राजा कार्तविर्य अर्जुन (संस्कृत: कार्तवीर्य अर्जुन, Kārtavīrya Arjuna; सहस्त्रबाहु अर्जुन ) प्राचीन हैहाया राज्यको एक राजा थिए । यो राज्य नर्मदा नदीको किनारमा हालको भारतीय राज्य मध्य प्रदेशमा रहेको थियो । यो राज्यको राजधानी महिस्मतिमा रहेको थियो ।उनलाई सय हात भएका राजा र भगवान दत्तात्रेयका ठूला भक्त'को रूपमा बर्णन गरिएको छ । 

राजा कार्तविर्य अर्जुन -परशुराम लडाई

जन्म सम्पादन गर्नुहोस्

मित्र सम्पादन गर्नुहोस्

रावणसंग लडाई सम्पादन गर्नुहोस्

परशुरामसंग लडाई सम्पादन गर्नुहोस्

एक दिन सिकार खेल्दै कार्तविर्य अर्जुन राजा आफ्नो सेना सहित जमदग्नी ऋषीको आश्रममा पुगे । ऋषी जमदग्नीले पनि उनिहरूको राम्रो स्वागत गरे । राजा कार्तविर्यका सेनाको स्वागतको लागि चाहिने सबै सामान आश्रममा पालिएकी एक गाईबाट प्राप्त भएको थियो । यो देखेर राजा कार्तविर्यको मनमा ऋषीबाट ति गाई प्राप्त गर्ने विचार आयो । राजाले ऋषीसँग पहिले त गाई मागे तर जमदग्नीले आफ्नो जीवनयापन चलाएकी यी गाई न दिने आग्रह गरे ।

यो सुनेर राजा कार्तविर्यले आफ्नो सेनालाई गाई लुटेर लिने आदेश दिए । राजाको आज्ञानुशार सेनाले ऋषी जमदग्नीलाई बन्धक बनाएर गाई लुटेर गए । त्यो बेला परशुराम आश्रममा थिएनन् । जब परशुराम आश्रममा आए तब सबै कुराहरू थाहा पाएर राजा कार्तविर्यको राज्यमा गए । राजा कार्तविर्य र परशुरामको युद्ध भयो । परशुरामले राजा कार्तविर्यका हजारवटा हातलाई काटेर दुइटा हातहरू मात्र राखे । अब तँलाई मानव बनाएँ आज देखि दानवता छोडेर मानवतामा परिणत हुनु भनेर आफ्नो गाई लिएर परशुराम आश्रममा फर्किए । त्यसपछी परशुराम मातृबधको पापबाट मुक्ती पाउनकोलागी तिर्थयात्रामा गएको मौका पारी राजा कार्तविर्यका छोराहरूले ऋषी जमदग्नीलाई मारेर गाई लिएर गए ।

सन्दर्भ सम्पादन गर्नुहोस्