरोमणि | २२४ दिन,१६ घण्टा, ४५ मिनेट , १.९ सेकेण्ड |
टोलेमी | २२४ दिन , १६ घण्टा , ५१ मिनेट ५६.८ सेकेण्ड |
२० औ शताब्दीको गणित | २२४ दिन, १६ घण्टा , ४९ मिन्र्ट ८ सेकेण्ड |
पात्रो र राशी
सम्पादन गर्नुहोस्हप्ताको छैटौ दिन शुक्रबार शुक्र ग्रहसंग गहिरो सम्बन्ध राख्छ ।
यो पनि
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Charles Russell Coulter; Patricia Turner (२०१३), Encyclopedia of Ancient Deities, Routledge, पृ: १०८, आइएसबिएन 978-1-135-96390-3।
- ↑ Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books India, पृ: 387–388, आइएसबिएन 978-0-14-341421-6।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ७२।
- ↑ Subramaniam, Kamala (२००७), "Adi Parva", The Mahabharata, Bharatiya Vidya Bhavan India, आइएसबिएन 81-7276-405-7।
- ↑ Ebenezer Burgess (१९८९), P Ganguly, P Sengupta, सम्पादक, Sûrya-Siddhânta: A Text-book of Hindu Astronomy, Motilal Banarsidass (Reprint), Original: Yale University Press, American Oriental Society, पृ: vii–xi, आइएसबिएन 978-81-208-0612-2।
- ↑ Bina Chatterjee (१९७०), The Khandakhadyaka (an astronomical treatise) of Brahmagupta: with the commentary of Bhattotpala (Sanskritमा), Motilal Banarsidass, पृ: 72–74, 40, 69, ओसिएलसी 463213346।
- ↑ Ebenezer Burgess (१९८९), P Ganguly, P Sengupta, सम्पादक, Sûrya-Siddhânta: A Text-book of Hindu Astronomy, Motilal Banarsidass (Reprint), Original: Yale University Press, American Oriental Society, पृ: 26–27, आइएसबिएन 978-81-208-0612-2।